Expose by Sujan

Expose by Sujan सत्य तथ्य र निश्पक्ष
भ्रस्टाचार , अनियमितता र बेथितिको विरुद्ध !

पोखरा महानगरपालिकाको ६७औँ स्थापना दिवस समारोहका केहि झलकहरु ।
17/12/2025

पोखरा महानगरपालिकाको ६७औँ स्थापना दिवस समारोहका केहि झलकहरु ।

13/12/2025
12/12/2025

Expose by Sujan लेकसाइडको झिलिमिली शहर र हल्लनचोक बाट फेवातालको जति भाग देखिन्छ त्यति मै रमाइरहेको सम्बन्धित निकाय र गण्डकी प्रदेश सरकारको आखैँ अगाडि लाखौंको भ्रस्टाचार र सार्वजनिक सम्पत्तिको अपचलन भएको छ । जहाँ फेवाताल आफै बोलेर आफू माथिको अतिक्रमण भन्न सक्दैन त्यसैको फाइदा उठाएर सरकारी विद्यालयहरुले नै वर्षेनी ८ लाख भन्दा बढिको टेण्डर खुलाएर खाइरहेका छन । आखिर पोखरा बजार भित्रै , महानगरपालिका कार्यालय नजिकै यति ठूलो भ्रस्टाचार हुँदा महानगर मौन छ भने दुर-दराजका ३३ वटै वडालाई कसरी समेटेर विकास गर्न सक्छ ??
महानगर प्रमुख धनराज आचार्या ज्यू मैले स्थलगत रिपोर्टिङ कै क्रममा फोन सम्पर्क गरेको थिएँ जरुरी मिटिङमा हुनुहुन्छ भन्ने खबर पछि फर्किएँ । हाम्रो पोखराको गौरव देशकै गहना माथी यति ठूलो अन्याय भएको तपाइले देख्नु भएको छैन कि आखै अगाडिको दृश्यमा पनि आँखा बन्द गर्नुभएको छ ? प्रस्तुत विषयमा सम्बन्धित अनेकौं प्रश्न छन म आउने छु ।।

Hello Pokhara , Something Big is Coming Soon...Expose by Sujan गल्ली गल्लीमा भ्रस्टाचारले कब्जा गर्ने प्रवृति देशैभर बढि...
10/12/2025

Hello Pokhara , Something Big is Coming Soon...
Expose by Sujan गल्ली गल्लीमा भ्रस्टाचारले कब्जा गर्ने प्रवृति देशैभर बढिरहेको छ । त्यस्तै पर्यटकीय नगरी पोखरामा प्रतिष्ठित ठाउँमा एउटा यस्तो ठुलो भ्रस्टाचार भएको छ जसको जरासम्म पुगेर हामिले केहि हप्ता लगाएर प्रमाण र स्रोत पत्ता लगाएका छौँ ।

विषय एउटा सार्वजनिक जग्गमा भएको अपचलनको हो जहाँ विभिन्न जिम्मेवार सार्वजनिक संस्थाको मिलेमतोमा सार्वजनिक जग्गाको लागि टेन्डर नै खुलाएर वर्षौ देखि लाखौ असुली गरिरहेका छन् रिपोर्टिङ तयार हुँदै छ हामी १/२ दिनमा नै सार्वजनिक गर्छौं तर अहिलेको लागि केहि प्रश्न ।

सार्वजनिक जग्गामा लाखौंको मोलतोल हुँदा प्रदेश सरकार के हेरेर बसिरहेको छ ?

पोखरा भित्रैको चर्चित ठाउँमा पनि सम्बन्धित निकायको आँखा पुग्दैन कि देखेर पनि नदेखेको झै गर्न कमिसनको खेल छ ?

अलिकति पहुँच हुनेले जे गरे पनि हुने हो ?

कानुनका धारा , दफा र हत्कडी सर्वसाधारणको लागि मात्रै बनेको हो ?

Follow गरेर प्रतीक्षा गर्नुहोस् हामी पोखरा भित्रको ठुलै भ्रस्टाचारको खुलासा गर्दै छौ ! सुजन बिश्वकर्मा

पोखरा २१ दोपहरेको ओरालोमा मोटरसाइकल दुर्घटना ।
08/12/2025

पोखरा २१ दोपहरेको ओरालोमा मोटरसाइकल दुर्घटना ।

सुजन बिश्वकर्मा पोखरा महानगरपालिका वार्ड नम्बर २१ स्थित दोपहरेको ओरालोमा दिउँसो १ बजे दुई मोटरसाइकल एकआपसमा ठो.....

