Radio Mandavi

Radio Mandavi Contact 086420213

10/07/2026

जिल्ला प्रहरी कार्यालय प्यूठानले ठुलो परिमाणमा लुकाइ राखेका अबैध हातहतियार बरामद गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै चालु आर्थिक बर्षभित्र जिल्लाका बिभिन्न स्थानमा लुकाइ राखेका हातहतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो । भरुवा बन्दुक ८० थान र पेस्तोल ३ थान गरी ८३ थान हातहतियार बरामद गरिएको बताउनुभयो ।

बिभिन्न घटनासंग जोडिएका र सर्च अप्रेशन गरेर उक्त अबैध हातहतियार बरामद गरिएको उहाँको भनाइ छ ।

07/07/2026

रेडियो कार्यक्रम : जनता संग प्युठान नगरपालिका
अतिथि : नगर उपप्रमुख देवेन्द्र बर्मा

NEA PYUTHAN
05/07/2026

NEA PYUTHAN

२७ हप्तामै गुल्मीकी एक महिलाबाट चार शिशुको जन्म, दुईको मृत्युप्युठान अस्पतालमा गुल्मीकी २४ वर्षीया महिलाबाट एकैपटक चार श...
05/07/2026

२७ हप्तामै गुल्मीकी एक महिलाबाट चार शिशुको जन्म, दुईको मृत्यु

प्युठान अस्पतालमा गुल्मीकी २४ वर्षीया महिलाबाट एकैपटक चार शिशुको जन्म भएको छ। जन्मिएका चार नवजात शिशुमध्ये दुईको मृत्यु भएको छ भने बाँकी दुईको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

अस्पताल विकास समितिका अध्यक्ष रोयल कृष्णका अनुसार महिलाको २७ हप्तामै प्रसूति भएकाले आमाको ज्यानसमेत उच्च जोखिममा परेको थियो। समयमै चिकित्सकीय टोलीको प्रयासका कारण आमाको ज्यान बचाउन सफल भएको उहाँले बताउनुभयो।

हाल आमाको अवस्था सुधारोन्मुख रहेको छ भने गम्भीर अवस्थामा रहेका दुई नवजात शिशुको उपचार भइरहेको अस्पतालले जनाएको छ।

प्यूठान अस्पतालमा भोलिदेखि भिडियो एक्स–रे (USG) सेवा पुनः सञ्चालन हुनेप्यूठान अस्पतालमा केही समयदेखि अवरुद्ध रहेको भिडिय...
04/07/2026

प्यूठान अस्पतालमा भोलिदेखि भिडियो एक्स–रे (USG) सेवा पुनः सञ्चालन हुने

प्यूठान अस्पतालमा केही समयदेखि अवरुद्ध रहेको भिडियो एक्स–रे (यूएसजी) सेवा भोलिदेखि पुनः सञ्चालनमा आउने भएको छ।

प्युठान अस्पताल विकास समितिका अध्यक्ष रोयल कृष्णका अनुसार सेवाग्राहीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले भिडियो एक्स–रे (यूएसजी) सेवा पुनः सञ्चालन गर्न लागिएको हो। सेवा पुनः सञ्चालनसँगै जिल्लावासीले अब पुनः अस्पतालबाट नियमित रूपमा यूएसजी सेवा लिन सक्नेछन्।

यसैबीच अध्यक्ष कृष्णले अस्पतालले केही चुनौतीहरूको सामना गरिरहेको स्वीकार गर्दै संकट स्थायी नभएको बताउनुभयो। उहाँले अस्पताललाई थप प्रभावकारी र सेवामुखी बनाउन आरोप–प्रत्यारोप, गालीगलौज वा अतिरञ्जित गतिविधिभन्दा सहकार्य र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।

"संकट क्षणिक हो, तर उभाइ बलियो हुनुपर्छ। हामी संकटमा छौं, तर यसको समाधान खेदाइ, गाली र अतिरञ्जित गतिविधि होइन, सहकार्य र सहयोग हो," अध्यक्ष कृष्णले भन्नुभयो।

उहाँले प्यूठान अस्पताललाई सबैले चाहेजस्तो गुणस्तरीय र भरपर्दो स्वास्थ्य संस्था बनाउन सबै सरोकारवाला तथा नागरिकको साथ र सहयोग आवश्यक पर्नेमा जोड दिनुभयो।

भेनेजुएलामा गएको हप्ता आएको विनाशकारी भूकम्पको ६ दिनपछि ३ वर्षीय बालकको जीवितै उद्धार भएको छ ।ला ग्वाइरा राज्यमा भएको यो...
01/07/2026

भेनेजुएलामा गएको हप्ता आएको विनाशकारी भूकम्पको ६ दिनपछि ३ वर्षीय बालकको जीवितै उद्धार भएको छ ।

ला ग्वाइरा राज्यमा भएको यो उद्धारलाई अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले आफूहरूका लागि आशाको स्रोत भन्नुभएको बीबीसीले जनाएको छ ।

डाक्टरको अभावमा प्युठान अस्पतालमा बन्द भयो भिडियो एक्सरे सेवा ..
01/07/2026

डाक्टरको अभावमा प्युठान अस्पतालमा बन्द भयो भिडियो एक्सरे सेवा ..

01/07/2026
मकै बाली जोगाउन बारीमै ...
29/06/2026

मकै बाली जोगाउन बारीमै ...

29/06/2026

माण्डवी अनलाइन, प्युठान । २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव प्युठान नगरपालिका एक खैरामा विविध कार्यक्रम...

Address

Pyuthan

Alerts

Be the first to know and let us send you an email when Radio Mandavi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Mandavi:

Shortcuts

Share

Category