
22/06/2025
ॐ श्री साईराम। असार ७ गते श्री सत्य साई प्रदेश समिति ४ले प्रादेशिक बैठक प्रदेश अध्यक्ष रङ्गनाथ रेग्मी साईरामको अध्यक्षतामा सम्पन्न गरेको छ। १४ वटा केन्द्र तथा भजन समूहबाट ६९ जना साईरामहरुको उपस्थिति रहेको उक्त बैठकमा विशेष अतिथीहरु अमर बहादुर कार्की साईराम अध्यक्ष, श्री सत्य साई ग्लोबल काउन्सिल अंचल ४), अम्बीर बन्जारा साईराम (राष्ट्रीय सेवा उपसंयोजक), सार्थक खनाल साईराम (संयोजक, राष्ट्रीय वेद प्रवर्धन समिती) र महेश आचार्य साईराम ( संयोजक, राष्ट्रीय नवयुवा समिती) रहनु भएका थिए।साईराम।