C FM 94.7 MHz

C FM 94.7 MHz C FM 94.7 MHz :: समाचार र संगीतमा सदैब अगाडि । नेपालको सर्वोत्कृष्ट रेडियो ! c fm 94.7 mhz , Rajbiraj , saptari (Nepal) contact Number :- 031-533617

www.cfm.com.np
c fm 94.7 mhz , Rajbiraj , saptari (Nepal) contact Number :- 031-533617

18/09/2025

तपाई सुन्दैहुनुहुन्छ छिन्नमस्ता संचार समुह द्धारा संचालित सि.एफ.एम. ९४.७ मेगाहर्ज , राजविराज , शान्तिनगर , सप्तरी नेपाल । सम्पर्क नम्बर ः ०३१-५३३६१७ / ९८६२८३३०३३
https://cfm.com.np/

राजनीतिक परिस्थितिका कारण बन्द भएका फिल्म हल सोमबारबाट खुल्ने भएका छन् । नेपाल चलचित्र सङ्घको आइतबार बसेको बैठकले सो निर...
14/09/2025

राजनीतिक परिस्थितिका कारण बन्द भएका फिल्म हल सोमबारबाट खुल्ने भएका छन् । नेपाल चलचित्र सङ्घको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । फिल्म हल सोमबार खोल्ने निर्णय गरेको चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले जानकारी दिए । ‘भोलिबाट सबै फिल्म हल नियमित खोल्ने निर्णय भएको छ’, महर्जनले भने- ‘हल बन्द हुँदा लागेका फिल्म नै पहिले रिलिज हुनेछ ।’

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको सर्वोच्च अदालतले आइतबारदेखि आफू सेवा सुरु गरेको छ । अदालत भवन परिसरमा टेन...
14/09/2025

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको सर्वोच्च अदालतले आइतबारदेखि आफू सेवा सुरु गरेको छ । अदालत भवन परिसरमा टेन्ट टाँगेर कर्मचारीहरूले काम सुरु गरेका हुन् । आन्दोलनका क्रममा प्रदर्शनकारीले सर्वोच्चको भवनमा आगजनी गर्दा भौतिक पूर्वाधारमा क्षति पुग्नुका साथै थुप्रै महत्त्वपूर्ण कागजातहरू नष्ट भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी सम्पत्तिमा क्षति पुर्‍याउनेलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

काठमाडौँ । जेनजी प्रदर्शनको फाइदा उठाउँदै नयाँ बानेश्वर स्थित राष्ट्रिय वाणिज्य बैंकमा लुटेराहरू प्रवेश गरेर रकम लुट्न स...
14/09/2025

काठमाडौँ । जेनजी प्रदर्शनको फाइदा उठाउँदै नयाँ बानेश्वर स्थित राष्ट्रिय वाणिज्य बैंकमा लुटेराहरू प्रवेश गरेर रकम लुट्न सुरु गरे ।

ललितपुरको बंगलामुखी बस्दै आएका सुरेश देउलाले रकम लुटेर फर्किनेहरूको भिडियो बनाउँदै थिए । भिडियो बनाउँदै उनले सोधे, ‘यसरी बैंक लुट्न मिल्छ ?’

त्यसपछि एक जनाले उनलाई पैसाको बिटो फाल्दै भन्छन्, ‘ल, यही चाहिएको होइन ?’ भदौ २४ मा साँझ त्यसरी लुटेराले फ्याँकेको ५ लाख १० हजार ५ सय रुपैयाँ ३७ वर्षीय देउलाले प्रहरीलाई बुझाएका छन् ।

“कुन परिस्थितिबाट अन्तरिम सरकार बन्यो यहाँलाई विदितै छ । ठुलो जनधनको क्षति भएको छ । मुख्य निकायका प्रमाण र अभिलेख नष्ट ह...
14/09/2025

“कुन परिस्थितिबाट अन्तरिम सरकार बन्यो यहाँलाई विदितै छ । ठुलो जनधनको क्षति भएको छ । मुख्य निकायका प्रमाण र अभिलेख नष्ट हुँदा शून्यमा पुगेका छौँ । सुरक्षा निकायलाई दिइएका सवारी साधन जलेका छन् । हत्याहिंसा भएको छ । अत्याश्यक निकायलाई छानीछानी आक्रमण गरिएको छ । यसको अनुसन्धान हुन बाँकी छ”, उहाँले भन्नुभयो, “नेपाली नै भएर यो काम गरेको हो भने लाज लाग्नुपर्ने हो । यस्तो घटना नेपालमा पहिलो पटक भएको हो । हाम्रा मुख्य भवनहरू अनुहार देखाउन नमिल्ने भएका छन् । यो षडयन्त्र नियोजित हो कि भन्ने लागेको छ । अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।”