Expose by Sujan यातायात व्यवस्था कार्यालय पोखरामा एउटा डरलाग्दो दृश्य देखिएको छ । सामान्य सेवाग्राही झैँ देखिने व्यक्तिह...
07/12/2025

Expose by Sujan यातायात व्यवस्था कार्यालय पोखरामा एउटा डरलाग्दो दृश्य देखिएको छ । सामान्य सेवाग्राही झैँ देखिने व्यक्तिहरु कार्यालयको कर्मचारी समान भित्रको रातो अभिलेख फाइल हातमा लिएर हिड्छन जुन व्यक्तिहरु कार्यालयका आधिकारिक कर्मचारी नभई लेखापढी गर्ने व्यक्तिहरु हुन । सेवा लिन गएका सेवाग्राहीहरुको काम अनुसार सनाखत वा नामसारी वा जुनसुकै विवरण भर्ने फोटो टाँस्ने लगायत सम्पुर्ण काम बाहिरै गरिदिन्छन् त्यसपछि सेवाग्राहीलाई त्यहीँ बस्न लगाउछन र आफुहरु भित्र गएर सम्बन्धित आधिकारिक कर्मचारीको हस्ताक्षर र कार्यालयको छाप लगाएर फेरि हातमा अभिलेख फाइल लिएर बाहिर आउँछन । यसो गरेबापत सेवाग्राहीसँग कार्यालयमा लाग्ने भन्दा चर्को रकम उनिहरुले लिन्छन् । चाहिने सबै कागजात भएका बिना कुनै झन्झट सरासर हुने काममा पनि उनिहरु सेवाग्राहीसँग ५ सय देखि १५०० सम्मको शुल्क लिन्छन् यस विषयमा यातायात व्यवस्था कार्यालय पोखराका प्रशासन प्रमुख ढाका प्रसाद शर्मासँग कुरा गर्दा त्यहाँ भइरहेको यी सबै गतिविधिहरु स्वीकार गर्दै यसमा केहि न केहि सेवाग्राहीहरुको पनि दोष रहेको उनले बताए ।

प्रशासन प्रमुख ढाका प्रसाद शर्मा भन्छन् कतिपय सेवाग्राहीहरु कै कमजोरी छन कार्यालयसम्म आइसकेपछि केहि समय लाइनमा बस्न अल्छी मानेर विचौलियाहरुलाइ पैसा दिएपछि सजिलै काम बन्ने मानसिकता राखेर चर्को रकम दिई सेवाग्राही बाटै विचौलियाको मनोबल बढाउने काम भएको उनले सुनाए ।

एकातिर भदौ २३ र २४ को आन्दोलन पछि ठप्प भएको सेवालाई विभिन्न संस्था , समाजसेवी र व्यक्तिहरुसँग सहयोग लिएर जसोतसो सन्चालनमा ल्याइएको छ अर्कोतिर विचौलियाहरुको यस्ता हर्कतले गर्दा सेवाग्राहीहरु मारमा परेको उनले स्वीकार गरेका छन भने जतिसक्दो छिटो प्रदेश सरकार वा कुनै निकाय बाट बजेट ल्याउने प्रयत्न गरिरहेको त्यसपछि व्यबस्थित तरिकाले कार्यालय सन्चालन गर्न जोड गरिरहेको उनको भनाइ छ यसरी व्यवस्थित तरिकाले सेवा दिन सकियो भने विचौलियाहरुको सकृयतामा आफुहरुको सजिलै आँखा पुग्ने र त्यसलाई रोक्न सकिने उनले बताए ।

असहजता र अनियन्त्रित अवस्था देखाए पनि हरकोही विचौलियाको हातमा सरकारी अभिलेखको फाइल पुग्नु भनेको निकै जोखिमपुर्ण छ । यसको कारण चर्को रकम लिएर उनिहरुले सरकारी अभिलेखको दुरुपयोग गर्नसक्ने जोखिम रहन्छ , कार्यालय बाट स्वीकृत नदिइने वा रद्द गरिनुपर्ने कामहरु पनि उनिहरुले सरासर गर्न सक्ने देखिएको छ हातमा अभिलेख फाइल नै भएपछि जसले जे मन लाग्छ त्यही गर्दा पनि भयो नि यो चिन्ताको विषय हो भन्ने प्रश्नमा आज अहिल्यै बाट यो विषयलाई गम्भीरताका साथ लिइ हरेक शाखा र कर्मचारीहरुलाई म निर्देशन दिन्छु अब बाट यस्तो हुँदैन भनेर प्रशासन प्रमुखले आश्वासन व्यक्त गरेका छन ।

Address

Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Expose by Sujan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share