Routine of Lekhnath

Routine of Lekhnath Routine of Lekhnath मा सबैलाई स्वागत छ ।

26/08/2026

बाढीले वेत्रावती बजार हिलाम्मे, स्थानीय भन्छन्-केही बाँकी रहेन ।

26/08/2026

रसुवाको धुन्चे जाने बाटोमा बाढीले ठूलो क्षति गरेको छ भने पानी बहाव एकदम उच्च रहेको छ।

22/08/2026

पाल्पामा १० वर्षीया बालिकामाथि ज'बरज'स्ती कर'णी गरेको अभियोगमा १६ वर्षीय किशोर प'क्राउ परेका छन्। 💔🥲🥲

21/08/2026

पोखरा । प्रहरीले पोखराको सेदी नदीको भिरबाट एक युवकको उद्धार गरेको छ ।
सेती नदीको भिरमा अड्किएका युवकको जिल्ला प्रहरी कार्यालय कास्की र सिआरभी पृथ्वीचोकबाट खटिएको प्रहरी टोलीले सकुसल उद्धार गरेको हो ।
प्रहरीका अनुसार उद्धार गरिएका युवक बुटवल उपमहानगरपालिका ९ घर भई पोखराको पृथ्बीचोकमा बस्दै आएका २८ वर्षीय अनिल परियार रहेका छन् ।
उद्दार गरी उपचारको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा पठाइएकोमा हाल उपचार पश्चात परियार बोल्न सक्ने अबस्थामा रहेको प्रहरीले जनाएको छ ।
रामघाट शान्तीबन स्थित सेतीनदीको भिरबाट ३० मिटर तल खसेर अड्कीएको अवस्थामा उनि फेला परेका थिए।

चाहिँदैन ठूलो र चिल्लो सडकछोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार !! 🙏 💔
21/08/2026

चाहिँदैन ठूलो र चिल्लो सडक
छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार !! 🙏 💔

पोखरा । विजयपुर खोलाले बगाएर बेपत्ता भएका १५ वर्षीय ओमन राईको शव बुधबार फेला परेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ...
19/08/2026

पोखरा । विजयपुर खोलाले बगाएर बेपत्ता भएका १५ वर्षीय ओमन राईको शव बुधबार फेला परेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुल्चोकस्थित सेती नदी किनारमा उनको शव भेटिएको हो । खोटाङ स्थायी घर भई पोखरा–१४ चाउथे बस्ने ओमनको शव उनकी आमाले पहिचान गरेकी छन् । शवलाई पोस्टमार्टमका लागि पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा राखिएको छ ।

गत साउन ३० गते दिउँसो बजे पोखरा–१४ स्थित विजयपुर खोला तर्ने क्रममा दुई बालकलाई खोलाले बगाएको थियो । ओमनसँगै बेपत्ता भएका स्याङ्जाका १४ वर्षीय निक्सन गुरुङको शव भने यसअघि भदौ २ गते नै फेला परिसकेको थियो । निक्सनको शव घटनास्थलबाट करिब १.५ किलोमिटर तल गोरखा भिलेज पछाडि अड्किएको अवस्थामा भेटिएको थियो ।

बालकहरु बेपत्ता भएदेखि नै सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोली खोजीमा खटिएको थियो । सशस्त्र प्रहरी बलको नम्बर २४ गणबाट सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको कमाण्डमा गोताखोर र रोप रेस्क्यु टोली परिचालन गरिएको थियो । ‘नदीको गहिरो खोँच र पानीको बहावका कारण खोजी चुनौतीपूर्ण थियो,’ उद्धारमा खटिएका एक सुरक्षाकर्मीले भने ।

14/08/2026

कास्की र पर्वतकाे सिमा भएर बग्ने माेदी खाेलामा साउन २८ गते राति भीषण बाढी । नयाँपुल- घान्द्रुक सडक खण्ड बिरेठाँटी नजिक पूरै बगायाे। घरहरू जाेखिममा।
कास्की अन्नपुर्ण गा.पा. ८ बिरेठाटी स्थित नयाँपुल बिरेठाटी घान्द्रुक सडक खण्ड मोदी खोलाको बहाब बढेर बाढी आई खोलाले बाटो कटान गर्दा उक्त सडक खण्ड अबरुद्ध भएकाे प्रहरीकाे भनाइ ।

10/08/2026

जब पहाडबाट खसेको ढुंगा बसमा बजारियो
बाजुराको जगन्नाथ गाउँपालिका ५ भुकाह खोलामा पहाडबाट खसेको ढुंगाले मध्यपश्चिम यातायातको बसमा क्षति

06/08/2026

म्याग्दीमा रहेको कालिगण्डकीको पानि बर्दौ क्रममा ।

02/08/2026

Breaking: NOC has increased the price of Petrol by Nrs. 3 per litre & Diesel by Nrs. 5 per litre.🥲☺️

Address

Pokhara
33800

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Lekhnath posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share