
22/12/2024
केन्द्रीय कमिटीको बैठकको पूर्वसन्ध्यामा केन्द्रीय विभागका प्रमुख र सचिवहरुको संयुक्त बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न भएको छ । बैठकले पार्टीका विरुद्धको घेरावन्दी र आक्रमणलाई दृढतापूर्वक सामना गर्ने र पार्टी तथा सरकारको कामलाई थप प्रभावकारी बनाउने सन्दर्भमा महत्वपूर्ण छलफल गरेको छ । बैठकले पौष १५ गते भित्र सबै विभागलाई विभागीय कामको रिपोर्ट तयार गर्न निर्देशन दिएको छ ।