Nepal Khabar

Nepal Khabar नेपालका ताजा खवरहरु फेसबुकमार्फत पस्कने छाै । Follow 🙏🌷

22/11/2025

fans

🚨 ब्रेकिन्ग : च्याम्चेमा जेसिभी पल्टिँदा सडक अवरुद्ध ! 🚧मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चेमा बाटो निर्माणमा खटिएको जेसिभी...
20/11/2025

🚨 ब्रेकिन्ग : च्याम्चेमा जेसिभी पल्टिँदा सडक अवरुद्ध ! 🚧
मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चेमा बाटो निर्माणमा खटिएको जेसिभी (डोजर) आज दिउँसो अचानक सडक किनारमा पल्टिएको छ । घटनास्थलमा स्थानीयको भीड बढ्दै गएको छ भने बेसीशहर–मनाङ सडक खण्ड पूर्ण अवरुद्ध बनेको छ । घटनामा मानवीय क्षति भएको छैन ।
photo created : G.b. Ghimire Pradip

31/10/2025

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको घरमा र लक्ष्मीनारायण साकोसको झ्यालमा ढुंगा प्रहार गरी सिसा फुटाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा आयुष आलेमगर (वर्ष १८, बेसिशहर–८, मालपोतचोक, लमजुङ), प्रदिप तामाङ (वर्ष १८, बेसिशहर–८, लमजुङ) र योगेश तामाङ (वर्ष १८, बेसिशहर–१०, लमजुङ) रहेका छन् ।
Nepal Police

22/09/2025

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार 👇️
प्रधानमन्त्री: सुशीला कार्की
मन्त्रीहरू :
1. रामेश्वर प्रसाद खनाल
अर्थ मन्त्रालय
2. कुलमान घिसिङ
ऊर्जा, जलस्रोत र सिंचाइ मन्त्रालय
3.ओमप्रकाश अर्याल
गृह मन्त्रालय
4. महाबीर पुन
शिक्षा, विज्ञान र प्रविधि मन्त्रालय
5. मदन प्रसाद परियार
कृषी मन्त्रालय
6. जगदीश खरेल
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
7. सङ्गिता कौशल मिश्र
स्वास्थ्य मन्त्रालय
8. अनिल कुमार सिन्हा
कानून, न्याय तथा संसदीय मामिला; उद्योग, वाणिज्य र आपूर्ति; जग्गा सुधार/सहकारी गरीबी निवारण मन्त्रालयहरू

24/07/2025

‘म जन्मिएको छु, किनकि पापले धर्ती थिचेको छ।’ – महादेव
📿 यो आवाज तपाईँको आत्मासम्म पुग्न सक्छ।
🎥 भिडियो हेर्नुहोस् 👇 "

Send a message to learn more

गत असार ३२ गते साँझको अबिरल बर्षातको समयमा जिल्ला लमजुङ बेसीशहर न.पा.०८ सेराचोक स्थित कारागार कार्यालय, लमजुङको पश्चिमतर...
19/07/2025

गत असार ३२ गते साँझको अबिरल बर्षातको समयमा जिल्ला लमजुङ बेसीशहर न.पा.०८ सेराचोक स्थित कारागार कार्यालय, लमजुङको पश्चिमतर्फको पर्खाल (कैदीवन्दी मुख्य प्रवेशद्वार नजिक) क्षति भएको थियो । थप सम्भावित भौतिक तथा मानवीय जोखिम र तत्काल पुननिर्माण गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै कैदीवन्दीहरु स्थानान्तरण गर्ने कारागार व्यवस्थापन विभागको निर्णय बमोजिम उक्त कारागारमा रहेका पुरुष १०२ र महिला ६ जना गरी जम्मा १०८ जना थुनुवा तथा कैदीहरुलाई आज मिति २०८२।०४।०३ गते नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा सहित कारागार कार्यालय, दमौलि तनहुँमा ३०जना (महिला ६ सहित) र कारागार कार्यालय, पोखरा कास्कीमा ७८ जना स्थानान्तरण गरिएको छ ।

सूचना श्रोत : जिल्ला प्रहरी कार्यालय लमजुङ

बेसीसहर-८, गौथलीडाँडा स्थित यो बहादुर गुरुङको घरको धुरीमा राज गोमन सर्प (King Cobra) भटिएको छ। त्यसपछि डिभिजन वन कार्याल...
23/06/2025

बेसीसहर-८, गौथलीडाँडा स्थित यो बहादुर गुरुङको घरको धुरीमा राज गोमन सर्प (King Cobra) भटिएको छ। त्यसपछि डिभिजन वन कार्यालयका कर्मचारीको सहयोगमा जीवितै उद्दार गरि प्राकृतिक वासस्थानमा छोडिएको छ । राज गोमन तराइमा पाइने र सर्पहरु मध्ये अति विषालु प्रजातिमा पर्दछ ।
fans Facebook Nepal Telecom

"मरेका मान्छे जिउँदो देखाउने नगरपालिकाको कथा !"Rainas Municipality-राइनास नगरपालिकामा मृत्यु भइसकेका २९ जनाको नाममा १ ला...
16/06/2025

"मरेका मान्छे जिउँदो देखाउने नगरपालिकाको कथा !"

