Himalaya Daily

Himalaya Daily मल्लाज मिडिया प्रालीद्धारा संचालित www.himalayadainik.com काे आधिकारिक पेज
सम्पर्क- ९८५६०८८८०६
Gmail- [email protected]
(8)

रसुवाको भोटेकोशीमा आएको बाढीमा परी १२ दिनदेखि बेप'त्ता रहेका प्रहरी जवान श्रीमान्‌को कुनै खबर नआएपछि कपिलवस्तुकी २१ वर्ष...
06/09/2026

रसुवाको भोटेकोशीमा आएको बाढीमा परी १२ दिनदेखि बेप'त्ता रहेका प्रहरी जवान श्रीमान्‌को कुनै खबर नआएपछि कपिलवस्तुकी २१ वर्षीया प्रियंका गडरियाले दे*हत्याग प्रयास गरेकी छन्। महाराजगन्ज नगरपालिका–४ बरइपुरका २३ वर्षीय प्रहरी जवान आशिष गडरिया गत भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि स म्पर्कविहीन छन्।

श्रीमान्‌को अवस्था अज्ञात रहेपछि पीडा सहन नसकी आइतबार बिहान प्रियंकाले यस्तो प्रयास गरेकी हुन्। घरपरिवार र स्थानीयले तत्काल उद्धार गरेपछि उनको ज्यान जोगिएको छ। हाल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत उनको अवस्था स्थिर रहेको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताएका छन्।

गत वैशाखमा मात्रै विवाह बन्धनमा बाँधिएका आशिष ८ महिनाअघि रसुवाको मैलुङमा खटिएका थिए। घरका एक्ला छोरा बेपत्ता भएपछि उनका बुबाआमा र परिवार गहिरो शोकमा छन्। भोटेकोशी बाढीपछि आशिषसहित कपिलवस्तुका ६ जना अझै सम्पर्कविहीन रहेका छन् र उनीहरूको खोजी कार्य जारी छ।

प्राकृतिक विपत्तिमा परेर आफन्त र जायजेथा गुमाएका पी डित नागरिकहरूमाथि सामाजिक सञ्जालमा अभद्र तथा अ श्लील टिप्पणी गर्नेहर...
06/09/2026

प्राकृतिक विपत्तिमा परेर आफन्त र जायजेथा गुमाएका पी डित नागरिकहरूमाथि सामाजिक सञ्जालमा अभद्र तथा अ श्लील टिप्पणी गर्नेहरूविरुद्ध सरकार निर्मम रूपमा प्रस्तुत हुने भएको छ।

प्रधानमन्त्रीले शनिबार देशवासीका नाममा सन्देश जारी गर्दै सङ्कटको यस घडीमा पी डामा रहेका मानिसहरूलाई हियाउने र थप पीडा दिन खोज्नेहरूलाई 'अपराधी'को संज्ञा दिँदै उनीहरूमाथि कठोर कानुनी कारबाही हुने चेतावनी दिएका छन्।

रसुवाको टिमुरेमा गत भदौ १० को बाढीपछि बेपत्ता भएका श्रीमान्‌को खोजीका लागि काखमा सानो बच्चा च्यापेर बिलौना गरिरहेकी एक महिलाको भिडियो भाइरल भएपछि यो विषय सतहमा आएको हो। ती महिलाले सरकार र जनप्रतिनिधिको भूमिकामाथि प्रश्न उठाएपछि केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनीमाथि 'अभिनय गरेको' आरोप लगाउँदै चरित्रह त्या र अ श्लील टिप्पणी गरेका थिए।

पीडित महिलामाथि भएको यस अभद्र व्यवहारको चौतर्फी आलोचना भइरहेको छ। रास्वपा सांसद रञ्जु दर्शनाले पनि सर्वस्व गुमाएकी महिलाको पीडामाथि खिसिट्युरी गर्नु निन्दनीय भएको भन्दै आपत्ति जनाएकी छिन्। प्रधानमन्त्रीले आफ्नो सन्देशमा बाढीपीडितको आक्रोशलाई सरकारले संयमतापूर्वक सुन्नुपर्ने र पी डितको घाउमा नुन छर्कने प्रवृत्तिको अन्त्यका लागि सरकार कठोर हुने स्पष्ट पारेका छन्।

भोटेकोशी नदीमा आएको विनाशकारी बा ढीपछि लेदो र भग्नावशेषमा पुरिएकी ९७ वर्षीया गुणमाया बोहरालाई चार घण्टाको कठिन प्रयासपछि...
06/09/2026

