Jorpati

Jorpati Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jorpati, News & Media Website, Phidim.
(1)

विराटनगर जुट मिल पुनः सञ्चालनको तयारीनेपाल सरकारले लामो समयदेखि बन्द रहेको विराटनगर जुट मिल पुनः सञ्चालनको सम्भाव्यता अध...
11/08/2026

विराटनगर जुट मिल पुनः सञ्चालनको तयारी

नेपाल सरकारले लामो समयदेखि बन्द रहेको विराटनगर जुट मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरेको छ। कार्यदलले मिलको वर्तमान अवस्था, सञ्चालनको मोडालिटी र आवश्यक लगानीबारे अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ।

10/08/2026

अत्यन्तै दुःखद 😢 पहाडबाट खसेको ढुंगा बसमा बजारियो!

बाजुराको जगन्नाथ गाउँपालिका–५ स्थित भुकाह खोलामा पहाडबाट खसेको ढुंगा मध्यपश्चिम यातायातको बसमा बजारिँदा बसमा क्षति पुगेको छ।
भिडियो : सामाजिक सञ्जाल

ग्यास लुकाउने किराना पसललाई ५० हजार जरिवानानेपालगन्जमा बजार अनुगमनका क्रममा १३ वटा ग्यास सिलिन्डर लुकाएर राखेको भेटिएपछि...
10/08/2026

ग्यास लुकाउने किराना पसललाई ५० हजार जरिवाना

नेपालगन्जमा बजार अनुगमनका क्रममा १३ वटा ग्यास सिलिन्डर लुकाएर राखेको भेटिएपछि एक किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा भएको अनुगमनका क्रममा नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरमा लुकाएर राखिएका ग्यास सिलिन्डर फेला परेका हुन्। पसलबाट अखाद्य सामग्रीसमेत भेटिएको प्रशासनले जनाएको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको हो।

10/08/2026

जय जय पाथीभरा माता 🙏🙏

मेची राजमार्गको माईखोला–राजदुवाली खण्डमा कहिलेसम्म राज्यको ढुकुटी रित्याउने?मेची राजमार्गअन्तर्गतको माईखोला–राजदुवाली सड...
09/08/2026

मेची राजमार्गको माईखोला–राजदुवाली खण्डमा कहिलेसम्म राज्यको ढुकुटी रित्याउने?

मेची राजमार्गअन्तर्गतको माईखोला–राजदुवाली सडक खण्ड वर्षायाम सुरु हुनासाथ भत्किने, पहिरो जाने र यातायात अवरुद्ध हुने समस्याबाट वर्षौँदेखि ग्रसित छ। सडकको यही नियति अहिले आम नागरिकका लागि सास्ती र राज्यका लागि भने ‘ढुकुटी रित्याउने अन्तहीन चक्र’ जस्तै बनेको छ।

हरेक वर्ष सडक भत्किन्छ, लाखौँ–करोडौँ रुपैयाँ खर्च गरेर ग्याबियन तथा कङ्क्रिटका पर्खाल लगाइन्छ, माटो भरिन्छ र सडक सञ्चालनमा ल्याइन्छ। तर वर्षा फेरि सुरु भएपछि उही ठाउँमा पहिरो जान्छ, पर्खाल भत्किन्छ र सडक पुनः जोखिममा पर्छ।

यसले स्थानीयवासी तथा यात्रुमा गम्भीर प्रश्न जन्माएको छ आखिर एउटै ठाउँमा बारम्बार राज्यको पैसा खर्च गरेर कहिलेसम्म समस्या टार्ने?

