Sherpa media group Nepal Okhaldhunga

Sherpa media group Nepal Okhaldhunga Sherpa Media Group Nepal okhaldhunga

हार्दिक बधाई तथा शुभकामना नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) जापानकाे अध्यक्षमा पुनः निर्वाचित हुनुभएकोमा  फुर...
04/09/2023

हार्दिक बधाई तथा शुभकामना

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) जापानकाे अध्यक्षमा पुनः निर्वाचित हुनुभएकोमा फुर्ब शेर्पा ज्यू लगायत सम्पूर्ण पदाधिकारीमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

दावा जाङ्बु शेर्पा
अध्यक्ष, शेर्पा सञ्चार समूह नेपाल, जिल्ला कार्यसमिति ओखलढुंगा

ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ༔     ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ༔     ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ༔ पात्ले शेर्पा समाज सेवा काठमाडौंका अध्यक्ष एवम् जनता...
30/08/2023

ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ༔ ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ༔ ཨོཾ་མ་ཎི་པདྨེ་ཧཱུྃ༔
पात्ले शेर्पा समाज सेवा काठमाडौंका अध्यक्ष एवम् जनता आधारभूत बिद्यालय व्यवस्थापन समिति दोराखर्क अध्यक्ष पेम्बा शेर्पाको पूजनिय पिता खिजिदेम्बा गाउँपालिका वडा नं.९ दोराखर्क निवासी श्री ङिमा शेर्पा (पेम्बा बाबू)को ६८ वर्षको उमेरमा मिति २०८०/५/१३ गतेका दिन भएको असामयिक निधनले हामी सम्पूर्ण शेर्पा सञ्चार समुह नेपाल जिल्ला कार्यसमिति ओखलढुंगा परिवार स्तब्ध भएका छौं । दुःखको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजान प्रति ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनी गहिरो समवेदना प्रकट गर्दाछौं ।
शेर्पा सञ्चार समुह नेपाल जिल्ला
कार्यसमिति ओखलढुंगा

हार्दिक बधाइ ओखलढुंगा जिल्ला खिजिदेम्बा गाउपालिका वडा नम्बर ६ भित्ते निवासी Okhaldhunga Tourism Development Committee का...
18/05/2023

हार्दिक बधाइ
ओखलढुंगा जिल्ला खिजिदेम्बा गाउपालिका वडा नम्बर ६ भित्ते निवासी Okhaldhunga Tourism Development Committee का कोषाध्यक्ष युवा समाजसेवी श्री कुङ्गा शेर्पा ज्युले बिश्वाको चौथो अग्लो ल्होत्से हिमाल सफलता पुर्बक आरोहण गर्नु भएकोमा हार्दिक बधाइ तथा धन्यवाद व्यक्त गर्दछौ।।

दावा जाङ्बु शेर्पा
अध्यक्ष
शेर्पा सञ्चार समुह नेपाल जिल्ला
कार्यसमिति ओखलढुंगा

26/03/2023

सम्पुर्ण कार्यसमिति सदस्य ज्युहरु ।
शेर्पा सञ्चार समुह नेपाल ओखलढुंगा

बिषय : बैठकमा अनिवार्य उपस्थिति सम्बन्धमा ।

प्रस्तुत विषयमा शेर्पा सञ्चार समुह जिल्ला कार्यसमिति ओखलढुंगाको बैठक तपशिलका मिति, समय र स्थानमा बस्न गईरहेको हुँदा संस्थाका सम्पुर्ण कार्यसमिती सदस्य ज्युहरुमा बैठकमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।

तपशिल

समय : दिउँसो ११: बंजे
स्थान : न्यु थोले देम्बा होटल
मिति : २०८९ चैत १५ गते बुधबार