भोटेकोशी नदीमा आएको विनाशकारी बा ढीपछि लेदो र भग्नावशेषमा पुरिएकी ९७ वर्षीया गुणमाया बोहरालाई चार घण्टाको कठिन प्रयासपछि जीवितै उद्धार गरिएको छ।

नेपाल–तिब्बत सीमा नजिकैको ल्हेन्दे उपत्यकामा खसेको पहिरोपछि आएको भेलबाढीले देवीघाटस्थित ज्येष्ठ नागरिक प्रतिष्ठानको वृद्धाश्रममा रहेकी बोहरालाई पुरेको थियो। नेपाली सेना र नेपाल प्रहरीको टोलीले एक्स्काभेटरको सहयोगमा भग्नावशेष पन्छाएर उनको जीवितै उद्धार गरेको हो।

बोहराको विगत निकै सङ्घर्षपूर्ण छ। आठ वर्षको उमेरमा विवाह भएकी उनले विवाहको आठ वर्षमै श्रीमान् होमप्रसाद बोहरालाई गुमाइन्। २० वर्षको उमेर नपुग्दै आमाबुबा र दाजुको समेत निधन भएपछि उनका रगतका नातेदार कोही बाँकी रहेनन्। त्यसपछि श्रीमान्‌कै परिवारलाई आफ्नो मानेर उनले २५ जना भतिज तथा भतिजीहरूलाई हुर्काउन मद्दत गरिन्। ८३ वर्षको उमेरमा आफन्तलाई भेट्न सहज होस् भनेर उनी वृद्धाश्रम बस्न थालेकी थिइन्।

हाल काठमाडौँस्थित वीर अस्पतालको शय्या नम्बर २९० मा उपचाररत उनको हेरचाह तिनै २५ नाति–नातिनाले पालो मिलाएर गरिरहेका छन्। चिकित्सकहरूका अनुसार बाढीको घटनाका कारण उनी गम्भीर मानसिक आघात (ट्रमा) बाट गुज्रिरहेकी छन्। उनलाई सान्त्वना दिन परिवारले गोसाइँकुण्ड फुटेर बाढी आएको सम्झाउने गरे पनि उनी बारम्बार एउटै प्रश्न सोध्ने गर्छिन्, "पानीले मलाई किन हान्यो?"

‘११ दिनपछि उद्धार गर्दा आमाको शरीरमा लुगासम्म थिएन, आफ्नो सल ओढाउन पाउँदा मन भरियो’ : कलाकार पुजन घिमिरेकाठमाडौँ — रसुवा...
06/09/2026

‘११ दिनपछि उद्धार गर्दा आमाको शरीरमा लुगासम्म थिएन, आफ्नो सल ओढाउन पाउँदा मन भरियो’ : कलाकार पुजन घिमिरे

काठमाडौँ — रसुवाको बेत्रावतीस्थित बा ढी-पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिएकी कलाकार पुजन घिमिरेले ११ दिनपछि उद्धार गरिएकी एक वृद्धालाई आफ्नो सल ओढाएर सहयोग गरेकी छन्।

"उद्धार गर्दा आमाको शरीरमा लुगासम्म थिएन, त्यतिबेला आफूले ओढेको सल दिन पाउँदा मनभित्रैदेखि खुसी लाग्यो," घिमिरेले भनिन्। विपत्तिको सही समयमा पुगेर सानै भए पनि सहयोग गर्न पाएकोमा उनले गर्व व्यक्त गरेकी छन्। अहिले प्रभावित क्षेत्रमा घिमिरेजस्तै थुप्रै स्वयंसेवकहरू निरन्तर खटिरहेका छन्।

चिलिमे सुरुङमा ६ जना फसेको खबरपछि रास्वपा सांसद न्यौपाने रसुवातर्फ.... सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स...
06/09/2026

चिलिमे सुरुङमा ६ जना फसेको खबरपछि रास्वपा सांसद न्यौपाने रसुवातर्फ....

