Public Times

Public Times समचार, सूचना, शिक्षा र जानकारीको लागि यो पेजलाई लाइक गर्नु होस ।

24/05/2024

सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
पाँचथर, ११ जेठ:
पाँचथरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
ताप्लेजुङबाट फिदिमतर्फ आउँदै गरेको त्रिशक्ति निर्माण कम्पनीको बा १७ च ७९९९ नम्बरको टोयोटा गाडी अपरान्ह ५:४५ बजे मेची राजमार्गअन्तर्गत हिलिहाङ गाउँपालिका वडा नं ७ हेवा खोलामा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका नेपालगन्जका ३५ वर्षीय श्याम विकको बेलुकी ७:५५ बजे जिल्ला अस्पताल पाँचथरमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा इलामका ३१ वर्षीय लक्ष्मण मुखिया गम्भीर घाइते भएका छन्। शरीरका विभिन्न अङ्गमा चोट लागेका मुखियालाई थप उपचारका लागि झापातर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिनुभयो। गाडी अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल झरेको प्रहरीले जनाएको छ। मृतकको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । चिन्तन खबर बाट

दुःखद खबर …अहिले साँझ मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमाना हेंवाखोलामा सवारी र्...
24/05/2024

दुःखद खबर …
अहिले साँझ मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमाना हेंवाखोलामा सवारी र्दुघटना। १ जनाको मृत्यु, १ जना गम्भिर घाईते। घाईतेलाई रेफर गरिँदै। मृतक र घाईतको सनाखत हुन बाँकि।
स्रोतः जिल्ला प्रहरी कार्यालय पाँचथर

11/01/2024

पाँचथरको आरुबोटेमा एकको हत्या, दुई घाईते
पाँचथर– पाँचथरको मिक्लाजुङ गाँउपालीका–३ आरुबोटेमा धारीलो हतियार प्रहार गरि एकजनाको हत्या भएको छ भने तीन जना घाईते भएका छन् ।
केहिबेर अगाडी घटना भएको हो । स्थानिय गोमा फियाकको हत्या भएको जानकारी प्राप्त भएको छ । महेन्द्र श्रेष्ठ र कान्छीमाया फियाक घाइते भएका छन् ।
घाइतेलाई अस्पताल लैजान लागिएको वार्ड अध्यक्ष जिवन फियाकले जानकारी दिए ।
हत्यारा फरार छन् । घटना स्थलमा प्रहरी जादै गरेकाले केहि समय पछि विस्तृत विवरण आउने जिल्ला प्रहरी कार्यालय पाँचथरका इक्सपेक्टर दिवस कुवँरले जानकारी दिए ।

11/01/2024
पव्लिक टाइम्स पुस २२ गते प्रकाशित
11/01/2024

पव्लिक टाइम्स पुस २२ गते प्रकाशित

31/12/2023
15/01/2023

पोखरामा भएको विमान दुर्घटनामा ६८ जना यात्रुसहित ७२ जना रहेको खुलेको छ।

विमानमा सवार यात्रुहरुको नामावलीः

नेपाली यात्रुः

किसान आचार्य
निशान्त आचार्य
शालिगराम आचार्य
सडकात अलिमिया
पूर्ण बहादुर गुरुङ
जितेन्द्र बहादुर कुँवर
एलिना बन्ड्रो
अनिशा बानियाँ
स्लक भट्ट
निरा छन्त्याल
आशिमा गुरुङ
अनुशा गुरुङ
बेलमान गुरुङ
विजयकुमार गुरुङ
जीवनकला गुरुङ
माया गुरुङ
लक्कि गुरुङ
शिवकुमार गुरुङ
सिता गुरुङ
यमुना गुरुङ
यास्मिन गुरुङ
रविन हमाल
सन्जय जैसवाल
सोनु जैसवाल
रचना काफ्ले
सीता कुमारी खड्का
अनिल कुमार राजभार
भगवती कुँवर
अविशेक कुश्वाह
ओम माया गुरुङ
सुस्मा पाण्डे
हरि परियार
लक्ष्मी परियार
रिता परियार
अरुण पौडेल
लक्ष्मी पौडेल
प्रसिद्धि पौडेल
त्रिभुवन पौडेल
पोजन राना
सविना रायमाझी
राजन सापकोटा
अनिल शाही
संगिता शाही
जमुना शर्मा
विशाल शर्मा
युवराज शर्मा
मोहन श्रेष्ठ
डा. शोना दिवाकर
बन्दना सुनार
राजुसिंह ठकुरी
चुर्ण थापा
गणेश थापा
लवराज तिमिल्सिना

को को थिए विदेशी यात्रु?

