Radio Sathi FM 95MHz

Radio Sathi FM 95MHz Tune in for a rich blend of melodious tunes, insightful conversations, and local happenings. Your trusted companion for entertainment and connectivity.

राजापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणाका लागि पहल गरिदै, जिम्मेवारीमा प्रतिबद्ध हुदै उत्कृष्ट कार्...
25/06/2024

राजापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणाका लागि पहल गरिदै, जिम्मेवारीमा प्रतिबद्ध हुदै उत्कृष्ट कार्य गर्न स्वास्थ्यकर्मीलाई नगर प्रमुखको आग्रह ।

मिन अधिकारी
राजापुर
बर्दियाको राजापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणाका लागि पहल थालिएको छ । नगरपालिकामा रहेका १६ महिनादेखि ५९ महिनासम्मका कुनैपनि बालबालिका खोप पाउनबाट बञ्चित नरहेको भन्दै स्वास्थ्य शाखाले राजापुरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गराउन तयारी शुरु गरेको नगर प्रमुख लाई जानकारी गराएको हो । पुर्ण खोप सुनिश्चिता को लागी राजापुर नगरपालिकाको स्वास्थ्य शाखाले एक कार्यक्रमको आयोजना गरि जानकारी गराएको थियो उक्त कार्यक्रममा सभाध्यक्षको आसनबाट बोल्दै नगर प्रमुख दिपेश थारुले भबन अभाब भएमा तत्कालको लागी वडाहरुमा बनेका सामुदायिक भबनको प्रयोग गरेर स्वास्थ्य चौकी प्रमुख हरुले खोपकेन्द्र तथा गाउँघर किल्निक चलाउन आग्रह गर्दै आधारभुत आश्यकता परिपुर्ति गर्न पालिका तयार रहेको भन्दै स्वास्थ्य शाखा र स्वास्थ्यकर्मीहरुले सोच्नु पर्ने र जनतालाई राम्रो सेवा दिन प्रत्येक स्वास्थ्यकर्मीले पूर्ण रुपमा आफ्नो जिम्मेवारी पुरा गर्नु पर्ने, स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीबाट वितरण गर्ने औषधी जनतालाई सहज बाताबरणले पाउने र उपचार पाउने बाताबरण सिर्जना गर्न आवश्यक रहेको र जनताको गुनासो आउन नदिने गरी काम गर्न स्वास्थ्य शाखा तथा स्वास्थ्यकर्मीलाई आग्रह गर्नु भएको छ ।
राजापुर नगरपालिकाको १० वडामा रहेको ४३ वटा खोप केन्द्र र ४१ वटा खोप किल्निकबाट खोप कार्यक्रम सञ्चालन तथा महिला स्वास्थ्य स्वयम सेवकबाट घरघरमा पुगेर बालबालिकाको खोपका बारेमा बुझ्ने गरेको स्वास्थ्य शाखाका प्रमुख गणेश अर्यालले बताउनु भयो । नगरपालिकाले पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणाका लागि जिल्ला समन्वय समितिलाई पत्राचार गर्ने तयारी गरिएको छ । आज नगरपालिकाको सभाहलमा गरिएको छलफलमा विभिन्न स्वास्थ्य चौकी तथा खोपकेन्द्रका प्रमुखहरुले खोप भण्डारणका लागि उपयुक्त भवन नभएको, शुद्ध सफा खानेपानी, विद्युतको उपलब्धता र सुलभ शौचालय, उचित फनिचरको अभावले सेवा प्रवाहमा समस्या आएको र भ्याक्सिनका लागि उपयुक्त ठाउँ नहुँदा अकल्पनीय घटनाहरु घट्न सक्ने गुनासो राख्नु भएको थियो । स्थानीय स्तरबाट कस्तो काम भइरहेको छ र त्यहाँका अभिभावक तथा नागरिकहरुले खोपका बारेमा के कस्तो धारणा राखेका छन् । कुनै बालबालिका खोप पाउनबाट बञ्चित छ कि छैन भन्ने बारेमा अनुगमन र मूल्याङ्कन हुन जरुरी रहेको सुझाव समेत स्वास्थ्य चौकी तथा खोप केन्द्रका प्रमुखहरुले दिनु भएको थियो । कार्यक्रमको संचालन गर्दै यस आर्थिक वर्षमा नगरलाई पुर्ण खोप सुनिश्चितता गर्नको लागि २५९० जना बालबालिकाहरुलाई खोप लगाएको स्वास्थ शाखा कर्मचारी हरिलाल चौधरीले जानकारी दिनु भयो ।

बर्दिया को राजापुर मा ५ दिने अचार बनाउने तालिम सम्पन्न भएको छ । अचार बनाउने तालिम कार्यक्रमको समापन गर्दै राजापुर नगरपाल...
04/06/2024

