
02/09/2024
बुवाको मुख हेर्ने दिनः #आशिका_तामाङको मर्मस्पर्शि लेखः 🥲 भागेर जानू भएकी आमा बाट तिन चोटि चोरेर ल्याउनु भाको रे मलाई , किन कि म दुबै जाना को पहिलो माया को चिनो थिए, म जुन घर मा जन्मिए र हुर्केको थिए पछि ठुली भए पछी थाहा भो त्यो त अरु कसैको घर पो रहेछ बुबा त जमिनदार घर मा कामदार को रुप मा पो बस्नु भएको रहेछ रिचोकटार, मलेखु सबै तिर मेरो बुबा लाई भोटे काइला भनेर बोलाउने थिए, सानो मा म रोएको देख्न नसकेर बुबाले हलो जोत्दा पनि पछौरि ले ढाड मा बोकेर काम गर्नु हुन्थ्यो रे , राती आमा को दुध खान खोजेर बुबा लाई रातीभरी सुत्न दिदैन थिए रे । ज्याला मजदुरि काम गरि मेरो र आफ्नो पेट पाल्नु हुन्थ्यो, पछि बुबाले धेरै श्रीमतीहरु ल्याउनु भो कोहि बस्न मानेनन् सबै बुबा ले कमाउनु भएको लिएर भाग्ने मात्र , पछि अन्तिम मा चाहिँ एक जाना टिक्नु भो र दुई भाइ छोरा र एक छोरी भए तर पनि बुबा ले सबैभन्दा बडी माया मलाई गर्नु हुने आभास हुन्थ्यो, आफुले एक क्लास नपढेको भए