Rainas Municipality-राइनास नगरपालिकामा मृत्यु भइसकेका २९ जनाको नाममा १ लाख ४६ हजारभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण भएको तथ्यले हाम्रो सिस्टमको सडेलो अनुहार देखाइदिएको छ। जसको प्राण गइसकेको छ, त्यसको नाममा राज्यकोषबाट पैसा बगिरहन्छ भने, हामी कुन नियमन र उत्तरदायित्वको शासनमा बाँचिरहेका छौं ? यो केवल लापरवाही होइन, यो मृतकप्रति पनि अपमान हो । मृत्युले पनि अब यस देशमा शान्ति पाउँदैन, किनभने कागजमा उनीहरू अझै ‘भत्ता पाउने नागरिक’ छन् । जब जिम्मेवार निकायहरू आँखा चिम्लन्छन्, तब मृतक पनि जीवित हुने प्रमाणपत्रमा परिणत हुन्छन्।

जनप्रतिनिधि कुर्सीमा छन्, तर जनताको जीवन–मृत्युको तथ्य चासोको विषय बनेको छैन । कर्मचारी तलब खान ब्यस्त छन्, तर तथ्यांक अद्यावधिक गर्न कहिल्यै फुर्सद छैन । यस्ता गल्तीहरू अब सामान्य मान्न सकिने छैन । मरेका नाममा पैसा वितरण हुनु भनेको भ्रष्टाचारको ढोका नखुलोस् भन्न खोज्दा भित्रैबाट खोलिएको ढोका हो ।

हाम्रो सिस्टम यति असंवेदनशील बन्दै गएको छ कि, मृतकको आत्माले पनि सायद भन्छ होला - "हे मानव! मेरो नामबाट त कमाउन बन्द गर !"

अब प्रश्न उठाउनु पर्छ—के यो केवल लापरवाही हो, कि नियोजित खेल ? मृत्युलाई पनि सरकारी ढाँचामा फसाउने प्रयास अब स्वीकार्य छैन ।

👉 "मरेका मान्छेको नाममा पैसा बाँड्ने होइन, बाँकी रहेका जीवित मान्छेको पीडा बुझ्ने राज्य बनाऔं !"

#जनचेतना #राइनासकाण्ड #सामाजिक_भत्ता #नेपालकोवास्तविकता

14/06/2025

सुन्दरबजारमा आज राति ११:५५ बजे एउटा घरमा आगलागी भएको छ । अन्यत्र आगो फैलन नदिन डोजरको प्रयोग भएको छ।

video : police office Lamjung

26/05/2025

संघीयता ठिक छैन - राप्रपा नेता मानकाजि

माइक्रोबस र स्कुटर ठोक्किदा दुई जनाको मुत्यु:काठमाडौबाट लमजुङको बेसीशहर आउदै गरेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस र बेसीश...
20/04/2025

माइक्रोबस र स्कुटर ठोक्किदा दुई जनाको मुत्यु:
काठमाडौबाट लमजुङको बेसीशहर आउदै गरेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस र बेसीशहरबाट जादै गरेको ग २६ प ४०५८ नम्बरको स्कुटर तनहुँको नेपालडाँडा नजिकै दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । स्कुटरमा सवार एक महिलाको घटना स्थलमै मुत्य भएको छ भने माइक्रोबसमा सबार एक पुरुषको सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

शिक्षित पेशा अँगाल्नेहरु शिक्षक मात्रै हुन् । हरेक संस्थालाई गरेको जरिवाना शिक्षकलाई मात्रै छुट ? बालेनको पोष्टबाट हरेक ...
02/04/2025

शिक्षित पेशा अँगाल्नेहरु शिक्षक मात्रै हुन् । हरेक संस्थालाई गरेको जरिवाना शिक्षकलाई मात्रै छुट ? बालेनको पोष्टबाट हरेक जनप्रतिनिधिहरुले शिक्षा लिन आवश्यक छ ।

Address

Pokhara
33700

Telephone

+9779846098859

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Khabar:

Share