28/10/2025
गायिका नितु पौडेलको मृत्युले नेपाली संगीत क्षेत्रलाई हल्लाएको छ। तर कलाकार र संस्थाहरूको मौनताले आलोचना भड्काएको छ।
बाबुल गिरीको स्टुडियोमा लागेको आगोमा गम्भीर घाइते भएकी नितुको उपचार क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भयो। उनको परिवारले बाबुलविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएको छ, अहिले बाबुल प्रहरी हिरासतमा छन्।
नितु र बाबुलबीच सात वर्षदेखि प्रेम सम्बन्ध थियो। केही महिनादेखि सम्बन्धमा खटपट आएको र बाबुलको परिवारले नितुमाथि तुच्छ टिप्पणी र चरित्र हत्या गरेको प्रमाण बाहिरिएका छन्।
नितुको निधनपछि केही कलाकारले श्रद्धाञ्जली दिएका छन्, तर धेरै चर्चित नाम मौन छन्।
– गायिका समीक्षा अधिकारीले दोषी जो कोही भए पनि कानुनी कारबाही हुनुपर्ने माग गरेकी छन्।
– केहीले फेसबुकमा संवेदना प्रकट गरे, तर ठूला नामहरू चुप छन्।
संगीतसँग सम्बन्धित प्रमुख संस्थाहरू पनि मौन छन्।
– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले सम्पर्क उठाइनन्।
– महासचिव शिव हमालले “भोलि छलफलपछि विज्ञप्ति निकाल्ने” बताएका छन्।
– संगीतकार संघका अध्यक्ष अष्ट लामाले “चितवनमा भएकाले पछि निर्णय गर्ने” भने।
– संगीत उद्योग संघका अध्यक्ष सूर्य एक्चे मगरले “बिरामी भएकाले विज्ञप्ति तयार गर्न नसकेको” बताए।
सांगीतिक जगतका प्रभावशाली पात्रहरू मौन रहँदा नितुको मृत्यु ‘सामूहिक बेवास्ता’ को प्रतीक बन्दै गएको छ।
सामाजिक सञ्जालमा धेरैले प्रश्न उठाएका छन् —
“जब कलाकार पीडामा परे, तब कलाकारकै संसार किन मौन रह्यो?”
#नितु_पौडेल #बाबुल_गिरि #नितु_पौडेल_मृत्यु_प्रकरण #खोज_पाना