Shambhunath Khoj Khaber

Shambhunath Khoj Khaber Shambhunath Khoj Khaber is a Online Media.

04/09/2026

त्रिशूली ३ 'ए' एक जना सकुसल उद्दार।
उहाँको संजय साह रहेको छ।
Hope Everyone rescued well!

Shambhunath Khoj Khaber

04/09/2026

त्रिशूली ३ 'ए' दुर्घटना: सुरुङ वा संरचनाभित्रबाट आयो आवाज, उद्धार कार्य तीव्र।

त्रिशूली ३ 'ए' जलविद्युत् आयोजनास्थलमा जारी उद्धार कार्यका क्रममा भित्र थप जीवित मानिसहरू रहेको संकेत मिलेको छ।
आयोजनाका इन्जिनियर श्री राम न्यौपानेका अनुसार उद्धार टोलीले प्रयास निरन्तर जारी राखेको छ। उद्धारका क्रममा भित्रबाट एकभन्दा बढी व्यक्तिहरूको आवाज सुनिएको पुष्टि भएको छ।

Shambhunath Khoj Khaber

03/09/2026

सुरुङ्गा नगरपालिकाका नगर प्रमुख मेयर गीता चौधरीले रसुवागढी क्षेत्रमा आएको भीषण बाढीका कारण ज्यान गुमाउने सप्तरीका ५१ पीडित परिवारलाई तत्काल राहत र सहयोग पुर्‍याउन, सप्तरी जिल्लाका सबै स्थानीय तह तथा संघ-संस्थाहरूलाई आफ्नो बिचार आह्वान गर्नुभएको छ।

​उहाँले सप्तरी जिल्लाका सबै पालिकाहरू, सामाजिक अभियन्ताहरू तथा कल्याणकारी संस्थाहरूलाई आ-आफ्नो तर्फबाट ऐक्यबद्धता जनाउँदै राहत र सहयोगको हात बढाउन हार्दिक अपिल समेत गर्नुभएको छ।
Shambhunath Khoj Khaber

रसुवा बाढी पीडितका लागि सुरुङ्गा नगरपालिकाद्वारा  ५ लाख ५१ हजार सहयोग​रसुवामा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका न...
01/09/2026

रसुवा बाढी पीडितका लागि सुरुङ्गा नगरपालिकाद्वारा ५ लाख ५१ हजार सहयोग

​रसुवामा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका नागरिकको खोजी, उद्धार तथा राहत कार्यका लागि सुरुङ्गा नगरपालिकाले ऐक्यबद्धता जनाउँदै ५ लाख ५१ हजार सहयोग गर्ने निर्णय गरेको छ।

​नगरप्रमुख गीता चौधरीको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले विपत्तिको यस कठिन घडीमा राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष'मा जम्मा गर्ने निर्णय गरेको हो।

नगरप्रमुख चौधरीले छिमेकी तथा मुलुकका अन्य भागमा पर्ने प्राकृतिक विपत्तिमा मानवीय सहायता पुर्‍याउनु स्थानीय सरकारको दायित्व भएको बताउनुभयो। नगरपालिकाले उद्धार तथा राहत कोषमा सो रकम हस्तान्तरण गर्दै बाढी प्रभावित क्षेत्रका नागरिकको शीघ्र खोजी तथा प्रभावकारी राहत व्यवस्थापनको कामनासमेत गरेको छ।

Shambhunath Khoj Khaber

31/08/2026

भोटेकोशी नदीमा आएको अचानक बाढीका कारण प्रभावित बनेको रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र खोजी तथा उद्धार कार्य सम्पन्न भएको छ।
सुरुङको अन्तिम भागसम्मै खोजी गर्दा कुनै पनि मानवीय उपस्थिति नभेटिएपछि नेपाली सेनाको टोली फर्किएको छ।

Shambhunath Khoj Khaber

30/08/2026

त्रिशूली ३ 'ए' जलविद्युत् आयोजना: सुरङमा बनेको म्यानहोलबाट सेना छिर्ने तयारी।।

त्रिशूली ३ 'ए' जलविद्युत् आयोजनाको मुख्य सुरङ (टनल) को स्थिति अवलोकन तथा उद्धार कार्यका लागि म्यानहोल तयार पारिएको छ। सुरङभित्र नेपाली सेनाको टोली छिर्ने अन्तिम तयारी भइरहेको छ।
प्राविधिक टोलीले तयार पारेको उक्त म्यानहोलबाट हेर्दा भित्र केही खाली स्पेस (अवरोधरहित ठाउँ) देखिएको छ। यसले गर्दा सुरङको उक्त भागसम्म लेदो वा माटो नपसेको हुन सक्ने अनुमान प्राविधिकहरूले गरेका छन्।
HOPE EVERYONE FINE 🙏