मेरोल लभ
आयूरी ल्यागीन
भिक्टर ल्यागीन
जेनितसन्डरा पालाभेकिनो
भिक्टोरिया अतुनिना
इलिना बण्डुरो
रुअनकालुम क्रिघ्टोन
एलेक्जेण्डर आइरिडोरे

शिशुहरु:

कृष परियार
प्रसिद्धी पौडेल
आयुर्दि शर्मा
बेबी शर्मा
अन्य दुईजना शिशुहरुको नाम खुलेको छैन।

स्वरोजगार कोषले जन्माउदै छन उद्यमीहरुशान्ति राई÷फिदिम छोराहरुले विदेशबाट धेरै पैसा कमाएर घरमा पठाउलान भन्ने आशाले साहु स...
11/09/2021

स्वरोजगार कोषले जन्माउदै छन उद्यमीहरु
शान्ति राई÷फिदिम
छोराहरुले विदेशबाट धेरै पैसा कमाएर घरमा पठाउलान भन्ने आशाले साहु सित ऋण गरी पठाएका दइ छोराहरु रित्तो हात र्फिकए पछि निराश बनेकी फिदिमं १ दुमाकी नरमाया गुरागाई अहिले कृषि कर्ममा रमाएका छिन ।
फालेलुङ गाउँपालिका वडा नं १ बाट २०५५ सालमा फिदिम १ दुमामा बसाई सराई गरि आएका गुरागाईका स–परिवार तरकारी खेती, र पशुपालनबाट अहिले मनग्गै आम्दानी लिइरहेका छन ।
दुवै छोराहरुलाई साहु सित ऋण गरी पटक पटक विदेश पठाएका थिए । बिदेशमा राम्रो कमाइ नहुदा २÷४ महिनामै छोराहरु फर्केर घर आए । छोराहरु बिदेश पठाउँदाको ऋण बढेदै गयो ऋण तिर्न गाह्रो भइ रहेको बेला उनको साहारा बन्यो स्वरोजगार कोष । गुरागाईले नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले विना धितो सहुलियत व्याजदरमा व्यवसायीक कर्जा सहकारीहरु मार्पmत लगानी गरेको सुचना पाए वहाँले २०७३ सालमा हातेमालो कृषि सहकारी मार्फत कोषको व्यासायीक कर्जा लिएर शुरुमा ब्यबसायीक तरकारी खेती गरेको वहाँ बताउनुहुन्छ ।
तरकारी खेतीबाट राम्रो आम्दानी भए पछि गुरागाईले कुखुरा, भैसी, पाल्न शुरु गर्नुभयो कुखुरा र भैसीको मलले तरकारी खेतीलाई सहयोग पुग्यो अहिले बाषर््िाक ४ देखी ५ लाख सम्म आम्दानी हुने गरेको वहाँ बताउनु हुन्छ । तरकारी खेतीबाट सुरु गरेको व्यवसायमा कुखुरा र भैंसी पालन थपिन्दा निकै फाइदा भयो अनि छोराहरुलाई विदेश पठाउदा लागेको ऋण समेत चुक्ता गरिसकेको र चौविस आना जग्गा समेत जोडी सकेको खुसी साट्छिन नरमाया ।
नरमाया आफु मात्र व्यवसायीक बन्नुभएन वहाले बिदेशबाट रित्तो हात फर्केका छोराहरु मध्ये जेठा छोराको नाममा कृषि तथा पशुपक्षी फर्म दर्ता गराउनु भएको छ । स्वरोजगार कोषको सहयोगबाट नरमायाको सबै परिवार अहिले कृषि व्यवसायमा आवद्ध छन । तरकारी खेतीबाट शुरु गरिएको ब्यबसायले गुरागाइ परिवारको आत्मनिर्भर मात्र होइन जग्गा जमिन समेत जोड्ेका छन ।
