15/11/2025
निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली दर्ताका लागि पाँच दिन म्याद थप गर्ने निर्णय गरेको छ।
यसअघि नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी प्रधानमन्त्री सुशीला कार्कीले म्याद थपका लागि निर्वाचन आयोगलाई आग्रह गरेकी थिइन्। यसैबीच अर्थ मन्त्रालयले चुनावका लागि करिब पाँच अर्ब रुपैयाँ स्वीकृत गरेको निर्वाचन आयोगले जनाएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग आज प्रधानमन्त्री सुशीला कार्कीले नामावलीको समयसीमा पाँच दिन थप गर्न आग्रह गरेकी थिइन्। त्यसपछि अहिलेसाँझ निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा मतदाता नामावली दर्ता गर्ने म्याद कात्तिक ३० गतेबाट मङ्सिर ५ गतेसम्म पुर्याइएको उल्लेख छ।
राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप रहेको बताइएको छ।