सधैँको मर्मत, सधैँकै सास्ती
माईखोला–राजदुवाली खण्डको समस्या केवल सडक भत्किनु मात्र होइन। कमजोर भू–बनोट, पानीको उचित व्यवस्थापनको अभाव, पहिरो नियन्त्रणका कमजोर संरचना र दीर्घकालीन योजना नहुँदा राज्यको ठूलो लगानी प्रभावकारी हुन नसकेको देखिन्छ।

हरेक वर्ष मर्मतमा बजेट खर्च भइरहे पनि समस्या स्थायी रूपमा समाधान हुन सकेको छैन। परिणामतः यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपरेको छ भने राज्यको लगानी पनि अपेक्षित प्रतिफलविना दोहोरिइरहेको छ।

अब प्रश्न ‘कति बजेट चाहिन्छ?’ भन्ने मात्र होइन, ‘कस्तो दीर्घकालीन समाधान चाहिन्छ?’ भन्ने हो।

अबको विकल्प के?

भौगोलिक रूपमा अत्यन्तै कमजोर मानिएको यो खण्डमा सामान्य मर्मत र पर्खाल थप्दै जानेभन्दा स्वतन्त्र प्राविधिक अध्ययन, पहिरोको मूल कारण पहिचान र दीर्घकालीन इन्जिनियरिङ समाधान आवश्यक देखिन्छ।

आवश्यक परे जोखिमयुक्त स्थानको सडक संरचना पुनःडिजाइन गर्ने, पानी निकासको वैज्ञानिक व्यवस्थापन गर्ने, बायो–इन्जिनियरिङ तथा पहिरो नियन्त्रण प्रविधि प्रयोग गर्ने र अत्यधिक जोखिमयुक्त स्थानमा वैकल्पिक सडक मार्गको सम्भाव्यता अध्ययन गर्नुपर्ने देखिन्छ।

नत्र हरेक वर्ष एउटै ठाउँमा बजेट खन्याउने, सडक केही समय चलाउने र अर्को वर्ष फेरि त्यही ठाउँमा बजेट माग्ने प्रवृत्तिले समस्या समाधान होइन, समस्या पालिरहने संस्कारलाई मात्र निरन्तरता दिनेछ।

अब माईखोला–राजदुवालीमा प्रश्न सडक कहिले खुल्छ भन्ने मात्र होइन—राज्यको पैसा कहिलेसम्म एउटै पहिरोसँग हारिरहने भन्ने हो।

Big shout out to my newest top fans! 💎 Ganga Adhikari, लोक सेवा तयारि, Manoj Gurung, Mridul Aangbo, Lila Matrika Oscar, ...
09/08/2026

Big shout out to my newest top fans! 💎 Ganga Adhikari, लोक सेवा तयारि, Manoj Gurung, Mridul Aangbo, Lila Matrika Oscar, Chhatra Kerung, Sandesh Angbo, Devi Portel, Bina Basnet, तुम्बापो जेनिश लिम्बु, Kiran Magr, Joy Joy, सन्देश बस्नेत नारायणस्थान ईलाम, Pnkz Khadka Xtri, Esmriti Tandan Thapa, Bishnu Subedi, Bantawa Rai, एन्जिला यादव, Mina Pandey Dahal, Samjhana Ghising, Bimala Gurung, Keshar Thapa, Dhanu Nembang, Deepak Raj Giri, Sunita Sunar, Magar Dipu, ZindaGi Ho DobaTo, Dorendra Raj Phiyak, Monik Ala, Brijahang Angdembe, Dipak Kharel, Laya Prasad Timilsina, Mina Grg, Sujan Rai, Kabita Tamang Dumzen, Bishnu Shrestha, Kanxi Kanxi, Samikshya Adhikari

Drop a comment to welcome them to our community, fans

09/08/2026

09/08/2026

तमोर करिडोर अन्तर्गत रानिगाँउको हाङठुवामा हिलोमा गाडि फसेपछि ठेलेर गाडी निकाल्ने प्यास गर्दै यात्रुहरु ।

09/08/2026

पाथीभरा माताको दर्शन गरि बिहानीको सुरुवात गरौं 🙏🙏

Address

Phidim
57400

Alerts

Be the first to know and let us send you an email when Jorpati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jorpati:

Shortcuts

Share