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा सुरुङविज्ञ इन्जिनियर श्रीराम न्यौपाने पुनः उद्धार अभियानका लागि रसुवातर्फ प्रस्थान गरेका छन्। रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ६ जना फसेको सूचना प्राप्त भएपछि उनी त्यता लागेका हुन्।

यसअघि माथिल्लो त्रिशूली–३ए आयोजनाको सुरुङमा उद्धार कार्यमा खटिएका न्यौपाने र सांसद सागर ढकाल पार्टीको आन्तरिक निर्देशनपछि काठमाडौँ फर्किएका थिए। उद्धारमा अवरोध पुग्ने गरी सुरुङमा नबस्न पार्टीले भनेको खबर सार्वजनिक भएपछि न्यौपानेले राजीनामासम्मको चेतावनी दिएका थिए। तर आजै रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले दुवै सांसदलाई लक्षित गरेर त्यस्तो कुनै निर्णय नभएको स्पष्ट पारेपछि न्यौपानेलाई उद्धारमा फर्कने बाटो खुलेको हो।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै सांसद न्यौपानेले चिलिमेको सुरुङमा फसेकाहरूको उद्धारका लागि आफ्नो ज्ञान र अनुभवको उपयोग गर्ने बताएका छन्। उनले क्षेत्रगत अवस्था बुझ्न, आवश्यक प्राविधिक सुझाव दिन र परेको खण्डमा प्रत्यक्ष रूपमा उद्धार मैदानमै खटिने उद्देश्यले आफू रसुवा जाँदै गरेको उल्लेख गरेका छन्।

५९ वर्षअघि राजा महेन्द्र उभिएको राष्ट्रसंघको मञ्चमा उभिँदै बालेन, विश्वसामु उठाउनेछन् जलवायु न्यायको आवाजकाठमाडौँ — प्रध...
05/09/2026

५९ वर्षअघि राजा महेन्द्र उभिएको राष्ट्रसंघको मञ्चमा उभिँदै बालेन, विश्वसामु उठाउनेछन् जलवायु न्यायको आवाज

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई आगामी सेप्टेम्बर २४ मा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री बनेपछिको यो उनको पहिलो विदेश भ्रमण हो।

नेपालको कूटनीतिक इतिहासमा यो सम्बोधनलाई विशेष चासोका साथ हेरिएको छ। सन् १९६७ मा तत्कालीन राजा महेन्द्रले संयुक्त राष्ट्रसंघको महासभामा उभिएर साना राष्ट्रहरूको सुरक्षा र शान्तिबारे नेपालको स्पष्ट धारणा राखेका थिए। त्यसको ५९ वर्षपछि सोही ऐतिहासिक मञ्चमा उभिएर वर्तमान प्रधानमन्त्री बालेनले नेपालको नयाँ पुस्ताको नेतृत्वका रूपमा विश्व समुदायसामु देशको आवाज प्रस्तुत गर्नेछन्।

हालै भोटेकोशी र हिमाली क्षेत्रमा निम्तिएको विनाशकारी बाढी-पहिरोको क्षतिपछि हुन लागेको यो भ्रमणलाई अर्थपूर्ण मानिएको छ। नगण्य कार्बन उत्सर्जन गरेर पनि जलवायु परिवर्तनको ठूलो मूल्य चुकाउन बाध्य नेपालका लागि यो सम्बोधन क्षतिपूर्ति, अन्तर्राष्ट्रिय सहयोग र जलवायु न्यायका लागि विश्वको ध्यान तान्ने बलियो अवसर बन्नेछ।

माथिल्लो त्रिशूली–३ए उद्धारका ओझेल परेका नायक: ज्यान जोखिममा राखेर खटिएका अपरेटर सुजन श्रेष्ठभोटेकोशी विपद्पछि माथिल्लो ...
05/09/2026

माथिल्लो त्रिशूली–३ए उद्धारका ओझेल परेका नायक: ज्यान जोखिममा राखेर खटिएका अपरेटर सुजन श्रेष्ठ

भोटेकोशी विपद्पछि माथिल्लो त्रिशूली–३ए (UT3A) जलविद्युत् आयोजनास्थलमा चलेको कठिन उद्धार अभियानमा सुरक्षाकर्मी र उद्धार टोलीसँगै पर्दापछाडि रहेर महत्त्वपूर्ण योगदान दिने ग्राउन्ड लेभलका कर्मचारीहरूको चर्चा सुरु भएको छ। तीमध्ये ओखलढुङ्गाका एक्स्काभेटर अपरेटर सुजन श्रेष्ठको साहस र योगदान अहिले प्रशंसाको विषय बनेको छ।

