08/02/2026
एकपटक मात्र एकपटक फेरि जागौँ, गरौं एक तारा अस्ताउन नदेऔं
एक होनहार युवाको जीवन बचाएर मानवीय व्यवहारमा जुटौं
स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ प्यूठानका ३४ वर्षीय एक होनहार युवा अहिले मृत्युसङ्ग लड्दै छन । निरन्तर उपचार गर्दा पर्न गएको आर्थिक समस्याले अहिले मृत्युु बाहेक अन्य विकल्प नै देखिरहेका छैनन । यस्तो विषम परिस्थितिमा सबै सहयोग मनहरूलाई जुटेर सकेको आर्थिक सहयोग गरेर तारा बहादुरको जीवन बचाऔं । एक थुकी सुकी सय थुकी नदी भन्छन हाम्रो सानो सानो सहयोगले एक होनहार युवाको ज्यान बच्छ भने एउटा परिवारको सहारा बाच्छ । कृपया सहयोग गरौं जुटौ ।
सक्नुहुनेले सक्दो आर्थिक सहयोग गरिदिनुहोस् न सक्नेले यो खबर धेरै भन्दा धेरै शेयर गरेर सहयोगी मनसम्म पुर्याइदिनुस् है । केही गर्छु भन्ने यो कलिलो उमेरमा आफनो भविष्य उकास्न दुःख गर्दै हुनुहुन्थ्यो ।
उनी सात महिनाअघि अचानक बिरामी भई गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा चेकजाँच गराउँदा दुबै मृगौला फेल भएको थाहा पाएपछि सोही गौतमबुद्ध सामुदायिक अस्पतालमा डायलासिस गरिरहेका छन । अहिलेसम्म उपचार गर्दा गर्दै भएको आर्थिक र सम्पत्ति रितिन आट्यो तर रोगले झन झन च्याप्दै लग्यो । चिकित्सकको सल्लाह अनुसार दुबै मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको हुँदा धेरै खर्च लाग्ने भएको छ। थप उपचारकालागि आफूसँग पैसा छैन,घरको आर्थिक अबस्था निकै नाजुक छ । कमाउने कोही हुनुहुन्न। दुःख गरेर जसोतसो तारा बहादुर नेपालीले आफैले घरव्यवहार धान्दै आएका थिए ।अहिले त्यो परिवारकै आधार परिवारकै सहारा अस्ताउने बिडम्बना आइपरेको छ । उनी अहिलेसम्म सापटीमै भएपनी उपचार गर्दै आएका छन ।उनको उपचारका लागि सकेको सहयोग गरिदिनु हुन देश विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण मनकारी शुभेच्छुकहरु र सम्पुर्ण चिरपरिचित प्रियजनसँग बिरामीको परिवारसंगै पत्रकारहरू हार्दिक अपील गर्दछौं । तपाइ हाम्रो सानो सहयोगले एउटा श्रीमतीले श्रीमान पाउनेछिन परिवारले सहारा अनि सन्तानले अभिभावक ।।🙏🙏
उपचार खर्च धान्न गाह्रो परिरहेको यस कठिन अवस्थामा, सबै मनकारी दाजु–भाइ तथा दिदी–बहिनीहरूलाई आर्थिक सहयोग गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ।
सानो सहयोगले पनि ठूलो आशा दिलाउन सक्छ।
मोबाइल नम्बर-:9768364176
esewa pani yahi number ho
Account number-:18301007343686000001
Nepal bank limited