पहाडी नेपाल

पहाडी नेपाल "बोलिमा मिठास नहोला मेरो
तर
मनमा कसैप्रती पाप छैन" 💞😇
महोदय!

12/11/2024

रामेछाप लगायतका केही जिल्लामा भुकम्पकाे धक्काकाे महसुस ।बाकी समाचार आउन बाकी ।

लमजुङमा जिप दुर्घटना : २२ जना घाइते, पाँचकाे अवस्था गम्भीर २७ असोज २०८१, आइतबार -->       लमजुङको सारिङबाट सदरमुकाम बेंश...
13/10/2024

लमजुङमा जिप दुर्घटना : २२ जना घाइते, पाँचकाे अवस्था गम्भीर

२७ असोज २०८१, आइतबार

-->
लमजुङको सारिङबाट सदरमुकाम बेंशीसहर जाँदै गरेको जिप मकैडाँडा मोडमा दुर्घटना भएकाे छ । दुर्घटनामा परि चालकसहित २२ जना घाइते भएका छन् भने घाइतेहरुमध्ये पाँच जनाको अवस्था गम्भीर रहेकाे छ ।

गम्भीर घाइते भएका पाँच जनालाई चितवनको भरतपुर रेफर गरिएकाे जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजकिशोर साहले गाेरखापत्र अनलाइनलाई जानकारी दिनुभएकाे हाे । यस्तै, अन्य घाइतेकाे जिल्ला सदरमुकाममै उपचार भइरहेको उहाँले बताउनुभयाे ।

ग १ ज ८५५१ नम्बरको जिप आज बिहान ११ः२० मा दुर्घटना भएको थियो ।
पहाडी नेपाल

५८ बर्षीय टेकबहादुरले पसलभित्र घाँटी थिचेर १४ बर्षीय बालिकाको हत्या गरेका हुन्ः प्रहरी-->      धनगढी - डडेल्धुरामा मृत फ...
13/10/2024

५८ बर्षीय टेकबहादुरले पसलभित्र घाँटी थिचेर १४ बर्षीय बालिकाको हत्या गरेका हुन्ः प्रहरी

-->
धनगढी - डडेल्धुरामा मृत फेला परेकी बालिका आरती भट्टराईको हत्या आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरको छ।

अमरगढी नगरपालिका-७ की १४ वर्षीया आरती भट्टराईको हत्या गरेको आरोपमा पक्राउ परेका ५८ वर्षीय टेकबहादुर सार्वजनिक गरिएको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पत्रकार सम्मेलन गर्दै हत्या आरोपी भण्डारीलाई सार्वजनिक गरेको हो। डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध अनुसार भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरिसकेका छन्।

घटनास्थल नजिकै टेकबहादुर भण्डारीको पोखरा बजारमा भण्डारी पुस्तक एण्ड स्टेस्नरी पसल रहेको छ,' डिएसपी श्रेष्ठले भने. 'पसलभित्र कोठामा आवेशमा आएर भट्टराईको घाँटी थिची हत्या गरेको भण्डारीले स्वीकार गरेका छन्।'

डिएसपी श्रेष्ठका अनुसार आवेशमा आउनुको कारण भने अहिलेसम्म खुलेको छैन। स्थानीय बासिन्दाले बलात्कारपछि हत्या भएको बताउँदै आएका छन्।
डिएसपी श्रेष्ठले पोष्टमार्टम रिपोर्ट
आइनसकेको र त्यसबारे अहिले भन्न नसकिने बताए। १४ वर्षीया किशोरी भट्टराई २५ गते ४ बजे घरबाट मिलका लागि हिडेकी थिइन्।
स्थानीय नै भण्डारीसंग ती किशोरीको चिनजान एक वर्ष पहिलेदेखि नै थियो,' डिएसपी श्रेष्ठले भने, 'पसलमा कुराकानीकै क्रममा आवेशमा आएका भण्डारीले पसलभित्रै किशोरीको हत्या गरेको बताएका छन्। हत्यापछि भण्डारीले प्लास्टिकको किशोरीको शव हालेको बताएका छन्।
पहाडी नेपाल

Name yamraj shahi 14 yrs India karnal dakhi Hejo Rati 2 baje gadi ma hideko aaja deusa 2 baje puge sakeko rupaidiya dakh...
13/10/2024

