युरोपियन न्युज मिडिया

युरोपियन न्युज मिडिया २४ सै घन्टा सत्य तत्य निष्पक्ष खबर worlddreamnews.com

09/11/2024

काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालले शहरीकरणमा भोगिरहेको समस्या समाधानका लागि विश्व समुदायको ध्यानाकर्षण गराउन इजिप्ट भ्रमण सफल भएको बताउनुभएको छ । इजिप्टको कायरोमा सम्पन्न वल्र्ड अर्बान फोरममा सहभागि भएर नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले भ्रमण उपलब्धीमूलक भएको बताउनुभयो । नेपालमा शहरी विकासका क्षेत्रमा भइरहेको काममा नेपालसँग सहकार्य गरिररहेका एजेन्सी सन्तोषजनक रहेकाले आगामी दिनमा शहरीकरणका काम प्रविधियुक्त र थप प्रभावकारी रुपमा अघि बढ्ने बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले कायरोमा सम्पन्न फोरममा नेपालले शहरीकरणको क्षेत्रमा हासिल गरेको प्रगति र भोगिरहेको समस्याबारे विश्वकै ध्यानाकर्षण गराउन सफल भएको पनि दाबी गर्नुभयो । ‘जलवायु परिवर्तनले गर्दा शहहररुहरुमा अतिवृष्टि हुने, बाढी आउने, हिमालहरुमा हिमपहिरो आउँदा विपदका घटना हुने गरेको छ । तर, नेपाल यस्तो देश हो विश्वमा, जसले प्रदुषण कम गर्छ तर जलवायु परिवर्तनको असर भने धेरै खेप्नुपरिररहेको छ । जसले गर्दा ग्रिन फाइनान्सिङको कुरामा युन एन ह्याबिट्याटले संयुक्त राष्ट्रसंघसँग कुरा गरेर नेपाललाई सहयोग पुर्याउनुपर्नेमा जोड दिनुपर्छ भन्ने कुरालाई मैले उठाएको छु’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘आउँदा दिनमा हामीले गरेको प्रयासको लाभ देखिन्छ ।’ तथ्य र तथ्याङ्कमा आधारित योजनामा यूएन ह्याबिटेटको निरन्तर सहयोगको प्रतिबद्धता रहेको भन्दै उहाँले दिगो सहरीकरणका लागि बलियो सहकार्य गर्न संयुक्त राष्ट्रको समर्थन नेपालका लागि सकारात्मक रहेको सिंहको भनाई थियो ।

वल्र्ड अर्बान फोरममा नेपालले आफ्ना विषयहरु विश्व मञ्चमा जोडदार रुपमा उठाएको र भ्रमण फलदायी भएको उहाँले बताउनुभयो । मन्त्रालय तहको छलफलमा ७७ राष्ट्रका शहरी विकाससँग सम्बन्धित मन्त्रीहरु सहभागि भएको पनि उहाँले जानकारी दिनुभयो । १ सय ८२ देशको सहभाचगिता रहेको फोरममा अहिले शहरी विकासको क्षेत्रमा संसारभरको ट्रेण्ड के छ ? आगामी दिनमा कसरी अगाडी बढ्ने भन्नेबारे महत्वपुर्ण छलफल भएको उहाँले बताउनुभयो । शहरीकरणमा स्थानस्तरबाटै सबैलाई सहभागि गराएर जानुपर्छ भन्नेमा जोड दिँदै उहाँले आगामी दिनमा शहरीकरणको क्षेत्रमा युएन ह्याबिट्याटसँगको सहकार्य थप बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।

सिंहलाई अन्तर्राष्ट्रिय विमानस्थलमा वन राज्य मन्त्री रुपा विक, प्रतिनिधिसभा सदस्य राजन केसी, संविधान सभा सदस्य दिपक कुइँकेल, बाग्मती प्रदेश सांसद दिपेन्द्र श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल लगायतका कांग्रेस नेता कार्यकर्ताले स्वागत गरे ।

Address

Okhaldhunga Bazaar

Website

Alerts

Be the first to know and let us send you an email when युरोपियन न्युज मिडिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share