Online Baglung /अनलाईन बाग्लुङ

  • Home
  • Online Baglung /अनलाईन बाग्लुङ

Online Baglung /अनलाईन बाग्लुङ हरपल ताजा समाचार, नयाँ भिडियो, सुन्दर फोटो र समुधुर गित संगीत पाउनको लागी यो पेज Like गर्नुहोला |

20/10/2025
15/10/2025
12/10/2025
07/10/2025
रेश हिडेका स्वास्थ्यमन्त्री पाठक बीच बाटोबाटै किन फर्किए ?२०८२ आश्विन १८, शनिबारबागलुङ । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्र...
04/10/2025

रेश हिडेका स्वास्थ्यमन्त्री पाठक बीच बाटोबाटै किन फर्किए ?

२०८२ आश्विन १८, शनिबार
बागलुङ । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री तथा नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य कृष्ण पाठकलाई एमालेको गढका रुपमा रहेको काठेखोला गाउँपालिका वडा नं. ७, रेश प्रवेशमा अवरोध सिर्जना भएको छ । दशैको पूर्वसन्ध्यामा कार्यकर्ताको पारिवारीक निमन्त्रणामा रेश हिडेका स्वास्थ्यमन्त्री पाठक सहितको टोली बिच बाटोबाटै फर्किएको हो ।

स्वास्थ्यमन्त्री पाठक एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य नवराज पौडेल, प्रदेश कमिटी सदस्य लाल बहादुर थापा लगायतको टिमसँग असोज १४ गते मंगलबार बागलुङ बजारबाट रेश हिडेका थिए । रेशमा एक जना कार्यकर्ताको घरमा पारिवारीक निमन्त्रणा छ, पुजाको निम्तो मानेर आउने भन्दै मन्त्रीज्यू र अन्य नेताहरु रेश तर्फ गएका हुन, स्रोतले भन्यो,–‘बजारबाट रेश हिडेको टोली आधा घण्टामा फर्केर बागलुङ बजारको एउटा होटलमा देखियो ।’

पुजामा साथीहरुसहित हिडेका मन्त्री पाठकलाई बानपा–३ भोर्लाको रुख नेर पुग्दै गर्दा कसैको फोन आएको र मन्त्री पाठकले गाडी रोकेर केही समय एक्लै फोनमा कुरा गरेपछि चालकलाई गाडी फर्काउन लगाएर सिधै होटल पुगेको स्रोतको दावी छ । मन्त्री पाठकलाई रेशबाटै फोन गरी रेशमा आउन खतरा रहेको जानकारी आएको हुनसक्ने बताइएको छ । स्वास्थ्यमन्त्री पाठकले प्रदेश सरकारबाट विनियोजन गर्ने बजेटमा रेशका युवाहरुलाई वेवास्ता गरेको आरोप एमालेका कार्यकर्ताहरुले लगाउदै आएका छन् ।

हामीले पटक पटक बजेट विनियोजन गर्ने समयमा युवाहरुको भावनाको प्रतिनिधित्व गर्न अनुरोध गरेका थियौ, एमालेका एक युवा नेता तथा अगुवा खेलाडी डिल बहादुर कार्कीले भने, ‘हाम्रो अनुरोधलाई वेवास्ता गरेपछि गाउँमा नआउन सचेत गराएका हौ ।’

मन्त्री पाठकलाई मात्र होइन, युवाको भावना नबुझ्ने सबै नेतालाई हामीले खबरदारी गरेका छौ, कार्कीको भनाइ छ । स्वास्थ्यमन्त्री पाठकले युवाहरुका लागि खेलकूद, विद्यालय, खानेपानी लगायतमा भन्दा अन्यत्र बजेट विनियोजन गरेको विषयमा युवाहरु आक्रोशित नै थिए, युवाहरुकै टिमले मन्त्री पाठकलाई रेश आए प्रतिवाद गर्ने चेतावनी दिएपछि मन्त्रीको टोली फर्केको हुन सक्ने स्रोतको भनाइ छ ।

युवाहरुले विवाद निकाल्ने अवस्था देखिएपछि मन्त्री पाठकले गाडी फर्काएको रेशका एक युवाले बताए । हामीले उहाँलाई रेशमा नआउन भनेका छौ, युवाहरुको भावना नबुझ्ने नेता गाउँमा आउनुको कुनै अर्थ नभएको ति युवाले बताए । मन्त्री सहित एमालेका नेताहरु रेशमा आउने बारेमा कुनै जानकारी नभएको एमाले रेशका अध्यक्ष रामचन्द्र गौतमले बताए ।