Name yamraj shahi
14 yrs
India karnal dakhi Hejo Rati 2 baje gadi ma hideko aaja deusa 2 baje puge sakeko rupaidiya dakhi puspalal chowk aaune bela dhamoji sama sampark vako tespaxi samanpark ma xaina yadi kasaile dekhnu vaxa vane
9704519271 ma sampark grdinu hola

भारतमा एनसीपी नेता बाबा सिद्दिकीको हत्याआइतबार, असोज २७, २०८१-->      भारतमा अजीत पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पा...
13/10/2024

भारतमा एनसीपी नेता बाबा सिद्दिकीको हत्या

आइतबार, असोज २७, २०८१

-->
भारतमा अजीत पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्या गरिएको छ । गोली हानी उनको हत्या गरिएको हो ।

शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा उनीमाथि कैयौँ राउन्ड गोली चलाइएको थियो । त्यसपछि उनलाई गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना गरिएको थियो । उनको छातीमा गोली लागेको बताइएको छ ।

छोरा जीशान सिद्दिकीको कार्यालय जाँदै गर्दा उनीमाथि आक्रमण गरिएको हो । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देका अनुसार, प्रहरीले उक्त घटनाका विषयमा दुईजनालाई पक्राउ गरेको छ । उनीहरूसँग सोधपुछ भइरहेको छ ।

यही वर्षको फेब्रुअरीमा बाबा सिद्दिकी भारतीय राष्ट्रिय कांग्रेस छोडेर एनसीपी (अजीत पवार गुट)मा सामेल भएका थिए । उनी विगत ४८ वर्षदेखि कांग्रेसमा आबद्ध थिए ।

घटनाको जानकारी दिँदै मुख्यमन्त्री शिन्देले भने, “पूर्वमन्त्री बाबा सिद्दिकीमाथि घातक हमला भएको थियो, उनको मृत्यु भयो । यो दुःखद घटना हो । दुई आरोपित पक्राउ परेका छन्, एक फरार छन् । तेस्रो आरोपितलाई पनि छिट्टै पक्राउ गरिने कमिश्नरले मलाई बताएका छन् । पक्राउ गरिएका एक आरोपित हरियाणा र एक उत्तर प्रदेशका हुन् ।
पहाडी नेपाल

काेहलपुरमा टाउकोबिनाको शव फेला-->      नेपालगञ्ज- बाँकेकाे काेहलपुरमा टाउकोबिनाको शव फेला परेको छ ।काेहलपुर नगरपालिका- ८...
13/10/2024

काेहलपुरमा टाउकोबिनाको शव फेला
-->
नेपालगञ्ज- बाँकेकाे काेहलपुरमा टाउकोबिनाको शव फेला परेको छ ।
काेहलपुर नगरपालिका- ८, पिपिरीमा ४० वर्षीय चन्द्रबहादुर कामीकाे शव फेला परेको प्रहरीले जनाएको छ ।
बाँके प्रहरीका अनुसार पिपिरीचाेकदेखि करिव दुई सय मिटर पूर्वमा रहेकाे शितलनगरमा शव फेला परेकाे हो । शवकाे टाउकाे छैन ।
घटनास्थल नजिककाे सरस्वतीचाेकमा रहेकाे सीसी क्यामेरामा एक युवकले कालाे प्लास्टिककाे झाेला बाेकेर गएकाे देखिएकाे छ ।
प्रहरीले युवककाे हत्यापछि टाउकाे लिएर गएकाे अनुमान गरेकाे छ ।
बाँके प्रहरी प्रवक्ता आयुश जाेशीले हत्याराकाे खाेजी भइरहेकाे बताएका छन् । प्रहरीले तालिम प्राप्त कुकुरकाे लिएर अनुसन्धान गरिरहेकाे छ ।
घटना शनिबार रातिको हो ।

पहाडी नेपाल

दुर्गा मेलामा पेस्तोल बोकेर पुगेपछि...-->      पेस्तोल बोकेर दुर्गा मेलामा पुग्ने एक जना रौतहटबाट पक्राउ परेका छन् ।पेस्...
13/10/2024

दुर्गा मेलामा पेस्तोल बोकेर पुगेपछि...