अत्यन्तै जोखिमपूर्ण भूगोल र प्रतिकूल मौसमका कारण अन्य अपरेटरहरूले काम गर्न असम्भव जनाइरहँदा सुजन भने पछि हटेनन्। आफ्नै ज्यानको बाजी लगाएर एक्स्काभेटरलाई आयोजनास्थलसम्म पुर्‍याएका उनले दिनरात नभनी सावधानीका साथ उद्धार कार्यलाई अगाडि बढाएका थिए।

उद्धार अभियानमा खटिएका केही सुरक्षाकर्मीले पदोन्नति पाइसकेको र नेपाल विद्युत् प्राधिकरणले पनि आफ्ना कर्मचारीलाई सम्मान गर्ने चर्चा चलिरहँदा मैदानमा पसिना बगाउने सुजनजस्ता 'अदृश्य नायक'हरूको मूल्याङ्कन हुनुपर्ने माग उठेको छ। उ

अकल्पनीय क्षतिमा पनि आ*क्रामक सरकार -  बाढीले पुल बगाएको १० दिनमै नुतादी खोलामा 'एक्रो ब्रिज' नुवाकोट — भदौ १० गतेको भीष...
05/09/2026

अकल्पनीय क्षतिमा पनि आ*क्रामक सरकार - बाढीले पुल बगाएको १० दिनमै नुतादी खोलामा 'एक्रो ब्रिज'

नुवाकोट — भदौ १० गतेको भीषण बाढीले पक्की पुल बगाएपछि प्रभावित बनेको नुवाकोटको विदुरस्थित देवीघाटमा तत्काल वैकल्पिक यातायात सञ्चालन गर्न ६० मिटर लामो ‘एक्रो ब्रिज’ जडानको काम सुरु भएको छ।

बाढी गएको करिब १० दिनभित्रै द्रुत गतिमा सुरु गरिएको यो निर्माण कार्यलाई स्थानीयवासीले ठूलो राहतका रूपमा लिएका छन्। बाढीले बगाएको पुरानो पुलकै अबुटमेन्ट (पिलर) मा नयाँ एक्रो ब्रिज जडान भइरहेकाले निर्माण कार्य तीव्र रूपमा अघि बढेको हो।

पुल बगाएसँगै ठप्प बनेको स्थानीय आवागमन र सडक सम्पर्क अब पुल जडान सम्पन्न भएसँगै पुनः सहज हुने अपेक्षा गरिएको छ। प्रभावित क्षेत्रका बासिन्दा तथा सो सडक खण्ड प्रयोग गर्ने यात्रुहरूका लागि यो द्रुत प्रयासले आवतजावतमा ठूलो सहजता ल्याउनेछ।

ठमेलमा युवतीमाथि दुर्व्यवहार गर्ने युवक प क्राउकाठमाडौँ — पर्यटकीय क्षेत्र ठमेलको सडकमा हिँडिरहेकी एक युवतीमाथि दु र्व्य...
05/09/2026

ठमेलमा युवतीमाथि दुर्व्यवहार गर्ने युवक प क्राउ

काठमाडौँ — पर्यटकीय क्षेत्र ठमेलको सडकमा हिँडिरहेकी एक युवतीमाथि दु र्व्यवहार गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले एक पुरुषलाई पक्राउ गरेको छ। प क्राउ परेका आरोपीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि शनिबार जिल्ला प्रहरी परिसर, काठमाडौँमा बुझाइएको छ।

केही दिनअघि ठमेलमा बाटो काट्ने बहानामा अपरिचित पुरुषले आफूमाथि दुर्व्य वहार गरेको भन्दै पीडित युवतीले 'मुन्स वर्ल्ड' (Moon's World) नामक इन्स्टाग्राम ह्यान्डलबाट भिडिओ र होटल थ्याङ्कीको सीसीटिभी फुटेज सार्वजनिक गरेकी थिइन्।

सार्वजनिक फुटेजमा ती पुरुषले नियतवश संवे दनशील अङ्गमा छोएपछि युवतीले प्रतिवाद गर्दा उल्टै 'नछोएको' र युवती नै 'इन्ट्रेस्टेड' रहेको भन्दै दोषारोपण गरेको दृश्य देखिन्छ। बदला लिन सक्ने मनोवैज्ञानिक त्रा सका कारण सुरुमा प्रहरीमा जान नसकेको बताएकी युवतीको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले सक्रियता देखाउँदै आरोपीलाई नियन्त्रणमा लिएको हो।

05/09/2026

प्रेमविवाहको दुई महिनामै १८ वर्षीया सुमेदी.....

Address

Pokhara, Kaski
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Himalaya Daily posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share