26/05/2026
गजल
कस्ले भन्छ लौ त नेपाली,पन छैन म संग
हो तिमीहरूको झै घटिया,मन छैन म संग
त्यसैले त तिमी जस्ताको बिरोध गरेको हुँ
धर्म मासिए बस्नेभोलि,आगन छैन म सग
तिम्रो गलत निर्णयले भोलि पछुताउने छौ
नलगाउ आरोप भनी धड्कन छैन म संग
बोल्छु सोचेरै बोल्छु तितो लागेनि लागोस
सुन्दा मिठो लाग्ने झुठो,,वचन छैन म संग
कसैलाई मननपरे जान सकिन्छ बकाइदा
जानेलाइ पर्खिबस भन्ने चलन छैन म संग