The Peak Times

The Peak Times Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from The Peak Times, Media/News Company, Pokhara-8, Newroad, Pokhara.

11/07/2026

माजिदको पक्राउबारे वक्तव्य सार्वजनिक गर्दै जेनजी फ्रन्टले माजिदले सुकुमवासीमाथिको राज्यको दमनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन हालेकाले प्रतिशोध साँधिएको दाबी गरेको छ ।

11/07/2026

होल्डिङ सेन्टरका सुकुमबासी भन्छन्– अब नदीमा हाम फाल्नुको विकल्प छैन ।

11/07/2026

संसद्‌मा बालेनले भनेका थिए- सुकुम्बासीलाई डुबानबाट जोगाउन ‘होल्डिङ सेन्टर’ मा सार्‍याैं

10/07/2026

Rest in Peace...
Ganesh Nepali 💔

10/07/2026

गणेशको उपचारमा संलग्न चिकित्सक भन्छन्- दुई पटक सीपीआर गर्‍यौं, बचाउन सकिएन

29/06/2026

त्रिवि, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले एक सचूना जारी गरेर सरकारको निर्णय अनुसनर विद्यार्थी संगठनका संरचना हटाउन भनेको हो ।

28/06/2026

"धक्का खाएका छौं, समाप्त भएका होइनौं। फेरि उठ्नेछौं।"
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताको असन्तुष्टिलाई स्वीकार्दै आफूहरूबाट केही कमजोरी भएको संकेत गरेका छन्। साथै, आलोचना र चुनौतीका बीच पनि आफ्नो राजनीतिक यात्रा समाप्त नभएको र पुनः सशक्त रूपमा अघि बढ्ने दाबी गरेका छन्।
अब प्रश्न जनतामाझ छ—के यो आत्मसमीक्षा मात्र हो, कि नयाँ राजनीतिक सुरुवातको संकेत?
तपाईंको विचार के छ? 👇

22/06/2026

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको समाचारले देशको राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ। यदि आरोप सत्य हो भने कानुन सबैका लागि समान हुनुपर्छ, र यदि होइन भने निष्पक्ष छानबिनमार्फत सत्य बाहिर आउनुपर्छ।
जनताले चाहेको कुरा स्पष्ट छ— भ्रष्टाचार, अनियमितता र दण्डहीनताको अन्त्य। कुनै पनि व्यक्ति, पद वा शक्ति कानुनभन्दा माथि हुन सक्दैन।

20/06/2026

नेता वर्षमान पुनले नेपाल नयाँ र पुरानो विश्वशक्ति बीचको भू–राजनीतिक तानातानीको केन्द्रमा रहेको बताएका छन् ।
उनले विश्व शक्ति एसियातिर सर्दै गर्दा नेपालले यसबाट अलग रहन राष्ट्रिय दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिए ।
पुनले कम्युनिस्ट पार्टीहरूले जनमत गुमाउनुमा एकता जोगाउन नसक्नु र जनतामा निराशा पैदा हुनु प्रमुख कारण रहेको उल्लेख गर्दै आत्मसमीक्षाको आवश्यकता औँल्याए ।

20/06/2026

उदयपुरमा स्कुल बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ३० जना घाईते:-
जिल्ला उदयपुर उदयपुरगढी गाउँपालिका–०७ जोगीटोलमा स्कुल बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
शनिबार बिहान करिब ०८:५० बजे महोत्तरीबाट सुनसरीतर्फ आउँदै गरेको बा २ ख ६४३८ नम्बरको दीप एजुकेशन बोर्डिङ स्कुलको स्टाफ बोकेको बस अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका महोत्तरी बर्दिबास नगरपालिका बस्ने ५५ वर्षीय विमलेश दत्तको उपचारका क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा ३० जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर, ५ जनाको मध्यम र २३ जनाको अवस्था सामान्य रहेको छ । गम्भीर घाइते रसिला कुमारी चौधरी र सन्देश कुमार चौधरीलाई थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रिफर गरिएको छ।
बस चालक जिल्ला महोत्तरी, गौशाला नगरपालिका–१० निवासी २८ वर्षीय जीवन आले सकुशल रहेका छन् । दुर्घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
Source : Nepal Police

Address

Pokhara-8, Newroad
Pokhara
33400

Alerts

Be the first to know and let us send you an email when The Peak Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share