22/10/2023
गोर्खा केन्द्रबिन्दु भएर ठुलो भुकम्प , भारत र चिन पनि हल्लियो।
मध्य नेपालमा आइतबार बिहान भूकम्पको धक्का महसूस भएको छ।
आइतबार बिहान ७ः३९ बजे भूकम्पको धक्का महसूस भएको हो। नेपाल लगायत भारत र चिनमा पनि भूकम्पको धक्का महसूस भएको छ। भुकम्प ५.३ रेक्टर स्केलको रहेको भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ।
भुकम्पको केन्द्रबिन्दु गोर्खा जिल्लाको अर्चले रहेको पनि उक्त केन्द्रले जनाएको छ।