मेरोप्रदेश

मेरोप्रदेश online news

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका
27/08/2026

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

Share Count: 195 काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस .....

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी
27/08/2026

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

Share Count: 155 काठमाडौं । नेपालका दुई नदीको संगम क्षेत्रमा ठूलो ताल बनेपछि त्यसको पानी बाहिरिएर बाढीको जोखिम बढेको छ । ची....

रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरेको छ ...
27/08/2026

रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बिहीबार बिहानदेखि १२ः३० बजेसम्म टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट हेलिकप्टरमार्फत ३३६ जनाको सफल उद्धार गरिएको हो । उद्धार गरिएका विदेशी नागरिकहरू ६ फरक देशका रहेको सेनाले जनाएको छ ।

बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ । विपद् प्रभावित क्षेत्रमा नेपाली सेनाका करिब ४ हजार जनशक्ति परिचालन गरिएको छ ।

परिचालित सैनिक जनशक्ति घाइते तथा प्रभावित नागरिकको खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत सामग्री वितरणमा खटिएका छन् । बाढीका कारण जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा लैजाने कार्यलाई पनि प्राथमिकताका साथ अघि बढाइएको सेनाले जनाएको छ ।

विपद्को अवस्थामा नेपाली सेनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय प्रशासन तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी उद्धार तथा राहत कार्य सञ्चालन गरिरहेको जनाएको छ । सेनाले प्रभावित क्षेत्रमा आवश्यकताअनुसार उद्धार, उपचार तथा राहत सामग्री वितरणलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।

Share Count: 102 रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४५ जना विदेशी नागरिकसहित ३३६ जन....

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रियकाठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण...
27/08/2026

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या २७० पुगेको छ । बिहीबार दिउँसो १ः३० बजेसम्म विभिन्न जिल्लामा बाढीका कारण मृत्यु भएका २७० जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ ।

बाढीबाट प्रभावित तथा जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने कार्यलाई प्रहरीले प्राथमिकताका साथ अघि बढाएको छ । बाढीका कारण बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि विभिन्न सुरक्षा निकाय, स्थानीयवासी तथा अन्य सम्बन्धित निकायबीच समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

बाढीका कारण विभिन्न स्थानमा सडक तथा यातायात अवरुद्ध भएपछि अवरोध हटाउने कार्यसमेत भइरहेको छ । स्थानीयवासीको सहयोग र विभिन्न निकायसँगको समन्वयमा उद्धार, खोजी तथा राहतका कामलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ ।

विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा आवश्यक उद्धार कार्य भइरहेको छ । प्रहरीले बाढी प्रभावित क्षेत्रमा सतर्कता अपनाउन र जोखिमपूर्ण स्थानमा नबस्नसमेत आग्रह गरेको छ ।

Share Count: 180 काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या २७० पुगेको छ । बिहीबार दिउँसो १ः३० बजे.....

26/08/2026

मलेखुको पक्की पुल समेत लग्यो ।

26/08/2026

यो के हुन लग्यो लौन भगवान

26/08/2026

सर्वोच्च अदालतमा नेपाली कांग्रेसको विशेष महाधिवेशन रोक्न मुद्दा परे संगै नेपाली कांग्रेसका उपसभापति बिस्वप्रकाश शर्मा

23/08/2026

Address

Manthali
Ramechhap
45400

Alerts

Be the first to know and let us send you an email when मेरोप्रदेश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to मेरोप्रदेश:

Shortcuts

Share