United Riders Pokhara

United Riders Pokhara Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from United Riders Pokhara, Digital creator, Pokhara.

युनाइटेड राइडर्स पोखरा भनेको हामी सबै राइडरहरू एकजुट भएर अघि बढ्ने साझा परिवार हो।
“एकता, सहयोग र सम्मान” भन्ने मूल नाराका साथ स्थापना गरिएको यो संस्था प्रत्येक राइडरको हक, हित र आत्मसम्मानका लागि निर्माण गरिएको हो।
हामीले एकअर्कालाई साथ र सहयोग गर्दै,

12/06/2026

पोखराका राइडर खुसी | सजिलो राइड सेयरिङ कम्पनीलाई धेरै धेरै धन्यवाद

12/06/2026

विशेष घोषणा: सजिलो राइड सेयरिङको सहयोगप्रति पोखराका राइडरहरूको आभार

12/06/2026

राइडरको सम्मानमा सजिलो राइड सेयरिङ | पोखराबाट धन्यवाद सन्देश

12/06/2026

पोखराका राइडरका लागि सजिलो राइड सेयरिङको विशेष उपहार | धन्यवाद कार्यक्रम

12/06/2026

सूचना तथा धन्यवाद
सजिलो राइड सेयरिङ कम्पनीलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ। कम्पनीले पोखरामा रहेका राइडर साथीहरूलाई सम्मानस्वरूप गिफ्ट ह्याम्पर वितरण गरेकोमा हामी अत्यन्तै आभारी छौँ।
प्राप्त सूचीमा रहेका १८ जना राइडरमध्ये केही साथीहरू गिफ्ट लिन उपस्थित हुनुभयो भने केही साथीहरू सम्पर्कमा आउनुभएन। उपस्थित नभएका साथीहरूको हिस्सा कम्पनीसँगको समन्वय र सहमतिअनुसार अन्य राइडर साथीहरूलाई वितरण गरिसकिएको छ। बाँकी रहेका साथीहरू समयमै सम्पर्कमा नआएमा उक्त गिफ्ट ह्याम्पर पनि कम्पनीसँगको सल्लाहअनुसार अन्य योग्य राइडर साथीहरूलाई वितरण गरिने जानकारी गराउन चाहन्छौँ।
पोखराका राइडरहरूलाई सम्मान र प्रोत्साहन प्रदान गरेकोमा सजिलो राइड सेयरिङ कम्पनी तथा सम्पूर्ण सजिलो टिमप्रति पुनः हार्दिक आभार व्यक्त गर्दछौँ। आगामी दिनहरूमा पनि कम्पनीले अझ बढी उन्नति, प्रगति र सफलता हासिल गरोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ।
धन्यवाद।
चोक बहादुर राना
अध्यक्ष, युनाइटेड राइडर्स पोखरा 🙏🏻

✍️🏍️सूचना, सूचना, सूचनासम्पूर्ण पोखरा राइडर साथीहरूमा हार्दिक जानकारी गराउन चाहन्छौँ।हामीले विगतदेखि नै विभिन्न राइड सेय...
08/06/2026

