Easykhabar

Easykhabar Nepal's most popular digital magazine. For News & Events:
Call us at 9849669768,
For Advertisement:
Call us at 9849669768
[email protected]

काठमाडौँमा ‘स्वीप अप्रेसन’: ठमेल र विमानस्थल क्षेत्रबाट १९५ जना नियन्त्रणमाकाठमाडौँ । काठमाडौँ महानगर क्षेत्रमा प्रहरीले...
27/04/2026

काठमाडौँमा ‘स्वीप अप्रेसन’: ठमेल र विमानस्थल क्षेत्रबाट १९५ जना नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रमा प्रहरीले सञ्चालन गरेको ‘स्वीप अप्रेसन’ अन्तर्गत १९५ जनालाई नियन्त्रणमा लिइएको छ। नेपाल प्रहरी का अनुसार ठगी, गुण्डागर्दी तथा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा उनीहरूलाई ठमेल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रबाट पक्राउ गरिएको हो। प्रहरीले पछिल्लो समय बढ्दै गएको आपराधिक गतिविधिलाई नियन्त्रण गर्न विशेष अभियानका रूपमा ‘स्वीप अप्रेसन’ सञ्चालन गरिएको जनाएको छ। नियन्त्रणमा लिइएकामध्ये केही व्यक्तिमाथि ठगी, लुटपाट, अवैध कारोबार तथा सार्वजनिक शान्ति भंग गरेको आरोप लागेको बताइएको छ। प्रहरीले अनुसन्धान जारी रहेको र दोषी देखिएकामाथि कानुनी कारबाही अघि बढाइने जनाएको छ। साथै, शान्ति सुरक्षा कायम राख्न यस्ता अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिएको छ।

News, Articles, Interviews, Video & Advertisement from Entire Network of Access Media (Pvt.) Ltd. in Nepali & English.

सरकारको एक महिना: सुधार एजेन्डा बीच राजनीतिक तातो अवस्थाकाठमाडौं । बालेन शाह नेतृत्वको सरकारले आज एक महिना पूरा गरेको छ।...
27/04/2026

सरकारको एक महिना: सुधार एजेन्डा बीच राजनीतिक तातो अवस्था

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले आज एक महिना पूरा गरेको छ। एक महिनाको अवधिमा सरकारले १०० बुँदे सुधार एजेन्डा सार्वजनिक गर्दै विभिन्न क्षेत्रमा परिवर्तनको संकेत दिएको भए पनि देशको राजनीतिक वातावरण भने अझै तातिएको छ। सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा सुधार, र आर्थिक गतिविधि चलायमान बनाउने लक्ष्यसहित सुधारका कार्यक्रम अघि सारेको जनाएको छ। विशेषगरी, डिजिटल सेवा विस्तार, प्रशासनिक सुधार, र विकास आयोजनामा तीव्रता ल्याउने विषयलाई प्राथमिकता दिइएको छ। तर, यता विभिन्न राजनीतिक दल र समूहहरूले सरकारका केही निर्णयप्रति असन्तुष्टि जनाउँदै देशका विभिन्न स्थानमा प्रदर्शन गरेका छन्। राजधानी काठमाडौंसहित प्रमुख शहरहरूमा भएका विरोध प्रदर्शनले आजको दिन थप तनावपूर्ण बनेको छ।...

News, Articles, Interviews, Video & Advertisement from Entire Network of Access Media (Pvt.) Ltd. in Nepali & English.