त्यस्तै अर्की कृषी उद्यमी टीकामाया केरुङ पनि स्वरोजगार कोषको सहुलियत व्याजदरको कर्जा प्रवाहले सफल कृषक बनेकी छिन् । फालेलङ ७ स्थायी घर भई हाल फिदिम १ दुमामा २०७३ सालबाट थोरै जमिन भाडामा लिएर बंगुर पालन गर्न सुरु गरेको केरुङको ब्यबसाय पनि फस्टाउँदो छ । बंगुर पालन संगै तरकारी खेती गर्दै कृषी कर्ममा लागेकी केरुङ अहिले वाख्रा फर्म, गाई पालन गरी वर्षमा साढे १ लाख देखि २ लाखसम्म नाफा हुने गरेको वहाँ बताउनु हुन्छ । केरुङले कृषी कर्म गरेरै घाँस, फलपूmल उत्पादनको लागी तीन रोपनी जग्गा खरिद गरेको र घर निर्माण गर्नको लागि आठ आना जग्गा समेत खरिद गरिसकेको बताउनु हुन्छ । ब्तरकारी ब्यबसायमा भबिष्य देखेका केरुङले मेहनत गर्न सके आप्mनै देशमा स्वरोजगार बन्न सकिन्छ, विदेशिनु नपर्ने वहा भन्नुहुन्छ ।
कृषि पशुपालन बाहेक अन्य ब्यबसायका लागि हातेमालो सहकारी मार्पmत स्वरोजगार कोषबाट कर्जा लिएका ब्यक्तिहरुले पनि आफेनो ब्यबसायलाई बढाउँदै लगेका छन । सोही कोषबाट ऋण लिएका फिदिम १ आहाल गैरीका बराइली किराना एण्ड सब्जी पसलका प्रोपाइटर.हेम बराइली पनि तरकारी खरिद विक्री व्यवसायमा सफल देखिएका छन । वहाँले २०७९ सालको अन्त्य तिर कर्जा लिई सब्जी व्यापार सुरु गर्नु भएको थियो । बराइलीले अहिले सब्ंजी व्यापार सगैं किराना पसल समेत शुरु गर्नुभएको छ । बराइलीले सब्जी व्यापारबाट सुरु गरेको व्यापार व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भई घर जग्गा समेत जोड्न सफल भएको वहाँ बताउनु हुन्छ ।
हातेमालो कृषि सहकारी संस्था लि. पाँचथर फिदिमले जिल्लाको विभिन्न वडाहरुमा समुह निर्माण गरी नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कर्जा लगानी गरीसकेको छ । सहकारीहरु मार्फत कोषको सानो लगानीमा धेरै आम्दानी गर्न सफल व्यवसायीहरु रहेको हातेमालो कृषि सहकारी संस्था फिदिम पाँचथरका व्यवस्थापक÷प्रबन्धक पुनम तामाङ बताउनुहुन्छ ।
नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले आर्थिक रुपमा विपन्न महिला, दलित, आदीवासी जनजाती, िसमान्तकृत, लोपान्मुख, अपाङगता भएका व्यक्ति द्धन्द्ध पिडित, सुकुम्बासी वा साना व्यवसायिक एवं युवाहरुलाई खेती, पशुपांलन कृषिजन्य उद्योग वा सेवामुलक स्वरोजगार कार्यक्रम संचालन गर्न सहुलियत व्याजदरमा ऋण उपलब्ध गराईरहेको छ । ब्यबसायीहरुको आय आर्जनमा वृद्धि गरी जीविकोपार्जनलाई सहज बनाउने मुख्य उद्देश्यले नेपालको विभिन्न जिल्लामा कोषले सहकारी, वित्तिय संघ संस्थाहरु मार्पmत कर्जा प्रवाह गरिरहेको छ । कोषले पाँचथर जिल्लामा पनि थुप्रै सहकारीहरु मार्फत ऋण लगानी गरिसकेको युवा तथा साना ब्यबसायी स्वरोजगार कार्यक्रम हाखा प्रमुख सम्झना वाग्ले बताउनु हुन्छ ।

15/03/2021

Address

Phidim
1

Alerts

Be the first to know and let us send you an email when Public Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Public Times:

Share

Category