दावा जाङ्बु शेर्पा
अध्यक्ष
शेर्पा सञ्चार समुह नेपाल जिल्ला कार्यसमिति ओखलढुंगा

27/02/2023

खिजीदेम्बा-८ पुलिकामा शेर्पा लोसार आयोजक समितिले सञ्चालन गरेको ग्याल्पो लोसार विशेष शुभकामना आदानप्रदान कार्यक्रममा शेर्पा भाषामा कविता बाचन गर्दै शेर्पा सञ्चार समुह नेपाल सदस्य डेन्डी शेर्पा

शेर्पा सञ्चार समूहले ७ दिने उद्घोषण तालिम सञ्चालन गर्दै
07/02/2023

शेर्पा सञ्चार समूहले ७ दिने उद्घोषण तालिम सञ्चालन गर्दै

काठमाडौँ – शेर्पा सञ्चार समूह नेपालले सात दिने नेपाली भाषा उद्घोषण तालिम सञ्चालन गर्ने भएको छ । सञ्चारले नेपाल श.....

आधारभूत उद्घाघोषण तथा भाषणकला तालिमको समापन  समारोह कार्यक्रम सम्पन्न  मिति २०७९ माघ १ गतेका दिन ओखलढुंगा सिद्धिचरण नगरप...
16/01/2023

आधारभूत उद्घाघोषण तथा भाषणकला तालिमको समापन समारोह कार्यक्रम सम्पन्न

मिति २०७९ माघ १ गतेका दिन ओखलढुंगा सिद्धिचरण नगरपालिका वडा न ०५ वर्णालु स्थित ढुंङ्ग्रेमा शेर्पा सञ्चार समूह नेपाल जिल्ला कार्यसमिति ओखलढुंगा द्वारा आयोजित ११ दिने शेर्पा तथा नेपाली भाषाको आधारभूत उद्घोषण तथा भाषणकला तालिमको समापन समारोह कार्यक्रम सिद्धिचरण नगरपालिकाका उपप्रमुख श्री केदार बाबु बस्नेत ज्युको प्रमुख आथित्यामा सम्पन्न उक्त कार्यक्रममा विशेष अथिति नेपाल शेर्पा संघ ओखलढुंगा अध्यक्ष पेम्बा शेर्पा, सिद्धिचरण नगरपालिका कार्यपालिका सदस्य अप्सरा पन्त ज्यु लगायत अतिथि सिद्धिचरण नगरपालिका वडा न ०५ वडा अध्यक्ष डिल्ली शेर राई, वडा न १२ वडा अध्यक्ष उमंग श्रेष्ठ, सिद्धिचरण नगरपालिका वडा न ०५ वडा सदस्य ग्याल्बु शेर्पा, नेपाल शेर्पा संघ सिद्धिचरण नगरपालिका वडा न ०५ वडा कमिटी अध्यक्ष फुर्वा शेर्पा, हातेमालो शेर्पा समाज ओखलढुंगा अध्यक्ष साङगे शेर्पा, बाल तथा युवा सरोकार समाज ओखलढुंगा अध्यक्ष पेम्बा शेर्पा, जलदेवी युवा क्लब ओखलढुंगा अध्यक्ष लामु दिकी शेर्पा लगायत शेर्पा समुदाय एवम् अन्य समुदायको उपस्थितिमा सभ्य र भव्य रूपमा सम्पन्न भयो ।

११ दिने तालिम कार्यक्रमको प्रशिक्षक हिमालयन शेर्पा सस्क्रुतिक केन्द्रका निवर्तमान महासचिव, लोखिम शेर्पा सरोकार समाजका उपाध्यक्ष, शेर्पा समुदायको मौलिक पहिचान पुस्तकको लेखक, आधारभूत उद्घोषण तथा भाषणकला पुस्तकको लेखक, शेर्पा समुदायको युवा अनुसन्धानकर्ता एवम् उद्घोषण प्रशिक्षक सेर्कु शेर्पा ज्यु रहनुभएको उक्त तालिममा शेर्पा समुदाय लगायत अन्य जातिय समुदायका युवा प्रशिक्षर्थीहरुको उत्साहजनक सहभागिता रहेको छ ।

कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न आर्थिक, भौतिक र प्रत्यक्ष एवम् अप्रत्यक्ष सहयोग गर्नु भएका र कार्यक्रममा उपस्थिति हुनुभएका सम्पुर्ण महानुभावहरुमा हार्दिक आभार प्रकट गर्दै तालिममा सहभागी जनाउने सम्पूर्ण प्रशिक्षर्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दछौं।

शेर्पा संचार समूह नेपाल ओखलढुंगा

शेर्पा सञ्चार समुह नेपाल  जिल्ला कार्यसमिति ओखलढुंगाले ओखलढुंगा सिद्धिचरण नगरपालिकामा ११ दिने शेर्पा तथा नेपाली भाषाको आ...
14/01/2023

शेर्पा सञ्चार समुह नेपाल जिल्ला कार्यसमिति ओखलढुंगाले ओखलढुंगा सिद्धिचरण नगरपालिकामा ११ दिने शेर्पा तथा नेपाली भाषाको आधारभूत उद्घोषण तथा भाषणकला तालिमको समापन समारोह कार्यक्रम सिद्धिचरण नगरपालिकाका उपप्रमुख श्री केदार बाबु बस्नेत ज्युको प्रमुख आथित्यामा तपशिलको स्थान, मिति र समयमा हुन गइरहेकोले सम्बन्धित सबै सरोकारवाला, शेर्पा समुदायका अग्रज व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधि ज्युहरुलाई गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
साथै निमन्त्रणा नपुगेका सरोकारवाला, व्यक्तित्व, समाजसेवी, संचारकर्मी, बुद्धिजीवी, विभिन्न संघसस्थाका प्रतिनिधिहरु लगायत सबैमा गरिमामय उपस्तिथिको लागि यसै सूचना मार्फत हार्दिक निमन्त्रणा गर्दछौं ।

तपशिल
स्थान : ओखलढुंगा सि.न.पा. ५ वर्णालु डुङ्ग्रे समुदायको भवन
मिति : २०७९ माघ १ गते आइतबार
समय : बिहान ११:०० बजे

थप जानकारीको लागि
दावा जाङ्बु शेर्पा
अध्यक्ष ९७४६९९७६८७

साताैं  दिन : उद्घोषण तथा भाषणकला प्रयोगात्मक सम्पूर्ण प्रशिक्षार्थीहरुलाई उज्ज्वल भविष्यको शुभकामना ।
10/01/2023

साताैं दिन : उद्घोषण तथा भाषणकला प्रयोगात्मक
सम्पूर्ण प्रशिक्षार्थीहरुलाई उज्ज्वल भविष्यको शुभकामना ।

शेर्पा चलचित्र संघ नेपालको प्रथम अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्ष निर्वाचित हुनुभएकोमा अध्यक्ष छोङ्बा शेर्पा ज्यू लगाय...
08/01/2023

शेर्पा चलचित्र संघ नेपालको प्रथम अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्ष निर्वाचित हुनुभएकोमा अध्यक्ष छोङ्बा शेर्पा ज्यू लगायत सम्पुर्ण केन्द्रीय कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ ।
शेर्पा सञ्चार समूह नेपाल

आधारभूत उद्घाघोषण तथा भाषणकला तालिमको उद्घाटन समारोह कार्यक्रम सम्पन्न !आज मिति २०७९ पुष २० गतेका दिन ओखलढुंगा सिद्धिचरण...
04/01/2023

आधारभूत उद्घाघोषण तथा भाषणकला तालिमको उद्घाटन समारोह कार्यक्रम सम्पन्न !

