okhaldhungakhabar.com

okhaldhungakhabar.com Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from okhaldhungakhabar.com, News & Media Website, Okhaldhunga.

okhaldhungakhabar.com को आधिकारिक पेज
सूचना तथा प्रसारण विभाग दर्ता नं १८२१/०७६-७७
फोन : 037-590290
मोबाइल/ह्वाट्सअप : 9842483035

okhaldhungakhabar okhaldhungakhabar.com
okhaldhunga khabar

30/05/2026

सुनकोशी र दूधकोशीको संगमस्थल जोर्तिघाटमा दुईमुखे पुल बन्यो

30/05/2026
बेथुखर्क, ज्यामिरे || ओखलढुंगा
30/05/2026

बेथुखर्क, ज्यामिरे || ओखलढुंगा

26/05/2026

देम्बाडाँडा, पोकली र चम्पादेवी मन्दिरलाई पर्यटकीय केन्द्रका रुपमा विकास गरियोस् : विश्वराज पोखरेल

24/05/2026

ओखलढुंगा । खिजीदेम्बा गाउँपालिकामा रहेको लिखु ४ जलविद्युत आयोजना प्रभावित क्षेत्रमा सामुदायिक सहयोग कार्यक्र.....

युगकवि सिद्धिचरण श्रेष्ठको ११५ औं जन्मजयन्तीको अवसरमा ओखलढुंगामा आयोजित 'ओखलढुंगा कविता उत्सव तथा खुला कविता प्रतियोगिता...
23/05/2026

युगकवि सिद्धिचरण श्रेष्ठको ११५ औं जन्मजयन्तीको अवसरमा ओखलढुंगामा आयोजित 'ओखलढुंगा कविता उत्सव तथा खुला कविता प्रतियोगिता' मा झापा दमकका विवेक दुलाल क्षेत्री प्रथम हुनुभएको छ । देशभरबाट प्राप्त २०० भन्दा बढी कविका सिर्जनालाई पछि पार्दै 'उचाइको प्रयोगशालाबाट' शीर्षकको कवितामार्फत उहाँले १५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नुभयो ।

सर्जक चौतारी ओखलढुंगा र सिद्धिचरण संग्रहालय समितिको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगितामा उत्कृष्ट १० कविताहरु वाचनका लागि छनोट गरिएका थिए । तीमध्ये ८ कविहरु प्रतियोगितामा सहभागी भएका थिए । प्रतियोगितामा 'ऐनामा हराएका फूलहरू' शीर्षकको कविताका सर्जक झापाकै निकेश डाँगी 'विक्षिप्त' द्वितीय र 'घडी र चक्र' शीर्षकको कविताका सर्जक काभ्रेपलाञ्चोकका प्रताप चौलागाई तृतीय बन्नुभएको छ । उहाँहरूले क्रमशः १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि एवं सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेतले युगकविले देखाएको क्रान्तिकारी मार्गको स्मरण गर्दै नगरपालिकाले साहित्यको उत्थानका लागि सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोही अवसरमा 'सिद्धिचरणको काव्य चेतना र आजको युवा आवाज' शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै शिक्षक तथा समालोचक युवराज दाहालले वर्तमान एआईको युगमा पनि मानवीय संवेदना र सिद्धिचरणको विद्रोही चेत उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । वि.सं. १९६९ जेठ ९ गते ओखलढुंगामा जन्मिनुभएका सिद्धिचरण श्रेष्ठले आफ्नो बाल्यकालको सात वर्ष ओखलढुंगामा बिताउनुभएको थियो । कार्यक्रममा युगकविले साहित्यमा दिनुभएको योगदानको चर्चा गरिएको थियो । कविता उत्सवमा आमन्त्रित तथा अतिथि कविहरू चन्द्र गुरुङ, हेमन यात्री, सबिता फागोसहित दर्जनौँ स्रष्टाहरूले आफ्ना चोटिला कविता वाचन गर्नुभएको थियो ।

प्रतियोगितामा उत्कृष्ट ५ भित्र पर्न सफल अन्य कविहरूमा खोटाङका अनाम उपेक्षित, सोलुखुम्बुका किशोर बायुङ राई, धनकुटाका विनोद विवश र ओखलढुंगाका पेशल कुमार बराल तथा सुमन दाहाल रहेको सर्जक चौतारीका अध्यक्ष वीरेन्द्र तामाङले जानकारी दिनुभयो ।

युगकवि सिद्धिचरण श्रेष्ठको ११५ औं जन्मजयन्तीको अवसरमा ओखलढुंगा सदकाममा रहेको सिद्धिचरण पार्कमा युगकविको फोटोमा माल्यार्प...
23/05/2026

युगकवि सिद्धिचरण श्रेष्ठको ११५ औं जन्मजयन्तीको अवसरमा ओखलढुंगा सदकाममा रहेको सिद्धिचरण पार्कमा युगकविको फोटोमा माल्यार्पण गरिँदै ।

Address

Okhaldhunga

Alerts

Be the first to know and let us send you an email when okhaldhungakhabar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share