आईटी निर्यातको लक्ष्य: एआई र प्रविधिमा नेपाललाई हब बनाउने तयारीकाठमाडौं । नेपाललाई एआई (Artificial Intelligence) र सूचना...
27/04/2026

आईटी निर्यातको लक्ष्य: एआई र प्रविधिमा नेपाललाई हब बनाउने तयारी

काठमाडौं । नेपाललाई एआई (Artificial Intelligence) र सूचना प्रविधि (आईटी) निर्यातको हब बनाउने लक्ष्यसहित सरकारले नयाँ नीतिगत पहलहरू अघि बढाएको छ। सरकारले हालै सार्वजनिक गरेको रणनीतिअनुसार डिजिटल अर्थतन्त्र विस्तार, आईटी सेवा निर्यात वृद्धि, र युवा जनशक्तिको उपयोगलाई प्राथमिकतामा राखिएको छ। यसले नेपाललाई विश्व बजारमा प्रतिस्पर्धी प्रविधि केन्द्रको रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ। नयाँ नीतिमा विशेष गरी एआई, सफ्टवेयर डेभलपमेन्ट, डाटा एनालिटिक्स, साइबर सुरक्षा र क्लाउड कम्प्युटिङ क्षेत्रमा लगानी आकर्षित गर्ने योजना समावेश गरिएको छ। साथै, विदेशी कम्पनीहरूसँग सहकार्य गर्दै नेपालबाटै सेवा निर्यात बढाउने रणनीति अघि सारिएको छ। सरकारका अनुसार, आगामी वर्षहरूमा आईटी क्षेत्रबाट अर्बौं रुपैयाँ बराबरको सेवा निर्यात गर्ने लक्ष्य राखिएको छ। यसका लागि कर छुट, स्टार्टअप प्रोत्साहन, तथा आईटी पार्क र डिजिटल पूर्वाधार विकासमा जोड दिइनेछ।...

News, Articles, Interviews, Video & Advertisement from Entire Network of Access Media (Pvt.) Ltd. in Nepali & English.

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्नकाठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नाराका स...
27/04/2026

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नाराका साथ ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम राजधानीमा भव्य रूपमा सम्पन्न भएको छ। हाम्रो बालापन नेपालका अध्यक्ष मथुरा थापाद्वारा लिखित उक्त पुस्तक कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य डा. धनञ्जय रेग्मीद्वारा औपचारिक रूपमा विमोचन गरिएको हो। कार्यक्रममा अभिभावक, शिक्षाविद्, मनोविद् तथा विभिन्न सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विमोचित पुस्तक ‘कोमल अभिभावकत्व’मा बालबालिकालाई माया, ममता, स्नेह र सकारात्मक व्यवहारमार्फत कसरी हुर्काउने भन्ने विषयलाई व्यावहारिक तथा अनुभवजन्य ढंगले प्रस्तुत गरिएको जनाइएको छ। कार्यक्रममा बोल्दै डा. रेग्मीले बालबालिकाको मानसिक स्वास्थ्यप्रति सचेत रहन अभिभावकलाई आग्रह गर्नुभयो। उहाँले सामान्य तनावले पनि बालबालिकाको मानसपटलमा गम्भीर असर पार्न सक्ने उल्लेख गर्दै उनीहरूप्रति सधैं स्नेह र सकारात्मक व्यवहार आवश्यक रहेको बताउनुभयो।...

News, Articles, Interviews, Video & Advertisement from Entire Network of Access Media (Pvt.) Ltd. in Nepali & English.

सगरमाथा मार्गमा अवरोध: सयौँ आरोही बीचमै रोकिएकाठमाडौं । सगरमाथाको आरोहण मार्गमा ठूलो अवरोध उत्पन्न भएपछि सयौँ आरोहीहरू ब...
27/04/2026

