Radio Mandavi

Radio Mandavi Contact 086420213

जिल्ला सदरमुकाम खलङ्गामा तिहारको झिलिमिली
20/10/2025

जिल्ला सदरमुकाम खलङ्गामा तिहारको झिलिमिली

हमासले बन्धक बनाएको अवस्थामा मारिएका विपिन जोशीको शव नेपाल ल्याइयोहमासले बन्धक बनाएको अवस्थामा मारिएका नेपाली युवा विपिन...
20/10/2025

हमासले बन्धक बनाएको अवस्थामा मारिएका विपिन जोशीको शव नेपाल ल्याइयो

हमासले बन्धक बनाएको अवस्थामा मारिएका नेपाली युवा विपिन जोशीको शव नेपाल आइपुगेको छ । जोशी हमासको कब्जामा परेको २ वर्ष १३ दिनपछि शव नेपाल आइपुगेको हो ।

फ्लाई दुबईको विमानबाट दिउँसो विपिनको शवको अवशेष नेपाल ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको सैनिक वाहिनी परिसरमा आयोजित शोक सभामा प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गर्नुभयो ।

आज लक्ष्मी पूजा सँगै कुकुर तिहार
20/10/2025

आज लक्ष्मी पूजा सँगै कुकुर तिहार

19/10/2025

बेलुका ७ बजेको माण्डवी समाचार

19/10/2025

गुल्मीमा एक पुरुषको शव फेला

गुल्मीको धुर्कोट गाउँपालिका ६ रजस्थल स्थित भिरपानीमा एक पुरुषको शव फेला परेको छ।

मृतकको पहिचान भइनसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।

आज घट्यो सुनको मूल्य ...आज सुनको मूल्य तोलामा ४,८०० ले घटेर प्रतितोला २,५३,२०० पुगेको छ।
19/10/2025

आज घट्यो सुनको मूल्य ...
आज सुनको मूल्य तोलामा ४,८०० ले घटेर प्रतितोला २,५३,२०० पुगेको छ।

प्युठानमा तिहारको बेला पटाका पड्काउन, जुवातास खेल्न र राति १० बजेपछि देउसीभैलो खेल्न पूर्ण प्रतिबन्ध: अटेर गरे कारबाही ह...
19/10/2025

प्युठानमा तिहारको बेला पटाका पड्काउन, जुवातास खेल्न र राति १० बजेपछि देउसीभैलो खेल्न पूर्ण प्रतिबन्ध: अटेर गरे कारबाही हुने

जिल्ला प्रशासन कार्यालय प्युठानले २०८२ सालको तिहारलाई शान्तिपूर्ण र सुरक्षित रुपमा मनाउनका लागि कडा निर्देशनसहितको सूचना जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालद्वारा जारी सूचनामा प्रज्वलनशील तथा विस्फोटक पदार्थ जस्तै पटाका, आतसबाजी, झिरझिरे, भुइँचप्पा लगायतका सामग्रीहरूको ओसारपसार, बिक्री वितरण र प्रयोगमा पूर्ण रुपमा रोक लगाइएको छ।

देउसी, भैलो र नाचगान लगायतका कार्यक्रमहरू राति १०:०० बजेभित्र शान्तिपूर्वक सम्पन्न गर्नुपर्ने।

जुवा, तास, लङ्गुरबुर्जा जस्ता खेलहरू खेल्न नपाइने।
मादक पदार्थ सेवन गरी सार्वजनिक स्थलमा हो-हल्ला वा झैँझगडा गरी शान्ति सुरक्षामा खलल पुर्‍याउने कार्य गर्न निषेध गरिएको छ।

जिल्ला प्रशासनको निर्देशन अटेर गरी प्रचलित कानुन बमोजिमको गतिविधि गरेमा स्थानीय प्रशासन ऐन, २०२८ तथा अन्य प्रचलित कानुन बमोजिम कडा कारवाही गरिने प्रजिअ नेपालले चेतावनी दिनुभएको छ।
प्रशासनले सम्पूर्ण जिल्लावासीलाई संयमित भई सुरक्षित तरिकाले चाडपर्व मनाउन अनुरोध गरेको छ।

19/10/2025

सप्तरीमा गोली हानेर पुजारीको हत्या

सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको हत्या भएको छ ।

७३ वर्षीय पुजारी रामदुलार साहको आज बिहान २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारी परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिए ।

काग तिहारको शुभकामना ।।
19/10/2025

काग तिहारको शुभकामना ।।

निर्वाचित भएको ८ वर्षपछि वडा कार्यालय जाँदै वडा अध्यक्ष .
18/10/2025

निर्वाचित भएको ८ वर्षपछि वडा कार्यालय जाँदै वडा अध्यक्ष .

झिमरुक गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पहिलो पटक वडा कार्यालय जान लाग्ु भएको छ । घरबाटै वडा कार्यालयको सेवा ...

चुनाव गराउन सबै पक्ष जिम्मेवार बन्न प्रधानमन्त्री सुशीला कार्कीले अनुरोध गर्नुभएको छ।
18/10/2025

चुनाव गराउन सबै पक्ष जिम्मेवार बन्न प्रधानमन्त्री सुशीला कार्कीले अनुरोध गर्नुभएको छ।

Address

Pyuthan

Alerts

Be the first to know and let us send you an email when Radio Mandavi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Mandavi:

Share