10/08/2026
साई महिमा कार्यक्रम सम्पन्न
श्री सत्य साईबाबाको महिमाको बारेमा श्री सत्य साई प्रदेश समिती ४ अन्तर्गत पोखरा, कास्की र दुइपिप्ले, तनहुँमा २०८३ श्रावण २३ शनिबार र २४ गते आईतबार क्रमशः एक दिने गोष्ठी सम्पन्न भएको छ । उक्त साई महिमा कार्यक्रम कास्की, बाग्लुङ र स्याङजा जिल्ला अन्तर्गतका साई केन्द्र भजन समूहहरुका करिब २५० जनाको सहभागितमा श्री सत्य साई केन्द्र पोखरा नदिपुरमा भएको थियो भने तनहुँ र लम्जुङ जिल्ला अन्तर्गतका साई केन्द्र तथा भजनसमूहहरुबाट करिब २३२ जनाको सहभागितामा श्री सत्य साई भजन समूह दुइपिप्लेमा सम्पन्न भएको हो । श्री सत्य साई केन्द्रीय परिषद नेपालका सल्लाहकार श्री अमरबहादुर कार्की साईरामले प्रमुख बक्ताका रुपमा श्री सत्य साईबाबाको महिमा, हामी त्यस महिमाको एक अंश भएको र उहाँले दिनुभएको सन्देशको पालनाको महत्वको बारेमा चर्चा गर्नुभएको थियो भने श्री भुपेन्द्रमान श्रेष्ठ, उपाध्यक्ष, सन्देश प्रवाह राष्ट्रिय समन्वय परिषद, श्री बाल चन्द्र गुप्ता, सुपरिवेक्षक,श्री सत्य साई प्रदेश समिती ४, श्री रंगनाथ रेग्मी, अध्यक्ष,श्री सत्य साई प्रदेश समिती ४ लगायतका साईरामहरुले पनी साई महिमा र संगठनको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रमका समापनमा श्री शम्भु कार्की, राष्ट्रिय सेवा बिस्तार उपसंयोजक साईरामले धन्यवाद दिनुभयो । कार्यक्रम सञ्चालन शुष्मिता दुलाल र भुमिका न्याैपानेले गर्नुभएकाे थियाे