नेताहरु आउछन्, जान्छन्, पार्टीसंग खासै सम्पर्क हुदैन, व्यक्तिगत होस् वा संस्थागत काममा किन नहोस् गाउँमा आउदा पार्टीसंग सम्पर्क गरेर आउदा राम्रो हुने गौतमले बताए । २०४६ सालको परिवर्तन पछि नै रेश एमालेको गढका रुपमा रहेको छ । २०४८ सालको संसदीय निर्वाचनमा साढे ९ सय मत एमालेले ल्याउदा कांग्रेसले ५ सय मत ल्याएको थियो ।

त्यस यता कांग्रेसको ५ सयकै वरिपरी मात्र मत आएको छ तर एमालेले २१ सय सम्म मत पाएको छ । २०५१ को मध्यावधी निर्वाचन, २०५६ को संसदीय निर्वाचन, २०६४ र २०७० को संविधानसभा निर्वाचन होस् वा २०७४ र २०७९ को निर्वाचन होस् रेशबाट एमालेले नै अत्यधिक मत पाउदै आएको छ । नेपाली कांग्रेस सहित विपक्षीहरुले ५ सय मत ल्याउदा एमालेले २ हजार भन्दा बढी मत ल्याएको छ ।

२०४९ र २०५४ को स्थानीय तह निर्वाचनमा साविकका ९ वटा वडा मध्ये ८ वटा वडा र गाविस अध्यक्ष र उपाध्यक्ष धेरै मतको अन्तरले जितेको एमालेले २०७४ र २०७९ को स्थानीय निर्वाचनमा अत्यधिक मत प्राप्त गरी वडामा विजयी भएको थियो । २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट वडा अध्यक्षका उमेदवारले ६०० मत ल्याउदा एक्लो एमालेका उमेदवारले १७९७ मत ल्याएका थिए ।

रेशलाई एमालेको गढका रुपमा विकास गर्नका लागि विगतदेखि नै युवाहरुको नै ठुलो योगदान छ, खेलकूद, विभिन्न रचनात्मक र सिर्जनात्मक क्रियाकलाप लगायत समुदायमा सकारात्मक सन्देश प्रवाहका लागि युवाहरुले निरन्तर योगदान गर्दै आएका छन् ।

२०४६ को परिवर्तन पछि त्यतिबेलाका युवा नेता हरि बहादुर कार्कीको अगुवाईमा युवाहरुले नै रेशलाई एमालेको गढका रुपमा विकास गरेका थिए । त्यस यता युवाहरुकै सक्रियता र पाका नेताहरुको समन्वयमा रेश एमालेको गढका रुपमा रहदै आएको छ, तर माथिल्लो तहका नेताहरुले बजेट विनियोजन गर्ने क्रममा युवाहरुलाई वेवास्ता गरेको भन्दै एमालेका युवाहरु पछिल्लो समय अत्यन्तै आक्रोशित बनेका छन् ।

युवाहरुले बजेट विनियोजनमा विभेद गरिएको भन्दै वडाका नेताहरुलाई दवाव दिएपछि वडा अध्यक्ष तथा एमाले बागलुङका सचिवालय सदस्य प्रेम लामिछानेको अगुवाईमा वडाका जनप्र्रतिनिधि र एमालेका अगुवा नेताहरु गत भदौ १५ गते प्रदेश राजधानी पोखरा पुगेका थिए ।

कृष्ण पाठकको र रेशको विकास र बजेट विनियोजनका बारेमा छलफल गर्न भदौ १५ गते आइतवार पोखरा पुगेको टोली ।

एमाले गण्डकीको संसदीय दलको कार्यालयमा एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री खगराज अधिकारी समेतको उपस्थितिमा स्वास्थ्यमन्त्री पाठक, प्रमुख सचेतक गोविन्द बहादुर नेपाली, एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसी लगायतका नेताहरुसंग रेशको विकास निर्माण र बजेटका सन्दर्भमा भएको छलफलका क्रममा वडा अध्यक्ष लामिछाने र स्वास्थ्यमन्त्री पाठकबीच चर्काचर्की भएको छलफलका एक सहभागीले बताए ।

स्वास्थ्यमन्त्रीले बजेट विनियोजनमा मनपरी गरेको भन्दै वडा अध्यक्ष लामिछाने विरोध जनाएपछि विवाद भएको ति सहभागीको भनाइ छ ।

-आदर्श सञ्चार✅

Address


Telephone

+9779810103614

Website

Alerts

Be the first to know and let us send you an email when Online Baglung /अनलाईन बाग्लुङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share