18/09/2025
प्रदर्शनकारीहरूले जेन्जी आन्दोलनमा एमाले नेता विष्णुप्रसाद पौडेल भनी कुटिएका व्यक्ति कुनै नेता नभएर आन्दोलनको क्रममा घाइते भएका मानिसहरूको निशुल्क उपचार गरिरहेका अस्पतालका संचालक रहेको पाइएको छ। उनी घाइतेलाई अर्को अस्पताल पुर्याएर फर्कने क्रममा कसैले अर्थमन्त्री विष्णु पौडेल भाग्यो भन्दै हल्ला फैलाएपछि निर्घात पिटाईको सिकार बनेका थिए। "शीघ्र स्वास्थ्य लाभको कामना"। 🙏