02/09/2024
9 महिना आमाले "पेटमा" बोकिन
बा ले जिन्दगी भर "जिम्मेवारी काधमा"बोके
आमाले "रगत" बगाइन
बा ले खाडिमा "पसिना" बगाए
आमाले आफ्नो "गरगहना" बेचिन
बा ले आफ्ना रहरहरु "बन्धकी" राखे।
आमाले बा को लागी "माइतीघर" छोडिन
बा ले परिवारको सुखको निम्ती "आफ्नो घर" छोडे
आमाको महानताको बयान गर्न लिखिए ठुलाठुला महाकाब्यहरु तर....बा अटेनन "कबिताको एक हरफमा"पनि ।।।।।।।।।
तर बा केहि भन्दैनन
गुनासो गर्दैनन
किनकि बा लाइ थाहा छ
"सिङ्गो रुखको भार थामेर बसेको जरालाइ"
दुनियाँले आफुलाइ कहिल्यै देखेन भनेर गुनासो गर्दैनन बा।।
कुशे औशी अर्थात बुवाको मुख हेर्ने दिनको शुभकामना