Mardiseti.com

  • Home
  • Mardiseti.com

Mardiseti.com सत्य तथ्य ,निष्पक्ष र विश्वसनीय सूचना तथा समाचारका लागि mardiseti.com
(1)

हेम्जामा तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु२०८३ श्रावण २६, मंगलवारपोखरा : पोखरामा मोटरसाइकल दुर्घ...
11/08/2026

हेम्जामा तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८३ श्रावण २६, मंगलवार
पोखरा : पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् ।

पोखरा महानगरपालिका–२५ हेम्जा म्याग्दीचोकस्थित पोखरा–बागलुङ सडकखण्डमा घट्टेखोलाबाट पोखरातर्फ जाँदै गरेको ग १४ प २५१७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक म्याग्दीको धौलागिरी गाउँपालिका–२ लुलाङका १८ वर्षीय दिनेश बिक घाइते भएका छन्, भने पछाडि सवार १६ वर्षीय अनिल बिकको मृत्यु भएको छ ।

घटनास्थलमा दुवै जना घाइते भएका थिए । त्यसपछि दुवै जनालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको थियो । अस्पतालमा अनिललाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उनको टाउकामा गम्भीर चोट लागेको थियो ।

घाइते रहेका मोटरसाइकल चालक दिनेशको बायाँ खुट्टा, बायाँ आँखा र मुखमा चोट लागेको प्रहरीले जनाएको छ । उनी हल्का बोल्न सक्ने अवस्थामा रहेका र स्वास्थ्य अवस्था मध्यम रहेको भनिएको छ ।

बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृतीकाठमाडौं । भूमि व...
11/08/2026

बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृती

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ स्थानीय तहमा भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ। मन्त्रालयले तनहुँको व्यास नगरपालिका, बैतडीको पञ्चेश्वर गाउँपालिका, सिन्धुलिको फिक्कल गाउँपालिका र बाजुराको बडिमालिका नगरपालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको हो।

भूमि बैंकमार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ। जग्गाधनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा जग्गा उपयोगमा दिइने र त्यसबापत जग्गाधनीले तोकिएको प्रतिफल प्राप्त गर्ने व्यवस्था हुनेछ।

मन्त्रालयका अनुसार भूमि बैंकले जग्गा आवश्यक भएका भूमिहीन तथा सुकुम्बासी परिवार, साना किसान, दलित, सीमान्तकृत तथा आर्थिक रूपमा विपन्न परिवारलाई प्राथमिकता दिँदै जग्गा उपलब्ध गराउन सहजीकरण गर्नेछ ।

उपलब्ध जग्गामा भूउपयोग वर्गीकरणअनुसार अन्न, तरकारी, नगदेबाली, फलफूल खेती तथा माछा र पशुपन्छीपालनजस्ता कृषि गतिविधि सञ्चालन गर्न प्रोत्साहन गरिनेछ। साथै स्थानीय तहबाट उपलब्ध हुने बीउ, मल, प्राविधिक सहयोग तथा अन्य सहुलियतलाई समेत भूमि बैंकमार्फत लक्षित वर्गसँग जोडिनेछ।

बाँझो जमिनलाई उत्पादनसँग जोड्दै भूमिको अधिकतम उपयोग, कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, स्थानीय रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढ गर्ने उद्देश्यले भूमि बैंक स्थापना गर्न लागिएको मन्त्रालयले जनाएको छ।

11/08/2026

पोखरा -२५ हेम्जा मिलनचोक क्षेत्रमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधन माथि कारबाही तीव्र
पोखरा। पोखरा–२५ हेम्जा मिलनचोक क्षेत्रमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधन तथा चालकलाई ट्राफिक प्रहरी र नेपाल प्रहरी हेम्जा मिलनचोकले निगरानी तथा कारबाही गरिरहेको छ।
सडकमा सवारी चलाउँदा नियमको पालना नगरे जुनसुकै बेला कारबाहीमा पर्न सकिने भएकाले सबै सवारी चालकलाई सचेत र जिम्मेवार भएर सवारी चलाउन आग्रह गरिएको छ। सवारी चलाउँदा नियम पालना गरौँ, आफू पनि सुरक्षित बनौँ र अरूलाई पनि सुरक्षित राखौँ।ट्राफिक नियमको पालना गरौँ। सुरक्षित यात्रा गरौँ।

तिब्रेकोट सामुदायिक वनलाई गणेशमानसिंह राष्ट्रिय पुरस्कारपोखरा । पोखरा महानगरपालिका–२५, कास्कीमा रहेको श्री तिब्रेकोट साम...
11/08/2026