बर्दिया को राजापुर मा ५ दिने अचार बनाउने तालिम सम्पन्न भएको छ । अचार बनाउने तालिम कार्यक्रमको समापन गर्दै राजापुर नगरपालिकाका प्रमुख तथा सभाध्यक्ष दिपेश थारुले राजापुर क्षेत्रमा उत्पादन हुने कच्चा पदार्थलाई सही तरिकाले प्रयोग गरी अचार र मस्यौरा लगायतका परिकार बनाई महिलाहरुलाई व्यवसायी र उद्मशील बनाउदै आय आर्जन गरी आत्मनिभर बनाई अगाडी बढाउन ५ दिने तालिमको आयोजना गरिएको बताउनु भयो । सबै सहभागीहरुले अचार र मस्यौरा बनाउन सिकेर व्यावसायिक बन्न सके आर्थिक उपार्जनमा महिलाको भूमिका महत्वपूर्ण हुने भएकाले हिम्मतका साथ सक्रिय हुन नगर प्रमुख दिपेश थारु ले आग्रह गर्नु भएको छ । संकटासन्न आदिबासी तथा विपन्न समुदायका लागी आर्थिक उत्थानशिल्ता कार्यक्रम अन्तरगत युएसएआईडिको तयार नेपाल परियोजना को आर्थिक सहयोग तथा अन्तरर्निभर समाजको सहजिकरण र राजापुर नगरपालिकाको आयोजनामा राजापुर नगरपालिका १० वटा वडा का ३१ जना महिलाहरु लाई अचार बनाउने तालीम दिइएको नगरपालिकाले जनाएको छ ।

बर्दियाको राजापुरमा दुई दिने क्षमता अभिबृद्धी तालिम आज सुरु भएको छ । राजापुर नगरपालिका वडा नं ४ को आयोजनामा वडा स्तरिय म...
02/06/2024

बर्दियाको राजापुरमा दुई दिने क्षमता अभिबृद्धी तालिम आज सुरु भएको छ । राजापुर नगरपालिका वडा नं ४ को आयोजनामा वडा स्तरिय महिला संजालका पदाधिकारीको सहभागितामा उक्त तालिम सुरु भएको हो । तालिमको उद्घाटनमा बोल्दै वडा सदस्य राम वहादुर चौधरीले तालिमबाट महिलाहरुले खुलेर बोल्न सक्ने भन्दै सकृय सहभागीता जनाई भरपुर उपयोग गर्न आग्रह गर्नुभयो । वडा सचिव मखन थारुले संचालन गरेको तालिममा नेतृत्व केहो, व्यक्तित्व के हो ,आकर्षक व्यक्तित्व बिकास कसरी गर्ने, संचार के हो प्रभावकारी संचार कसरी गर्ने, उद्घोषण कसरी गर्ने ,सफल उद्घोषकमा हुनुपर्ने गुणहरु के–के हुन् भन्ने बिषयमा संचारकर्मी केशव कोइरालाले प्रशिक्षण दिइरहनु भएको छ । तालिम प्रभावकारी हुने अपेक्षाका साथ संजालका पदाधिकारीहरुलाई सहभागी गराइएको वडा स्तरिय महिला संजालका अध्यक्ष बिमला जिसीले जानकारी दिनुभयो । वडा नं ४ का कार्यवहाक अध्यक्ष दयाराम चौधरीको अध्यक्षतामा तालिम सुरु गरिएको हो ।

29/05/2024
28/05/2024

बर्दिया जिल्लाको राजापुर नगरपालिकाले सत्रौँ गणतन्त्र दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएको छ। १७ औँ गणतन्त्र दिवसको उपलक्ष्यमा नेपालको सबैभन्दा लामो पुल गेरुवा कर्णाली पुलमा आयोजना गरिएको कार्यक्रममा शुभकामना दिनुहुँदै राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारु।

बर्दियाको भौरा क्षेत्रमा बढेको गर्मीले स्थानीय समस्यामा पर्न थालेका छन् । लामो समयदेखि पानी पर्न नसक्नु र तापक्रम बढ्दै ...
26/05/2024

