samacharbiz

samacharbiz News site

नेपाली लोक तथा तीज गीतको क्षेत्रमा सक्रिय गायिका रिना केसीले यस वर्षको हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘बारीक...
12/08/2026

नेपाली लोक तथा तीज गीतको क्षेत्रमा सक्रिय गायिका रिना केसीले यस वर्षको हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक गरेकी छन्। आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा नेपाली मौलिकता, तीजको सांस्कृतिक भावना तथा मायाप्रेमका भावलाई समेटिएको छ।

गीतमा युस्कल छिनालको लय, निसा सुनारको शब्द तथा रिना केसीकै स्वर रहेको छ। गीतको भिडियोमा रीना गुरुङको अभिनय देख्न सकिन्छ भने कथा तथा निर्देशन समीर रम्दामले गरेका छन्।

तीजको सांस्कृतिक पक्षलाई जीवन्त ढंगले प्रस्तुत गरिएको यस गीतमा मायाप्रेमका भावनालाई लोकशैलीमा अभिव्यक्त गरिएको छ। ‘बारीको अरीमैले’ ले दर्शक–श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको गायिका केसीले बताएकी छन्।

गीत सार्वजनिक गर्दै उनले दर्शक–श्रोतालाई गीत हेर्न, सुन्न तथा मन परे लाइक, कमेन्ट र सेयरमार्फत माया र हौसला प्रदान गर्न आग्रह गरेकी छन्।

गायिका केसीका अनुसार ‘बारीको अरीमैले’ केवल एउटा तीज गीत मात्र नभई नेपाली लोकसंस्कृति, मौलिकता र तीजको मिठास बोकेको सांगीतिक सिर्जना हो।

स्व. गोपालमान श्रेष्ठको निधनमा शिक्षकहरुले गरे कपाल मुण्डन ।शिक्षकहरुका पिता भनेर चिनिने पुर्व उपप्रधानमन्त्री तथा शिक्ष...
30/07/2026

स्व. गोपालमान श्रेष्ठको निधनमा शिक्षकहरुले गरे कपाल मुण्डन ।

शिक्षकहरुका पिता भनेर चिनिने पुर्व उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठको निधनले देशभरका शिक्षकहरु शोकमग्न भएका छन ।

अस्थायी शिक्षक अान्दोलनमा गोपालमान श्रेष्ठले शिक्षा ऐन संशोधन गरि करिब १४००० अस्थायी शिक्षकलाई स्थायी र करिब १३००० अस्थायी शिक्षक जो परिक्षामा सहभागी नभएका र भएर पनि असफल भएका शिक्षकहरुलाइ गोल्डेनह्याण्डसेकको व्यवस्था गरेका कारण उनी शिक्षकहरुका प्रिय भएका थिए ।तत्कालीन अस्थायी शिक्षक अान्दोलनका केन्द्रीय उपाध्यक्ष ,शिक्षक हकहित मञ्चका केन्द्रीय अध्यक्ष एवम् राष्ट्रिय आधारभूत विद्यालय ठिमुराका प्रधानाध्यापक ज्योति नारायण ढकाल , तत्कालीन अस्थायी शिक्षक अान्दोलनमा तीन पटक सम्म आमरण अनशन बस्ने शिक्षक हकहित मञ्चका केन्द्रीय सदस्य किसुन यादव सहित देशभरका कैयौं शिक्षकहरुले श्रेष्ठको शोकमा कपाल मुण्डन गरेका थिए ।

भारतमा प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गर्दा राहुल गान्धीसहित विपक्षी नेता पक्राउ । तस्बिरहरु: एएफपी
21/07/2026

भारतमा प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गर्दा राहुल गान्धीसहित विपक्षी नेता पक्राउ । तस्बिरहरु: एएफपी

14/07/2026
13/07/2026

welcome to all students.

बेगनासताल वरपर महिला समूहद्वारा ७ वटा डस्टबिन स्थापनापोखरा महानगरपालिका–३१ स्थित बेगनासताल क्षेत्रलाई स्वच्छ र सफा राख्न...
13/07/2026

बेगनासताल वरपर महिला समूहद्वारा ७ वटा डस्टबिन स्थापना

पोखरा महानगरपालिका–३१ स्थित बेगनासताल क्षेत्रलाई स्वच्छ र सफा राख्ने उद्देश्यले स्थानीय महिला समूह( बेगनासताल महिला समूह)ले ताल वरपर ७ वटा डस्टबिन स्थापना गरेको छ।

पर्यटक तथा स्थानीयवासीबाट जथाभावी फोहोर फाल्ने प्रवृत्तिलाई न्यूनीकरण गर्दै वातावरण संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यले उक्त डस्टबिन राखिएको महिला समूहले जनाएको छ। समूहका अनुसार सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्ने र बेगनासतालको प्राकृतिक सौन्दर्य जोगाउने अभियानअन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको हो।

महिला समूहले डस्टबिनको नियमित व्यवस्थापन तथा सरसफाइमा स्थानीय समुदाय, व्यवसायी र पर्यटकहरूको समेत सहयोग आवश्यक रहेको बताएको छ। साथै, सबैलाई फोहोर तोकिएको स्थानमै फालेर बेगनासताललाई सफा, स्वच्छ र आकर्षक राख्न आग्रह गरिएको छ।

स्थानीयवासीले महिला समूहको यस पहलको प्रशंसा गर्दै यस्ता वातावरणमैत्री अभियानलाई निरन्तरता दिनुपर्ने बताएका छन्

11/07/2026

दाङको पद्मोदय पब्लिक नमुना मा.वि. को विद्यालय ब्यवस्थापन समितिको चुनावलाई लिएर एकजना जनप्रतिनिधिले घोराही उपमहानगरपालिकाका शिक्षा महाशाखाका कर्मचारीमाथि कालो मोसो खनाएको भिडियो सार्वजनिक भएको छ ।

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतमको उम्मेद्वारीको घोषणा ।
10/07/2026

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतमको उम्मेद्वारीको घोषणा ।

Address

Pokhara
Pokhara

Alerts

Be the first to know and let us send you an email when samacharbiz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share