Routine of Naubahini Banda

Routine of Naubahini Banda सहि सुचना सबै सामू

२ सय ६६ दिन पछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टी केन्द्रीय कार्यालय स्थित आफ्नो कार्यकक्षमा फर्कि...
21/12/2025

२ सय ६६ दिन पछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टी केन्द्रीय कार्यालय स्थित आफ्नो कार्यकक्षमा फर्किएका छन् । कार्यवाहक सभापति डिपी अर्यालले जिम्मेवारी हस्तान्तरण सहित उनलाई आज स्वागत गरेका छन् ।

थुनामुक्त भएपछि शनिबार भरतपुर चौबिसकोठीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सभापति रवि लामिछानेले सम्बोध...
20/12/2025

थुनामुक्त भएपछि शनिबार भरतपुर चौबिसकोठीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सभापति रवि लामिछानेले सम्बोधन गरेका छन्

उनले चुनावमा 'जेन-जी अभियन्तासहित सबै नयाँ साथीहरुलाई मिलाउने अभियानमा आफू लाग्ने' बताए । तर त्यो मिलन एउटा चुनावका लागि मात्रै नभएर सिंगो पुस्ताका लागि हुनुपर्ने उनको भनाइ थियो ।

‘हामी परिवर्तन चाहने सबैसँग मिलेर अगाडि बढ्नेछौं । जेन-जी अभियन्ता पनि साथमा रहनेछन्,’ उनले भने, 'तर मिल्ने भन्ने कुरो एउटा चुनावका लागि होइन । म एउटा चुनावका लागि राजनीतिमा आएको होइन । एउटा पुस्ताका लागि म राजनीतिमा आएको हो । सिंगो पुस्ताको भविष्य नबनुन्जेल मिल्ने हो भने मिलौं । सिंगो पुस्ताका लागि पहिलो त्याग रवि लामिछानेले गर्छ । नभए आई एम सरी ।’

राजमो (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले आफ्नो पार्टी आगामी चुनावमा एक्लै जाने नीति रहेको बताएका छन ।  आफ्नो सामाजिक...
16/12/2025

राजमो (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले आफ्नो पार्टी आगामी चुनावमा एक्लै जाने नीति रहेको बताएका छन ।
आफ्नो सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै सो कुरा बताएका हुन ।


लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री रोज राणाले दम्ती–अँधेरी सडक अन्तर्गत बाग्दुला–बाहाने सडक खण्डको कालोपत...
15/12/2025

लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री रोज राणाले दम्ती–अँधेरी सडक अन्तर्गत बाग्दुला–बाहाने सडक खण्डको कालोपत्रे कार्य २०८३ असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित आज सिलन्यास गर्नुभएको छ।


नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । विजेता टिम लुम्बिनी लायन्सले पुरस्क...
13/12/2025

नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । विजेता टिम लुम्बिनी लायन्सले पुरस्कार रकम १ करोड १० लाख पाउनेछ।

उपविजेता बनेको सुदूरपश्चिम रोयल्सले ५१ लाख पाउनेछ। तेस्रो स्थानमा रहेको विराटनगर किंग्सले २५ लाख र चौथो स्थानमा रहेको काठमान्डु गोर्खाजले १५ लाख पाउनेछ।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले प्रतियोगिता सुरु हुनु अघि पहिलो सिजनको पुरस्कार रकमलाई नै निरन्तरता दिने बताएका थिए।

आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको चुनावमा राष्ट्रीय स्वतन्त्र पार्टी बाटै चुनाव लड्ने  उपसभामुख इन्दिरा रानाको घोषण...
09/12/2025

आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको चुनावमा राष्ट्रीय स्वतन्त्र पार्टी बाटै चुनाव लड्ने उपसभामुख इन्दिरा रानाको घोषणा ।

आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा काङ्ग्रेस केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेलले प्यूठानबाट उम्मेद...
09/12/2025

आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा काङ्ग्रेस केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेलले प्यूठानबाट उम्मेदवारी दिने बताएका छन ।
पत्रकारहरूले राखेको जिज्ञासामा प्रतिक्रिया दिँदै उनले भने ,“दिगो पूर्वाधार विकास, बृहत् लगानीका नीतिहरू निर्माण, आर्थिक विकास र रोजगारी सिर्जना गर्ने वातावरण तयार पार्न र प्यूठानीको आत्मबल र सम्मान उकास्ने लक्ष्य सहित यस पटक मेरो उम्मेदवारी हुनेछ।”
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पोखरेल राजमोकी दुर्गा पौडेलसँग पराजित भएका थिए । उक्त चुनावमा उनले ३१ हजार २८६ मत प्राप्त गरेका थिए , भने पौडेलले ४७ हजार ५१४ मतसहित विजयी भएका थिए ।
पोखरेल योजना आयोगका पूर्व उपाध्यक्ष समेत हुन ।

नौबहिनी गाउपालिकाको चौंथौ प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनु भएका प्रमुख प्रशासकिय अधिकृत खड्क विश्वकर्मा लाई उद्योग ब...
08/12/2025

नौबहिनी गाउपालिकाको चौंथौ प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनु भएका प्रमुख प्रशासकिय अधिकृत खड्क विश्वकर्मा लाई उद्योग बाणिज्य संघ नौबहिनी इलाकाले एक कार्यक्रम गरी स्वागत तथा परिचयात्मक कार्यक्रम गरेको छ । उक्त कार्यक्रम उद्योग बाणिज्य संघ नौबहिनी बजार क्षेत्रको कार्यालयमा सम्पन्न भएको हो ।

मन्त्री राणा द्वारा स्याउलेको कार्यक्रमको उद्घाटन -------------------------------------------------         लुम्बिनी प्र...
27/11/2025

मन्त्री राणा द्वारा स्याउलेको कार्यक्रमको उद्घाटन
-------------------------------------------------


लुम्बिनी प्रदेश सरकारका सहरी विकास तथा खानेपानी मन्त्री रोज राणाले स्याउले एकता यूवा क्लबद्वारा आयोजित १३ औं वार्षिक उत्सबको अवसर पारी विविध खेलकुद तथा सास्कृतिक कार्यक्रमको उद्घाटन गर्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री राणा बोल्दै संविधान रक्षाका निम्ति सबै दल मिलेर अघि बढे देशलाई नै फाइदा हुने बताउनु भयो । साथै उक्त कार्यक्रमका विशेष अतिथि नौबहिनी गाउपालिकाका अध्यक्ष दिलबहादुर थापा रहनु भएको थियो ।
स्याउले मा पहिलो पटक मन्त्रीको आगमन भएको हो ।

भोलि मन्त्री राणा स्याउले आउदै, -------------------------------------------------         लुम्बिनी सरकारका सहरी विकास तथ...
26/11/2025

भोलि मन्त्री राणा स्याउले आउदै,
-------------------------------------------------


लुम्बिनी सरकारका सहरी विकास तथा खानेपानी मन्त्री रोज राणा भोलि नौबहिनि ७ स्याउले प्यूठान मा आउने भएका छन । स्याउले एकता यूवा क्लब नौबहिनी ७ स्याउलेको आयोजनामा सन्चालन हुने १३ औं वार्षिक उत्सबको को अवसर पारी विविध खेलकुद तथा सास्कृतिक कार्यक्रमको उद्घाटन गर्न स्याउले आउन लागेको बताइएको छ । उक्त कार्यक्रममा नौबहिनी गाउपालिकाका अध्यक्ष डिलाराम थापा, नौबहिनी गाउपालिकाका निवर्तमान अध्यक्ष शिव रिजाल लगायतको उपस्थिति हुने बताईएको छ ।

Address

Bahane Pyuthan
Pyuthan

Telephone

+9779844926672

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Naubahini Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share