Shambhunath Khoj Khaber

  रसुवाको बाढीमा परेका सुरेन्द्र देव चौधरीको खोजीका लागि  परिवारको हार्दिक अपिल।।रसुवामा हालै आएको विनाशकारी बाढीका कारण...
29/08/2026

रसुवाको बाढीमा परेका सुरेन्द्र देव चौधरीको खोजीका लागि परिवारको हार्दिक अपिल।।

रसुवामा हालै आएको विनाशकारी बाढीका कारण सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका-३, डङ्गरही निवासी सुरेन्द्र देव चौधरी सम्पर्कविहीन हुनुभएको छ। बाढीपछि उहाँसँग कुनै सम्पर्क हुन नसकेकाले परिवारजन यतिबेला गम्भीर चिन्ता र दुखमा परेका छन्।
परिवार तथा आफन्तले उहाँको कुशल उद्धारको कामना गर्दै खोजीकार्यका लागि सर्वसाधारण, स्थानीय प्रशासन तथा उद्धारकर्मीहरूसँग हार्दिक अनुरोध गरेका छन्।
यदि कसैले उहाँको बारेमा कुनै जानकारी प्राप्त गर्नुभएमा वा देख्नुभएमा तल दिइएका सम्पर्क नम्बरहरूमा तुरुन्त जानकारी गराई सहयोग गरिदिनुहुन विनम्र अनुरोध छ।

सम्पर्क नम्बर: ९८४११९९७७५ / ९८४१५७१९९४

Shambhunath Khoj Khaber

  सप्तरीका साजन चौधरी रसुवा बाढीपपहिरोमा परी सम्पर्कविहीन​शम्भुनाथ नगरपालिका वडा नं. ८ स्थायी घर भई हाल रसुवामा निर्माणा...
26/08/2026


सप्तरीका साजन चौधरी रसुवा बाढीपपहिरोमा परी सम्पर्कविहीन

​शम्भुनाथ नगरपालिका वडा नं. ८ स्थायी घर भई हाल रसुवामा निर्माणाधीन सिनो हाइड्रोपावर (Sino Hydro Power) मा कार्यरत साजन चौधरी सम्पर्कविहीन भएका छन्।
​अविरल बाढीका कारण रसुवा क्षेत्रमा आएको भीषण बाढी र पहिरोपछि उनी परिवार तथा आफन्तको सम्पर्क बाहिर रहेका हुन्।
​उहाँलाई देख्नुहुने, फेला पार्नुहुने वा उहाँको स्थितिबारे कुनै जानकारी पाउनुहुने महानुभावले कृपया तल दिइएका सम्पर्क नम्बरहरूमा खबर गरी सहयोग गरिदिनुहुन परिवारजनले हार्दिक अपिल गरेका छन्।
​सम्पर्क नम्बरहरू:
​९८६२९७३५२८
​९८११७२३२१३
​९८०७७९९४३३

  शम्भुनाथ नगरपालिका वडा नं. २, ट्राफिक चोक बस्ने मोहम्मद इरफान मियाकी करिब २-३ वर्षीया छोरी सानिया खातुनको बीभत्स हत्या...
23/08/2026

शम्भुनाथ नगरपालिका वडा नं. २, ट्राफिक चोक बस्ने मोहम्मद इरफान मियाकी करिब २-३ वर्षीया छोरी सानिया खातुनको बीभत्स हत्या भएको छ।
अज्ञात व्यक्तिले हत्या गरी बालिकाको शव उनकै घरपछाडिको झाडीमा फालिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ।
मृतक बालिकाको शवलाई थप परीक्षण तथा पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज लगिएको छ। घटनाको प्रकृति र कारणबारे प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान अगाडि बढाएको छ।
शम्भुनाथ नगरपालिका

नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ ।Petrol: 194.50, 196, 197/ LitreDiesel: 192.50, 194, 195 / LitreLP Gas: Nrs. 2060 ...
01/07/2026

नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ ।
Petrol: 194.50, 196, 197/ Litre
Diesel: 192.50, 194, 195 / Litre
LP Gas: Nrs. 2060 for 14.2 KG & 1030 for 7.1 KG

Shambhunath Khoj Khaber

Address

Mahendra Highway
Rajbiraj
56400

Alerts

Be the first to know and let us send you an email when Shambhunath Khoj Khaber posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shambhunath Khoj Khaber:

Shortcuts

Share