बर्दियाको भौरा क्षेत्रमा बढेको गर्मीले स्थानीय समस्यामा पर्न थालेका छन् । लामो समयदेखि पानी पर्न नसक्नु र तापक्रम बढ्दै जाँदा यो क्षेत्रका स्थानीय समस्यामा परेका हुन् । राजापुर नगरपालिका र गेरुवा गाउँपालिका रहेको भौरा क्षेत्रमा बढेको गर्मीको प्रत्यक्ष असर स्कुले वालवालिका र ज्याला मजदुरी गरेर गुजारा गर्ने स्थानीयलाई परेको छ । गर्मी भए पनि मजदुरी नगरी हुदैन बाध्य भएर कमाउन जाने गरेको राजापुर ४ संघर्ष नगरका दयाराम थारुले वताउनु भयो । पानी पिउने र आठ घण्टाको सट्टा ६ घण्टा मात्रै काम गर्ने गरेकाले पुरा ज्याला पनि नपाउने मजदुर थारुको भनाई छ । गर्मीले विद्यालय जाने विद्यार्थीहरुलाई धेरै समस्या भएको छ । विहानै देखिको टन्टलापुर चर्काे घाममा आउन र जान समस्या भएको राजापुर ४ का अभिभावक जीवन थारुले वताउनु भयो । विगतमा गर्मीमा विदा दिने गरेपनि अहिले चर्काे गर्मी हुँदा पनि पालिका र स्कुलले कुनै चाँसो नदेखाएको दुखेसो गर्नु भयो । पहिला विहानी सत्रमा पनि स्कुल चल्थे सितलमा पढाइ हुने गरेकोमा अहिले तातो टिनका छानामुनी बत्ती अनियमित हुँदा पनि बालबालिकालाई बेवास्ता गरेको उहाँको भनाई छ । गर्मीमा प्रशस्त झोलिलो खानेखुरा खान चिकित्सकले सुझाव दिएका छन् । अझै तीन चार दिनसम्म तापक्रम बढ्ने भएकाले खास गरी दिनभर घाममा काम गर्ने मजदुर र विद्यालय जाने बालबालिकाले विशेष ध्यान दिनु पर्ने चिकित्सकको भनाई छ । सकेसम्म घाममा ननिस्कने निस्कन परे पनि छाता ओढेर, टाउकोमा मसिनो कपडा राखेर हिड्न र पटकपटक पानी खान स्वास्थ्यमा कुनै समस्या आए चिकित्सकसँग जान पनि स्वास्थयकर्मीको सुझाव छ ।

बर्दियाको राजापुर नगरपालिकामा सञ्चालित उद्योग तथा मर्मत सेन्टरको अनुगमन गरिएको छ । अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकह...
22/05/2024

बर्दियाको राजापुर नगरपालिकामा सञ्चालित उद्योग तथा मर्मत सेन्टरको अनुगमन गरिएको छ । अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुको अवस्था समान कामको समान ज्याला र बालबालिकाहरु श्रमिकका रुपमा प्रयोग भएका छन् कि छैनन् भन्ने विषयमा तथ्याङ्क लिन अनुगमन गरिएको हो । राजापुर नगरपालिका उपप्रमुख तथा अनुगमन समितिका संयोजक मनकला कुमारी चौधरीले समग्र नगरपालिकाको वास्तविक समृद्धि चाहने हो भने श्रमजीविलाई आर्थिक रुपले समृद्धि गराउनु पर्ने र कामको उचित ज्यालाका लागि श्रमिकको पक्षमा बोल्दै आएको बताउनु भयो । अनुगमनका क्रममा कानुनतः श्रमिकले सेवा सुविधा पाइरहेको र कतिपय ठाउँमा केही कम्जोरी देखिएकाले कार्यस्थलमै पुगेर सुरक्षाको पाटोका बारेमा जानकारी लिदैँ कम्जोरी देखिएको ठाउँमा उचित व्यवस्थापन गर्न सञ्चालकलाई सुझावसहित लिखित पत्रचार गरी कार्यान्वयन गर्न पहल गर्ने जानकारी दिनु भयो ।
एक्सन एड नेपाल, कमैया महिला जागरण समाज नेपालको सहकार्यमा राजापुर नगरपालिकाले निर्माणाधिन राजापुर सुगर एण्ड केमिकल उद्योग, ३ वटा इटा उद्योग र मोटर साइकल सर्भिस सेन्टरमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा कमैया महिला जागरण समाजका परियोजना अधिकृत रामलाल चौधरीले श्रमिकले पाउने सेवा सुविधा, सुरक्षा सामग्री, स्वास्थ्य विमा, हाजिरी, चिनी मिलमा काम गर्ने श्रमिकहरुले जिल्लामा ज्याला निधारण समितिबाट तोकिएको, ज्याला नपाएको लगायतका समस्या पाएको वताउनु भयो । अनुगमन एक पटक मात्र नगरेर पटकपटक हुनु पर्ने भएकाले सरोकारवाला सबैलाई सचेत हुन समेत उहाँको भनाई छ । अनुगमनका क्रममा बालश्रमको प्रयोग भएको, न्यून ज्यालामा काम लगाएको, सुरक्षाका सावधानीहरु नअपनाएको पाईएको छ । अनुगमनमा वडा नं. ५ का अध्यक्ष रमेश दहित, महिला तथा वालबालिका शाखा प्रमुख रिता कु चौधरी, रोजगार संयोजक रमेश पोख्रेल, कमैला महिला जागरण समाजको फिल्ड सुपरभाइजर सरस्वती चौधरी, बन्दना थारु, खुशीराम थारु, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