प्रधानमन्त्री कार्कीले क्षतिपूर्ति र पुनःनिर्माणका काम देशमा उपलब्ध स्रोत साधन प्रयोग गरेर बनाउनुपर्छ भन्ने आफूलाई लागेको बताउँदै यो मुलुकविरुद्ध गरेको नृशंस कार्यको एकताबद्ध भएर, जनतालाई गुहारेर सामना गर्नुपर्नेमा जोड दिनुभयो । “म हिजो महाराजगन्ज जाँदा त्यहाँ जलेको प्रहरीवृत्त बनाउने जिम्मा त्यहाँका व्यवसायीले लिन्छौँ भन्नुभयो, मैले उहाँहरूलाई धन्यवाद दिएँ । हामी सबै यसरी नै मिलौँ । एकले अर्काको आलोचना नगरौँ । मलाई सहयोग गर्नुहोस् ।”

मुख्यसचिव एकनारायण अर्यालले क्षति भएका सरकारी संरचनाको पुनःस्थापना गरी सेवा प्रवाहलाई निरन्तरता दिनुपर्ने चुनौती रहेको बताउनुभयो । उहाँले सबै जिल्लाका सरकारी कार्यालय र सुरक्षा निकायका भवनमा क्षति भएको जानकारी दिँदै पुनःसंरचनाका लागि बजेटको व्यवस्था गरी प्राथमिकताका आधारमा पुनःनिर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

जेनजी समूहको यही भदौ २३ र २४ गतेको आन्दोलनपछिको उत्पन्न स्थितिपछि यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएका कार्कीले आज गृह मन्त्रालयका लागि निर्माण गरिएको भवनमा पदबहाली गर्नुभएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोड्ने घोषणा गर्नुभएको छ ।...
14/09/2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोड्ने घोषणा गर्नुभएको छ ।

उहाँले कहिल्यै गल्ती नस्वीकार्ने र गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने भन्दै पार्टी छोडेको घोषण गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ “अब खुलारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मन लाग्दी चलुञ्जेल मनलाग्दी गर्नु होला । मैले पार्टी छोडेँ ।”

पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गरेको उहाँको आरोप छ । उहाँ भन्नुहुन्छ, “जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दामाथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्रयाल हुन थाल्यो । यो स्वीकार्य छैन ।”

उहाँले कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि सोच्न आग्रह गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “आजको दिनको परिस्थिति आउन तपाईहरूको भन्दा बढी तपाईहरूको नेतृत्वको बेहाेराले हो । त्यो किन बोकेर बस्नुहुन्छ ? अहिले सहि समय आएको छ । आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।”

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्नुभएको छ । आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री कार्कीले पदभार ...
14/09/2025

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्नुभएको छ । आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्नुभएको हो ।

त्यसअघि उहाँले लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पणसमेत गर्नुभएको थियो । कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

12/09/2025
नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ज्यू लाई हार्दिक बधाई तथा शुभकामना ।तपाईँको नेतृत्वले नयाँ पुस्तालाई प्र...
12/09/2025

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ज्यू लाई हार्दिक बधाई तथा शुभकामना ।

तपाईँको नेतृत्वले नयाँ पुस्तालाई प्रेरणा, देशलाई दिशा र समाजलाई आशा दिनेछ भन्ने विश्वास छ।
देशलाई समावेशीता, सुशासन र समृद्धितर्फ लैजान सफलताको शुभकामना

छिन्नमस्ता संञ्चार समुह परिवार ।

Sushila Karki, the Interim Prime Minister, Nepal Government.New Beginnings!🇳🇵
12/09/2025

Sushila Karki, the Interim Prime Minister, Nepal Government.

New Beginnings!🇳🇵


सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, सपथ आजै |
12/09/2025

सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, सपथ आजै |

Address

Madhesh Province , Rajbiraj/Shantinagar-06, Saptari (Nepal)
Rajbiraj
56400

Opening Hours

Monday 05:00 - 23:00
Tuesday 05:00 - 23:00
Wednesday 05:00 - 23:00
Thursday 05:00 - 23:00
Friday 05:00 - 23:00
Saturday 05:00 - 23:00
Sunday 05:00 - 23:00

Telephone

+9779862833033

Alerts

Be the first to know and let us send you an email when C FM 94.7 MHz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to C FM 94.7 MHz:

Share

Category