तिब्रेकोट सामुदायिक वनलाई गणेशमानसिंह राष्ट्रिय पुरस्कार
पोखरा । पोखरा महानगरपालिका–२५, कास्कीमा रहेको श्री तिब्रेकोट सामुदायिक वन उपभोक्ता समूहले सामुदायिक वनतर्फको प्रतिष्ठित गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार–२०८३ मा तेस्रो स्थान हासिल गरेको छ।
नेपाल सरकार, कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन तथा भू–संरक्षण विभाग, बबरमहल काठमाडौंले समूहलाई उक्त पुरस्कार प्रदान गरेको हो।
पुरस्कार प्रमाणपत्रमा सामुदायिक वनको संरक्षण, दिगो व्यवस्थापन, स्थानीय समुदायको जीविकोपार्जन तथा समृद्धिमा पुर्‍याएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै आर्थिक वर्ष २०८२/०८३ को गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारअन्तर्गत तेस्रो स्थान प्रदान गरिएको उल्लेख छ।
उक्त उपलब्धिसँगै तिब्रेकोट सामुदायिक वनले नगद रु. ३० हजार पुरस्कारसमेत प्राप्त गरेको छ।
सामुदायिक वन व्यवस्थापनमा उत्कृष्ट अभ्यासको संरक्षण तथा प्रवर्द्धनमा प्रेरणा मिलोस् भन्ने शुभकामनासहित वन तथा भू–संरक्षण विभागका महानिर्देशक धिरेंद्र कुमार प्रधान, मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्र तथा कृषि, वन तथा वातावरणमन्त्री मा. गीता चौधरीको हस्ताक्षर रहेको प्रमाणपत्र समूहलाई प्रदान गरिएको छ।
तिब्रेकोट सामुदायिक वनको यो राष्ट्रिय सम्मानले पोखरा–२५ हेम्जा क्षेत्रको सामुदायिक वन संरक्षण र स्थानीय सहभागिताको पहिचानलाई समेत थप उचाइ दिएको छ।

जानकी ग्यासको मिति 2083/04/26 मा गैडाकोट क्षेत्रमा हुने वितरण यस प्रकार रहेको छ । #ग्यास  #गैडाकोट  #जानकीग्यांस
11/08/2026

जानकी ग्यासको मिति 2083/04/26 मा गैडाकोट क्षेत्रमा हुने वितरण यस प्रकार रहेको छ ।
#ग्यास #गैडाकोट #जानकीग्यांस

शक्ति ग्याँसको मिति २०८३ साउन २६ मा पर्वत जिल्लामा हुने वितरण यस प्रकार रहेको छ ।
11/08/2026

शक्ति ग्याँसको मिति २०८३ साउन २६ मा पर्वत जिल्लामा हुने वितरण यस प्रकार रहेको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–४, लाहाचोकस्थित ज्ञानज्योति इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीलाई कक्षाकोठाभन्दा बाहिर ल...
11/08/2026

कास्कीको माछापुच्छ्रे गाउँपालिका–४, लाहाचोकस्थित ज्ञानज्योति इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीलाई कक्षाकोठाभन्दा बाहिर लगेर व्यवहारिक ज्ञान र जीवनोपयोगी सीप सिकाउने अभ्यास ।

कास्की। ‘विद्यालय भनेको किताब पढ्ने ठाउँ मात्र हो’ भन्ने आम बुझाइलाई चुनौती दिँदै कास्कीको माछापुच्छ्रे गाउँपा...

किताबभन्दा बाहिरको पाठशाला : ज्ञानज्योतिका विद्यार्थी हाइकिङदेखि पौडीसम्म https://mardiseti.com/archives/16001
11/08/2026

किताबभन्दा बाहिरको पाठशाला : ज्ञानज्योतिका विद्यार्थी हाइकिङदेखि पौडीसम्म https://mardiseti.com/archives/16001

हेम्जा मिलनचोकमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीमाथि धमाधम कारबाहीपोखरा–२५, हेम्जा । पोखरा -२५ हेम्जा मिलनचोक क्षेत्रम...
10/08/2026

हेम्जा मिलनचोकमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीमाथि धमाधम कारबाही
पोखरा–२५, हेम्जा । पोखरा -२५ हेम्जा मिलनचोक क्षेत्रमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि प्रहरी तथा ट्राफिक बिट हेम्जाले कडाइ थालेको छ। नियम उल्लङ्घन गर्ने सवारी चालकलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कारबाही तथा ट्राफिक सचेतना गराउन थालिएको हो।
सवारी चालकले हेल्मेटको प्रयोग, सवारी कागजात, पार्किङ, गति तथा अन्य ट्राफिक नियमको अनिवार्य पालना गर्नुपर्नेमा प्रहरीले जोड दिएको छ। नेपाल ट्राफिक प्रहरीले पनि ट्राफिक नियम पालना र सुरक्षित यात्राका लागि चालकलाई नियमित सचेत गराउँदै आएको छ।

आज गृहलक्ष्मी ग्यासका २८५१ सिलिण्डर बिक्री वितरण यस प्रकार रहेका छ । लमजुङः भन्सार, फुलबारी, भोटेवडार, बेशीसहर जम्मा ३००...
10/08/2026

आज गृहलक्ष्मी ग्यासका २८५१ सिलिण्डर बिक्री वितरण यस प्रकार रहेका छ ।

लमजुङः भन्सार, फुलबारी, भोटेवडार, बेशीसहर जम्मा ३०० वटा
तनहुँः दुलेगौँडा, खैरेनीटार, भिमाद जम्मा ८५९ वटा

पोखराः बिजयपुर, तालचोक, बुढीबजार, अर्घौँचोक, शिशुवा, ढुङ्गेपाटन लगायतका क्षेत्रः १६९२ वटा

Address


977

Alerts

Be the first to know and let us send you an email when Mardiseti.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mardiseti.com:

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share