✍️🏍️सूचना, सूचना, सूचना
सम्पूर्ण पोखरा राइडर साथीहरूमा हार्दिक जानकारी गराउन चाहन्छौँ।
हामीले विगतदेखि नै विभिन्न राइड सेयरिङ प्लेटफर्महरूसँग प्रतिस्पर्धा गर्दै आइरहेका छौँ। तर राइडरहरूको हक, हित र समस्याहरू अझै पनि पर्याप्त रूपमा सम्बोधन हुन नसकेको अवस्था देखिएकाले त्यसलाई उजागर गर्दै राइडरमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले युनाइटेड राइडर्स पोखरा ले सवारी राइड सेयरिङ कम्पनीसँग सहकार्य गरी नयाँ अभियान सुरु गर्न लागेको जानकारी गराउन चाहन्छौँ।
हाल विभिन्न समूहहरूमा “ललिपप देखाउने कम्पनी मात्र आउँछन्” भन्ने किसिमका टिप्पणीहरू देखिएकाले हामी स्पष्ट गर्न चाहन्छौँ कि यो अभियान राइडरहरूको वास्तविक आवश्यकता र सुझावलाई केन्द्रमा राखेर अगाडि बढाइएको हो।
यस प्लेटफर्मको प्रमुख विशेषता भनेको राइडरले कम्पनीलाई शून्य प्रतिशत (०%) कमिसन तिर्नुपर्ने व्यवस्था हो। साथै, स्थानीय सरकार तथा सम्बन्धित निकायका नियम–कानुनअनुसार आवश्यक प्रक्रिया पूरा गर्दै अगाडि बढिनेछ।
प्रारम्भिक चरणमा सवारी राइड सेयरिङ सेवा पोखरामा मात्र सञ्चालन गरिनेछ। भविष्यमा आवश्यकताअनुसार विस्तारको विषयमा छलफल गरिनेछ।
राइडरहरूको पहिचान र एकताको लागि टी–सर्ट छपाइको कार्य पनि अगाडि बढाइएको छ। साथै, यात्रु तथा राइडर दुवै लक्षित प्रचार–प्रसार अभियान सुरु भइसकेको छ।
राइडर साथीहरूको भावना, मर्का र सुझावलाई मध्यनजर गर्दै युनाइटेड राइडर्स पोखराले सवारी राइड सेयरिङसँग समन्वय गरी यो प्लेटफर्म लन्च गर्न लागेको हो। भविष्यमा पनि राइडरहरूको सुझाव र आवश्यकताअनुसार कम्पनीसँग छलफल गरी थप सुधार र विकासका कार्यहरू अघि बढाइनेछन्।
तसर्थ, सम्पूर्ण राइडर साथीहरूलाई यस अभियानमा साथ, सहयोग र सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौँ।
धन्यवाद।
युनाइटेड राइडर्स पोखरा
सुरक्षित यात्रा, सुरक्षित भविष्य।


08/06/2026

I got over 50 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

05/06/2026

सम्पूर्ण युनाइटेड राइडर्स परिवारलाई जानकारी।
हिजाेराती अस्पताल चोकमा दुर्घटनामा परेका जीवन गुरुङज्यूको स्कुटर पूर्ण रूपमा क्षति भएको थियो। दुर्घटना गराउने पक्षले स्कुटर मर्मत तथा दुर्घटनासँग सम्बन्धित सम्पूर्ण खर्च बेहोर्ने सहमति जनाएको छ। आज दुवै पक्षबीच आपसी समझदारीमा सम्झौता सम्पन्न भएको जानकारी गराउन चाहन्छु।
साथीहरू, पछिल्लो समय दुर्घटनाका घटनाहरू बढिरहेका छन्। त्यसैले सबैजना सचेत रहनुहोस्, ट्राफिक नियमको पालना गर्नुहोस् र सेफ राइड, सेफ लाइफ को सन्देशलाई आत्मसात् गर्दै सुरक्षित रूपमा सवारी चलाउनुहोस्।

05/06/2026

❗️सूचना
❗️हिजो राति करिब साढे १० बजे युनाइटेड राइडर्स परिवारका सदस्य जीवन गुरुङज्यूको स्कुटरलाई मापसे (मादक पदार्थ सेवन) गरेर आएको गाडीले ठक्कर दिएको छ। उक्त दुर्घटनामा उहाँ र उहाँका पेसेन्जरलाई सामान्य चोटपटक लागेको छ। अस्पतालमा स्क्यान गर्दा रिपोर्ट सामान्य देखिएको छ। तर उहाँको स्कुटर भने पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
हाल सवारी साधनलाई रामबजार प्रहरी चौकीमा ल्याइएको छ। हजुरहरू नजिकै हुनुहुन्छ भने अाज ११:३० बजेदेखि १२ बजेसम्म रामबजार चौकीमा उपस्थित भई आवश्यक सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं।
धन्यवाद।
युनाइटेड राइडर्स परिवार

12/06/2025

Celebrating my 1st year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

Address

Pokhara

Alerts

Be the first to know and let us send you an email when United Riders Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share