सगरमाथा मार्गमा अवरोध: सयौँ आरोही बीचमै रोकिए

काठमाडौं । सगरमाथाको आरोहण मार्गमा ठूलो अवरोध उत्पन्न भएपछि सयौँ आरोहीहरू बीचैमा रोकिएका छन्। प्राप्त जानकारी अनुसार, खुम्बु आइसफल क्षेत्रमा करिब ३० मिटर अग्लो हिउँको ढिक्का (सेराक) खसेर मुख्य मार्ग अवरुद्ध भएको हो। यस घटनापछि आरोहणका लागि बनाइएको डोरी र भर्‍याङसमेत क्षतिग्रस्त भएको बताइएको छ। आरोहण अभियानमा संलग्न गाइडहरूका अनुसार, अचानक खसेको हिउँका कारण मार्ग पूर्ण रूपमा बन्द हुँदा आरोहीहरू सुरक्षित स्थानमा पर्खन बाध्य भएका छन्। “स्थिति जोखिमपूर्ण भएकाले अहिले तत्काल अगाडि बढ्न सक्ने अवस्था छैन,” एक गाइडले बताए। सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC)का प्राविधिक टोलीहरू घटनास्थलमा पुगेर मार्ग खुलाउने प्रयासमा जुटेका छन्। उनीहरूले नयाँ डोरी जडान, भर्‍याङ पुनःस्थापना, र सुरक्षित मार्ग पहिचान गर्ने काम गरिरहेका छन्।...

News, Articles, Interviews, Video & Advertisement from Entire Network of Access Media (Pvt.) Ltd. in Nepali & English.

अस्ट्रेलिया भिसामा कडाइ: नेपाली विद्यार्थी प्रभावितसिड्नी । अस्ट्रेलिया सरकारले आफ्नो अध्यागमन नीतिमा हालै कडाइ गरेसँगै ...
27/04/2026

अस्ट्रेलिया भिसामा कडाइ: नेपाली विद्यार्थी प्रभावित

सिड्नी । अस्ट्रेलिया सरकारले आफ्नो अध्यागमन नीतिमा हालै कडाइ गरेसँगै नेपालका विद्यार्थीहरूलाई विद्यार्थी भिसा प्राप्त गर्न कठिनाइ भएको छ। नयाँ नियमअनुसार अस्ट्रेलियाले अब भिसा आवेदनमा शैक्षिक योग्यता, आर्थिक स्रोत, र कागजातको सत्यतामा विशेष ध्यान दिन थालेको छ। यसका कारण धेरै नेपाली विद्यार्थीहरूको आवेदन अस्वीकृत हुने दर बढेको शैक्षिक परामर्शदाताहरू बताउँछन्। शिक्षा परामर्श क्षेत्रमा कार्यरत व्यक्तिहरूका अनुसार, पहिलेको तुलनामा अहिले विद्यार्थीहरूले अधिक प्रमाणित कागजात, स्पष्ट अध्ययन उद्देश्य (Genuine Student Requirement), र आर्थिक क्षमताको ठोस प्रमाण पेश गर्नुपर्ने भएको छ। यसैबीच, अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या व्यवस्थापन गर्न तथा शैक्षिक गुणस्तर कायम राख्न यस्तो कदम चालेको जनाएको छ।...

Get News Easily

मन्त्रिपरिषद्मा संकट: गृहमन्त्री गुरुङको राजीनामा, सम्पत्ति छानबिन सुरुकाठमाडौं । नयाँ सरकार गठन भएको एक महिना नपुग्दै म...
24/04/2026

मन्त्रिपरिषद्मा संकट: गृहमन्त्री गुरुङको राजीनामा, सम्पत्ति छानबिन सुरु

काठमाडौं । नयाँ सरकार गठन भएको एक महिना नपुग्दै मन्त्रिपरिषद्मा राजनीतिक उथलपुथल देखिएको छ। सरकारभित्रै संकट गहिरिँदै जाँदा गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्। गुरुङले आफ्नो लगानी र अन्य विषयमा प्रश्न उठेपछि २२ अप्रिल २०२६ मा राजीनामा दिएका हुन्। उहाँ यो मन्त्रिपरिषद्बाट बाहिरिने दोस्रो मन्त्री बन्नुभएको छ। यसअघि श्रममन्त्रीलाई पदको दुरुपयोग गरेको आरोपमा बर्खास्त गरिएको थियो। सरकारभित्र लगातार देखिएको विवादले शासन प्रणालीमाथि नै प्रश्न उठ्न थालेका छन्। यता, पूर्व सर्वोच्च अदालतका न्यायाधीशको नेतृत्वमा गठन गरिएको एक आयोगले नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन सुरु गरेको छ। छानबिन आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको आयस्रोत र सम्पत्तिको विवरण परीक्षण गर्दै पारदर्शिता कायम गर्ने लक्ष्य लिएको जनाएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार पछिल्लो घटनाक्रमले सरकारको स्थायित्वमा असर पार्न सक्ने देखिएको छ। सरकारले भने भ्रष्टाचार र अनियमितता विरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ। आगामी दिनमा थप मन्त्रीहरू पनि छानबिनको दायरामा पर्न सक्ने अनुमान गरिएको छ।

www.easykhabar.com is Nepal's first reliable news hub.

