24/05/2024
सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
पाँचथर, ११ जेठ:
पाँचथरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
ताप्लेजुङबाट फिदिमतर्फ आउँदै गरेको त्रिशक्ति निर्माण कम्पनीको बा १७ च ७९९९ नम्बरको टोयोटा गाडी अपरान्ह ५:४५ बजे मेची राजमार्गअन्तर्गत हिलिहाङ गाउँपालिका वडा नं ७ हेवा खोलामा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका नेपालगन्जका ३५ वर्षीय श्याम विकको बेलुकी ७:५५ बजे जिल्ला अस्पताल पाँचथरमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा इलामका ३१ वर्षीय लक्ष्मण मुखिया गम्भीर घाइते भएका छन्। शरीरका विभिन्न अङ्गमा चोट लागेका मुखियालाई थप उपचारका लागि झापातर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिनुभयो। गाडी अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल झरेको प्रहरीले जनाएको छ। मृतकको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । चिन्तन खबर बाट