27/03/2025
हार्दिक निमन्त्रणा
नेपाल भ्रमण वर्ष २०२५ तथा नेपाली नयाँ वर्ष २०८२ को अवसरमा श्री मानव सेवा फाउण्डेसन, नेपाल लगायतका संस्थाहरूद्वारा श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ – २०८२ आयोजना गरिँदैछ।
मिति
- सम्पूर्ण कार्यक्रम: २०८१ चैत्र १७ गते – २०८२ जेठ २६ गते
- कोटिहोम कार्यक्रम: २०८२ बैशाख १७ गते – जेठ २६ गते
स्थान: पोखरा-१७, बिरौटा, कास्की
राष्ट्र शान्ति, विश्व कल्याण, धार्मिक पर्यटन प्रवर्धन, तथा असहाय बालबालिका र ज्येष्ठ नागरिकहरूको संरक्षणार्थ यो ऐतिहासिक महायज्ञमा तपाईंको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।