19/12/2025
यदि कसैले पोर्तुगलमा यौन फोटो देखाएर ब्ल्याकमेल गरेमा के हुन्छ?
आपराधिक सजाय (Citizens र Immigrants दुवैका लागि समान)
कानुन सबैका लागि बराबर लागू हुन्छ।यदि कसैले सहमतिमा लिइएका निजी/यौन फोटो वा भिडियो बिना अनुमति देखायो, सार्वजनिक गर्यो वा त्यसको धम्की दिँदै ब्ल्याकमेल गर्यो भने उसमाथि ५ वर्षसम्म कैद र ठूलो जरिवाना साथै ब्ल्याकमेल (Extortion) को छुट्टै अभियोग लाग्ने कानुन छ ।
यदि इमिग्रेन्ट यस्तो काममा सग्लन्न भएको खण्डमा पनि सजाय कम हुँदैन। इमिग्रेशन स्टाटसमा थप असर (Immigrants का लागि अतिरिक्त जोखिम) यदि दोषी ठहर भयो भने:
Temporary Residence Permit भएको भए
Residence permit रद्द हुन सक्छ
-Renewal अस्वीकृत हुन सक्छ
Permanent Residence भए पनिगम्भीर अपराध (जस्तै /- ब्ल्याकमेल, यौन गोपनीयता उल्लङ्घन) मा
- देश निकाला (Deportation) को प्रक्रिया सुरु हुन सक्छ
Undocumented (illegal) status मा भए तुरुन्त
detention + deportation
- भविष्यमा Schengen क्षेत्र प्रवेश प्रतिबन्ध
पीडित इमिग्रेन्ट भए के हुन्छ?
यदि पीडित इमिग्रेन्ट हो भने इमिग्रेशन स्टाटसको डरले उजुरी नगर्नुपर्ने अवस्था छैन यस्तो केसमा पोर्तुगलले पीडितको संरक्षण गर्छ Police मा उजुरी गर्दा Residence permit मा नकारात्मक असर पर्दैन कानुन पीडितको पक्षमा हुन्छ, अपराधीको होइन।