युनिक नेपालले आयोजना गरेको बरघर सशक्तिकरण कार्यशाला पछि बरघरहरुद्धारा पारित गरिएको संकल्प–पत्र
16/05/2024

युनिक नेपालले आयोजना गरेको बरघर सशक्तिकरण कार्यशाला पछि बरघरहरुद्धारा पारित गरिएको संकल्प–पत्र

जन्मदिन को शुभअबसरमा हार्दिक शुभकामना थारु संस्कृतिको अध्ययता तथा संस्कृतिविद्, आदिवासी ज्ञानका प्रवद्र्धक, दर्जनौ पुस्त...
16/05/2024

जन्मदिन को शुभअबसरमा हार्दिक शुभकामना थारु संस्कृतिको अध्ययता तथा संस्कृतिविद्, आदिवासी ज्ञानका प्रवद्र्धक, दर्जनौ पुस्तकका लेखक, समाजसेवी, पूर्वमन्त्री, युनिक नेपालका संस्थापक संरक्षक आदरणीय डा. गोपाल दहितज्यु को जन्मदिनको अवसरमा उहाँको सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं 🎂🎂🎂 । मिन अधिकारी स्टेशन म्यानेजर रेडियो साथी एफ .एम ९५ मेगाहर्ज राजापुर

बरघर सशक्तिकरणको कार्यशाला गोष्ठी युनिक नेपाल केन्द्रीय कार्यालय वडा नं. २ जोतपुरका सम्पन्न भएको छ । उक्त कार्यशाला गोष्...
15/05/2024

बरघर सशक्तिकरणको कार्यशाला गोष्ठी युनिक नेपाल केन्द्रीय कार्यालय वडा नं. २ जोतपुरका सम्पन्न भएको छ । उक्त कार्यशाला गोष्ठीको सहजीकरण गर्दै वडघरको परिचय, प्रमुख काम कर्तव्य र अधिकार, वरघर प्रणालीको इतिहास, ऐन कार्यविधिका वारेमा जानकारी गराउदै युनिक नेपालका संरक्षक तथा पूर्व भूमि सुधारमन्त्री गोपाल दहितले सहजीकरण गर्नु भएको थियो । थारु समाजमा धेरै पहिलादेखि बरघर प्रथा चलिरहेको र बडघरले गाउँमा पर्ने सामाजिक कार्य, समस्यामा छलफल पैरवी गर्ने, सूचना दिने निस्वार्थ व्यक्ति वडघर भएकाले यसलाई सरकारले वैधानिकता दिनु पर्ने धारणा राख्नु भएको थियो । संरक्ष्नक दहितले वडघर कानुनका लागि आफूहरुले धेरै संघर्ष गरेर कानुनी दायरामा ल्याएको हुनाले यो प्रणालीलाई जीवित राख्न बडघरको अभिलेखीकरण गर्नु पर्ने, दस्ताबेज राख्नु पर्ने भन्दै दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका केही स्थानीय सरकारले ऐन बनाएको भए पनि कार्यान्वयनमा नआएको र कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउनु पर्ने धारणा राख्नु भएको थियो । थारु पहिचान र संस्कारका रुपमा रहेको गाउँको मूली चुन्ने यो प्रथालाई राजनीतिक दाउपेच गर्दै फाल्गुणसम्म पु¥याउने गरेकाले माघ महिना भित्रै टुङ्ग्याउनु व्यवस्था ल्याउनु पर्ने वताउनु भयो । गोष्ठीमा सहभागि वरद्दरहरुले गर्नु पर्ने पत्र लेखन दर्ता चलानी,मूल्याङ्कन निरीक्षण, अनुगमनका विषयमा कार्यक्रम संयोजक सोम डेमनरौरा र प्रशिक्षक शेखर दहितले गर्नु भएको थियो । पूर्व भूमिसुधार मन्त्री दहितको प्रमूख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता युनिक नेपालका अध्यक्ष पिरिम बहादुर थारुले गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य तथा उद्देश्य माथि प्रकाश निर्मला चौधरीले गर्नु भएको थियो । जगतराम थारुले सञ्चालन गर्नु भएको कार्यक्रममा नगरपालिकाभरका १० वटै वडाका १७८ वडघरको सहभागिता रहेको थियो ।

Address

Rajapur 4 Bardiya
Rajapur
21800

Alerts

Be the first to know and let us send you an email when Radio Sathi FM 95MHz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Sathi FM 95MHz:

Share