ठाकुरबाबामा १५ शैयाको नगर अस्पताल सञ्चालनमाबर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकामा १५ शैयाको सुविधा सम्पन्न नगर अस्पता...
24/04/2026

ठाकुरबाबामा १५ शैयाको नगर अस्पताल सञ्चालनमा

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकामा १५ शैयाको सुविधा सम्पन्न नगर अस्पताल सञ्चालनमा आएको छ। नगरप्रमुख तिलकराम लम्सालले एक कार्यक्रमबीच अस्पतालको उद्घाटन गर्नुभएको हो। करीब १२ करोड ८४ लाख रुपैयाँको लगानीमा वडा नं. ३ नेउलापुरमा निर्माण गरिएको उक्त अस्पतालले अब विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको छ। सरकारले केही वर्षअघि प्रत्येक स्थानीय तहमा १५ शैयासम्मको अस्पताल निर्माण गर्ने योजना ल्याएअनुसार २०७८ जेठदेखि यसको निर्माण कार्य सुरु गरिएको थियो। दुई तले भवन तीन ब्लकमा निर्माण गरिएको छ भने अस्पताल परिसरमा पार्किङ र क्यान्टिनको समेत व्यवस्था गरिएको छ। अस्पतालबाट २४ सै घण्टा आकस्मिक सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा, शल्यक्रिया कक्ष, गुणस्तरीय प्रयोगशाला, भेन्टिलेटरसहित सर्पदंश उपचार, निःशुल्क शववाहन तथा शव चिस्यान सेवा, रक्तसञ्चार र आँखा उपचार सेवा सञ्चालन गरिनेछ।...

www.easykhabar.com is Nepal's first reliable news hub.

धुँवामै संघर्ष, मकैमै सम्मान: पूर्व उपमेयर शुवरानी थारूको प्रेरक यात्राकाठमाडौँ ।शुवरानी थारू मधुवन नगरपालिका–४ माछढ चोक...
24/04/2026

धुँवामै संघर्ष, मकैमै सम्मान: पूर्व उपमेयर शुवरानी थारूको प्रेरक यात्रा

काठमाडौँ ।शुवरानी थारू मधुवन नगरपालिका–४ माछढ चोकमा सडक किनारमै धुँवामा मकै पोल्दै जीवन गुजारिरहेकी छिन्। ४३ वर्षीया थारू आफ्नै बारीमा उब्जाएको हरियो मकै पोलेर बेच्दै आएकी छन्, जसले उनको परिवारको जीविका धान्न महत्त्वपूर्ण भूमिका खेलेको छ। “काम सानो ठुलो हुँदैन, गर्ने जाँगर हुनुपर्छ,” उनी भन्छिन्। गत वर्षसम्म नगरपालिकाको उपमेयरको जिम्मेवारी सम्हालेकी थारू अहिले पुनः आफ्नो पुरानै पेशा—कृषिमा फर्किएकी छन्। उपमेयर भएर मकै पोल्नुहुन्छ भन्ने प्रश्न उठे पनि उनले त्यसलाई सहज रूपमा लिएकी छन्। “आफ्नो काम गर्न के को लाज ? म कसैलाई ठगेकी छैन, चोरी गरेकी छैन,” उनको स्पष्ट भनाइ छ।...

www.easykhabar.com is Nepal's first reliable news hub.

Address

Patan
Patan

Website

Alerts

Be the first to know and let us send you an email when Easykhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Easykhabar:

Share