Himchuli F.M 92.2

Himchuli F.M 92.2 पोखरा कै पहिलो सामुदायिक रेडियो ........हिमचुली एफ.एम ९२.२ मेगाहर्ज

26/02/2025

फागुन १५ र १६ गतेको मौसम कस्तो होला ?
National Disaster Risk Reduction & Management Authority
Nepal Weather Forecast

24/02/2025

कतै तपाईले पनि सिलिण्डर ग्यास घोप्ट्याएर बाल्ने गर्नु भएको त छैन ? यस्तो बानी तुरुन्तै त्यागीहाल्नुस्...


#आगलागी National Disaster Risk Reduction & Management Authority

Nepali literature festival 2081
08/02/2025

Nepali literature festival 2081

05/02/2025

पाठेघरको मुखको क्यान्सरबाट बच्न सबैभन्दा प्रभावकारी उपाय भनेको यस विरुद्धको एच.पि.भी. खोप लगाउनु हो । - स्वास्थ्य सेवा विभागका महानिर्देशक डा विकास देवकोटा
HEOC #2081

27/12/2024

07/11/2022
समाजलाई पुर्नताजकी गर्न मौलिकतामा आधारित नेपाली पर्वहरूको भूमिका महत्त्वपूर्ण छ : प्रमुख आचार्यपोखरा, १४ असोज ।पोखरा महा...
30/09/2022

समाजलाई पुर्नताजकी गर्न मौलिकतामा आधारित नेपाली पर्वहरूको भूमिका महत्त्वपूर्ण छ : प्रमुख आचार्य

पोखरा, १४ असोज ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समाजलाई पुर्नताजकी गर्नका लागि विभिन्न प्रकारका मौलिकतामा आधारित सामाजिक परम्परा र मान्यताहरू स्थापित भएका बताउनुभएको छ । नेपालीहरूको महान् पर्व विजया दशमी, शुभदिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा महानगरद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै प्रमुख आचार्यले सभ्यताले समृद्ध नेपाली समाजलाई थप ऊर्जावान् बनाउन यस्ता प्रकारका पर्वले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

मौलिक तथा राष्ट्रिय पर्वहरूको सन्दर्भमा नेपालका पुर्खाहरूले संसार मै सामाजिक उत्कृष्टताको आधारमा वैज्ञानिक मान्यताको सुरुवात गरेको उहाँले बताउनुभयो । “नेपालीहरू सभ्यताका हिसाबले अत्यन्त समृद्ध इतिहास बोकेका नागरिकहरू हौँ, उहाँले भन्नुभयो, समाजलाई सभ्य र भव्य हिसाबले अगाडी बढाउनका लागि हाम्रा पुर्खाहरूले विभिन्न खालका प्रोग्रामहरू डिजाइन गरेका छन्, जब आफूमा भएको शक्ति कमजोर हुँदै जान्छ, तब त्यसलाई रिचार्ज गर्नका लागि यस्ता प्रकार मौलिक मान्यताहरूको परिकल्पना गरिएको पाइन्छ ।” समाजलाई पुर्नताजकी गर्ने उद्देश्यका साथ स्थापित यी मान्यताहरू सामाजिक सचेतताका हिसाबले वैज्ञानिक भएको प्रमुख आचार्यले बताउनुभयो ।

बिम्बका हिसाबले पनि असत्य माथि सत्यको विजय हुने मान्यता बोकेका नेपाली पर्वहरूले नेपाली समाजलाई थप उत्साह र ऊर्जा प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । “समाज आजकल सचेत भएको छ, हामी सचेत नागरिक पनि हौँ, प्रमुख आचार्यले भन्नुभयो, कुनै इस्युमा छलफल गर्दा फरक मत भए पनि समग्रमा देश तथा महानगर बनाउने विषयमा एकाकार हुन यस्ता प्रकारका पर्वहरूले विशेष महत्त्व राख्दछन् ।” सामाजिक सचेतनाका कारण थुपै विभाजनहरूबाट समाज जोगिएर अगाडी बढेको र मुलुकको समृद्धिका लागि सदैव समर्पित हुने गरेको उहाँले बताउनुभयो ।

चाडबाडका बेलामा पर्ने कुनै पनि प्रकारको अप्ठ्याराहरूको समाधानका लागि ११८१ नं.को हटलाइन मार्फत नगरवासीहरूको सेवामा महानगरका हरेक संयन्त्रहरू परिचालन गरिने उहाँले विश्वास दिलाउनुभयो । पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन आएका खेलाडीहरूलाई न्यानो आतिथ्य प्रदान गर्न पनि उहाँले आग्रह गर्नुभयो । आगामी २५ गते मेगा फेवाताल सरसफाइ कार्यक्रम गरिने उहाँले जानकारी गराउनुभयो । फेवातालका ३३ वटा विभिन्न पोइन्टहरुबाट वडा अध्यक्षहरूको नेतृत्वमा वृहद सरसफाइ अभियान गरेर पहिलो पटक फेवातालको उद्धार गर्न लागिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका भौतिक भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का, कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापा र अर्थ मन्त्री, रामजी प्रसाद बराल (जीवन) लगायत जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुख र जिल्ला स्थित कार्यालयका प्रमुखहरूको विशेष उपस्थिति रहेको थियो ।

20/09/2022
20/09/2022

Address

Pokhara

Alerts

Be the first to know and let us send you an email when Himchuli F.M 92.2 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Himchuli F.M 92.2:

Share

Category