10/07/2026
बालाजु हाइटस्थित डेरामा रहेका मदन नेपालीलाई बुधबार अपराह्न अपरिचित नम्बरबाट फोन आयो। फोन नेपाल प्रहरीबाट थियो। तर फोनमा सुनाइएको खबर पत्याउनै गाह्रो थियो। साढे २ बजेतिर आएको फोनपछि उनी हतारिँदै वीर अस्पताल पुगे। त्यतिबेलासम्म उनका २६ वर्षीय भाइ गणेश नेपालीलाई आकस्मिक कक्षमा भर्ना गरिसकिएको थियो।
वीर अस्पताल परिसरमा भक्कानिँदै मदनले भने, “म त अक्क न बक्क भएँ। यहाँ आएर मात्रै सबै कुरा थाहा पाएँ।”
राइड सेयरिङ एपमार्फत जीविका चलाउँदै आएका गणेश श्रीमती र झन्डै तीन वर्षीया छोरीसहित भक्तपुरमा बस्दै आएका थिए। तर घटनाको अघिल्लो दिन उनी दाइको डेरामा पुगेका थिए। मदनका अनुसार गणेश बिहानै करिब ५ बजे कामका लागि निस्किएका थिए। “एक्कासि यस्तो खबर आयो,” उनले भने।
मुगुको सोरु गाउँपालिका-१ घर भएका गणेश केही वर्षदेखि काठमाडौंमा संघर्षरत थिए। उनी वैदेशिक रोजगारीका लागि दुबई जाने प्रयासमा थिए भने सँगसँगै लोकसेवाको तयारी पनि गरिरहेका थिए। परिवारका अनुसार भविष्यप्रति आशावादी गणेश आफ्नो जीवन सुधार्ने योजनामा थिए।
अस्पताल पुगेपछि मदनले भाइसँग केही क्षण कुरा गर्न पाएका थिए। उनका अनुसार गणेशले अत्यन्त कठिन अवस्थामा दुई-चार शब्द मात्रै बोले। “बाबा मम्मीलाई ख्याल गर्नु,” भन्दै उनले परिवारको जिम्मेवारी सम्झाए। त्यसपछि “यो सबै महानगरले गर्दा भयो” भन्ने शब्द उच्चारण गरेपछि उनी बोल्न नसक्ने अवस्थामा पुगेका थिए।
प्रहरीका अनुसार गणेशले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मोटरसाइकल पार्किङ गरेका थिए। काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक लगाएपछि गणेशले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर श'रीरमा आ'गो लगाएको बताए। घा'इते अवस्थामा रहेका उनलाई प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पुर्याएको थियो।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी विष्णुप्रसाद जोशीका अनुसार सार्वजनिक आवागमन वा फुटपाथमा अ'वरोध हुने गरी पार्किङ गरिएका सवारीसाधनमा नियमअनुसार ह्विल लक लगाइन्छ। उनले बताएअनुसार गणेशको मोटरसाइकलमा ह्विल लक लगाइएको थियो र करिब दुई घण्टापछि उनले ज'रिवाना नतिर्ने बताएपछि सवारी उठाउन टोली पुगेको थियो।
“ज'रिवाना तिर्दिनँ, जहाँ लैजान्छौ लैजाऊ,” भन्दै गणेशले प्रतिक्रिया दिएको जानकारी आफूले घ'टनास्थलमा रहेका प्रहरीबाट पाएको जोशीले बताए। त्यसपछि महानगर प्रहरी र ट्राफिक प्रहरीको समन्वयमा सवारी उठाउने तयारी भइरहेको बेला गणेशले मोटरसाइकलबाट पे'ट्रोल निकालेर आफूमाथि ख'न्याई आ'गो लगाएको प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताए।
जोशीले एक हजार रुपैयाँ ज'रिवाना मात्रै यस्तो घ'टनाको एकमात्र कारण हुन नसक्ने भन्दै अन्य पृष्ठभूमि पनि हुन सक्ने धारणा व्यक्त गरेका छन्। यद्यपि घ'टनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ।
घ'टनापछि गणेशकी श्रीमती एकमाया नेपाली झन्डै तीन वर्षीया छोरीलाई काखमा बोकेर अस्पताल पुगेकी थिइन्। तर उपचार कक्षभित्र प्रवेश गर्न नपाउँदा उनले श्रीमान्लाई भेट्न सकिनन्। अत्यन्त भावुक अवस्थामा उनले भनिन्, “खै कसरी यस्तो भयो ? म केही भन्न सक्ने अवस्थामा छैन।”
परिवारका अनुसार गणेशले किस्ताबन्दीमा मोटरसाइकल किनेका थिए र त्यसकै भरमा परिवारको खर्च चलाउँदै आएका थिए। आफन्त मन नेपालीले गणेशले बेला बेला नगर प्रहरीको का'रबाहीबारे दुःख व्यक्त गर्ने गरेको बताए। उनले केही समयअघि गणेशले पठाएको सन्देश पनि देखाए, जसमा नगर प्रहरीले मोटरसाइकलमा ताला लगाउँदा एक हजार रुपैयाँ ज'रिवाना तिर्नुपरेको गु'नासो गरिएको थियो।
गणेशका जेठान पदम नेपालीले विपन्न परिवारमाथि आर्थिक बोझ थपिने गरी हुने ज'रिवाना र प्रशासनिक व्यवहारबारे प्रश्न उठाएका छन्। उता दाजु मदन भने अहिले उपचार खर्च जुटाउने चिन्तामा छन्। “मेरो नागरिकता देखाएर उधारोमा औषधि ल्याएको छु। अब बाँकी खर्च कसरी जुटाउने भन्ने थाहा छैन,” उनले भने।
गणेशको घर रहेको मुगुको सोरु गाउँपालिका-१ का वडाध्यक्ष धनकर्ण मल्लले परिवार आर्थिक रूपमा कमजोर रहेको बताए। उनका अनुसार गाउँमा खेतीपातीले वर्षभरि खान पुग्ने अवस्था छैन र राम्रो रोजगारीको खोजीमा गणेश काठमाडौं आएका थिए।
वीर अस्पतालका ब'र्न युनिट प्रमुख डा. पियुष दाहालका अनुसार गणेशको शरीरको ठूलो भाग ज'लेको छ र उनको अवस्था ग'म्भीर छ। सुरुमा आकस्मिक कक्षमा उपचार गरिएको भए पनि अहिले सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ। चिकित्सकहरूका अनुसार शरीरको करिब ७० प्रतिशत भागमा ग'म्भीर ज'लन पुगेकाले आगामी केही दिन अत्यन्त संवेदनशील रहनेछन्।😢