आज मिति २०७९ पुष २० गतेका दिन ओखलढुंगा सिद्धिचरण नगरपालिका वडा न ०५ वर्णालु स्थित ढुंङ्ग्रेमा शेर्पा सन्चार समूह नेपाल जिल्ला कार्यसमिति ओखलढुंगद्वारा आयोजित ११ दिने शेर्पा तथा नेपाली भाषाको आधारभूत उद्घोषण तालिमको उद्घाटन समारोह कार्यक्रम सिद्धिचरण नगरपालिकाका नगर प्रमुख श्री तेजन खनाल ज्युको प्रमुख आथित्यामा सम्पन्न भयो ।

विशेष अथिति सिद्धिचरण नगरपालिका निमित्त प्रमुख प्रशासकीय नगर स्वास्थ्य प्रमुख एवम् जनस्वास्थ्य अधिकृत पवनकुमार लामा ज्यु, नेपाल शेर्पा संघ ओखलढुंगा अध्यक्ष श्री पेम्बा शेर्पा ज्यु लगायत अतिथि सिद्धिचरण नगरपालिका वडा न ०५ वडा अध्यक्ष श्री डिल्ली शेर राई, वडा न ०७ वडा अध्यक्ष श्री भल बहादुर कटवाल, वडा न ११ वडा अध्यक्ष श्री विनोद ताम्राकार, वडा न १२ वडा अध्यक्ष श्री उमंग श्रेष्ठ ज्यु लगायत शेर्पा समुदाय एवम् अन्य समुदायको उपस्थितिमा सभ्य र भव्य रूपमा सम्पन्न भएको उक्त तालिम कार्यक्रमको प्रशिक्षक हिमालयन शेर्पा संस्कृतिक केन्द्रका नि वर्तमान महासचिव, शेर्पा समुदायको मौलिक पहिचान पुस्तकको लेखक, आधारभूत उद्घोषण तथा भाषणकला पुस्तकको लेखक, शेर्पा समुदायको युवा अनुसन्धानकर्ता एवम् उद्घोषण प्रशिक्षक सेर्कु शेर्पा ज्यु रहनुभएको छ ।

कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न उपस्थिति हुनुभएका सम्पुर्ण महानुभावहरुमा हार्दिक आभार प्रकट गर्दै तालिममा सहभागी जनाउने सम्पूर्ण प्रशिक्षर्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दछौं ।

दावा जाङ्बु शेर्पा
अध्यक्ष
शेर्पा संचार समूह नेपाल ओखलढुंगा ।

हार्दिक निमन्त्रणा सबैमा 🙏🙏🙏शेर्पा सञ्चार समुह नेपाल  जिल्ला कार्यसमिति ओखलढुंगाले सिद्धिचरण नगर पालिकावडा नं.-५ ढुङ्ग्र...
02/01/2023

हार्दिक निमन्त्रणा सबैमा 🙏🙏🙏

शेर्पा सञ्चार समुह नेपाल जिल्ला कार्यसमिति ओखलढुंगाले सिद्धिचरण नगर पालिकावडा नं.-५ ढुङ्ग्रे सामुदायिक भवनमा ११ दिने शेर्पा तथा नेपाली भाषाको आधारभूत उद्घोषण तथा भाषाण कला तालिम उद्घाटन हुने भएको हुँदा सबै सरोकारवाला,शेर्पा समुदायका अग्रज व्यक्तित्व,समाजसेवी,बुद्धिजीवी विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधि ज्युहरु सबैमा सहभागिताको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
उद्घोषण प्रशिक्षण तालिम उद्घाटन समारोह सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनाल (तेजेन्द्र) ज्यू को प्रमुख अतिथ्यतामा हुने जानकारी अनुरोध छ।

कार्यक्रम हुने मिति,समय र स्थान निम्न रहेको छ।

स्थान : सि.न.पा. ५ ढुङ्ग्रे सामुदायिक भवन
मिति : २०७९ पुस २० गते बुधबार
समय : बिहान ११:०० बजे



शेर्पा सञ्चार समुह नेपाल
जिल्ला कार्यसमिति ओखलढुंगा

Address

Okhaldhunga
Okhaldhunga

Alerts

Be the first to know and let us send you an email when Sherpa media group Nepal Okhaldhunga posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share