-->
पेस्तोल बोकेर दुर्गा मेलामा पुग्ने एक जना रौतहटबाट पक्राउ परेका छन् ।

पेस्तोल र गोलीसहित पक्राउ पर्नेमा रौतहटको देवाही गोनाही नगरपालिका- ६ बस्ने ५६ वर्षीय भोला राय यादव रहेका छन् ।

सोही स्थानमा लागेको दुर्गा मेलाबाट उनलाई पेस्तोल र गोलीसहित पक्राउ गरिएको रौतहटका प्रहरी प्रबक्ता एवम् डिएसपी दिपककुमार रायले जानकारी दिए ।

पक्राउ परेका यादवको साथबाट मेड इन युएसए नौ एमएम लेखिएको अटोमेटिक पेस्तोल एक थान, एक थान म्यागेजिन, नौ एमएमको गोली चार राउन्ड सट गनको गोली दुई राउन्ड बरामद गरिएको उनले बताए ।

यादवलाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको रायले बताएका छन् ।

पहाडी नेपाल

डडेलधुराको पोखरा बजारमा बोरामा बालिकाको शव फेलाअसोज २६, २०८१ शनिबार ९:१६:४० -->      डडेलधुराको अमरगढी नगरपालिका-७ पोखरा...
12/10/2024

डडेलधुराको पोखरा बजारमा बोरामा बालिकाको शव फेला

असोज २६, २०८१ शनिबार ९:१६:४०

-->
डडेलधुराको अमरगढी नगरपालिका-७ पोखरा बजारमा एक बालिकाको शवको फेला परेको छ। सोही ठाउँकी १४ वर्षीया आरती भट्टराईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी प्रहरी निरीक्षक उपेन्द्र बमले बताए।

हिजो शुक्रबार राति ९ बजेपछि अज्ञात व्यक्तिले प्लास्टिकको बोरामा राखेर शव फ्याँकेर गएको खुल्न आएको छ। बलात्कारपछि हत्या गरेर शव फ्याँकिएको आशंका मृतकका आफन्तले गरेका छन्। राति मोटरसाइकलमा आएका व्यक्तिले शव फ्याँकेको स्थानीयको भनाइ छ।

तर, प्रहरीले भने अनुसन्धानपछि मात्रै घटनाबारे विस्तृत खुल्ने बताइएको छ। प्रहरीले आरतीको शरीरमा कुनै चोटपटक नदेखिएको बताएको छ।

डडेलधुरा प्रहरीले अनुसन्धानका लागि शंकास्पद एक व्यक्तिलाई पक्राउ गरेको छ। तर, उनको परिचय भने खुलाएको छैन। प्रहरीले आज बिहान शव उठाएर पोस्टमर्टमका लागि डडेलधुरा अस्पताल पठाएको जनाएको छ।

11/10/2024

बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई राहत
आश्विन २५, २०८१डम्बरसि राई

खोटाङ —बस दुर्घटनामा ज्यान गुमाएका हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २५ वर्षीय निश्चल राईका परिवारलाई ५० हजार रूपैयाँ राहत दिइएको छ । असोज २१ दिउँसो भएको दुर्घटनामा ज्यान गुमाएका राईका परिवारलाई हलेसी तुवाचुङ नगरपालिकाले राहत दिएको हो ।

काठमाडौंबाट भोजपुर आउँदै गरेको प्रदेश ०१–००६ ख ६७८५ नम्बरको रोयल भोजपुर यात्रुवाहक बस मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी–५ द्वारेखोलामा असोज २१ दिउँसो भएको दुर्घटनामा राईको मृत्यु हुनका साथै उनका परिवारका अन्य पाँच जना घाइते भएका थिए ।

३५ वर्षीया लीला राई, उनकी ३ वर्षीया छोरी हिम्साना, ३ वर्षीय छोरा हिल्साङ, २० उज्ज्वल राई र १८ वर्षीया पूर्णीमा राई घाइते भएका थिए । दुर्घटनामा घाइते पाँच जनाको उपचारका लागि राहत दिइएको नगरपालिकाका प्रवक्ता कमल गिरीले बताए ।

मजदुरलाई छैन दसैंको रौनकअसोज २५, २०८१-->       जोमसोम : हिन्दू नेपालीहरूको घर आँगनमा दसैं पर्वको रौनक छाइरहँदा मुस्ताङका...
11/10/2024

मजदुरलाई छैन दसैंको रौनक

असोज २५, २०८१

-->
जोमसोम : हिन्दू नेपालीहरूको घर आँगनमा दसैं पर्वको रौनक छाइरहँदा मुस्ताङका मजदुरलाई दसैं पर्वको रौनकले पटक्कै छोएको छैन। मीठो खाने ,राम्रो लगाउने, आफन्त, इष्टमित्रहरूबीच भेटघाट गर्ने, मान्यजन्यबाट टीका र आर्शीवाद ग्रहण गर्ने र आफूभन्दा कम उमेरकालाई टीका लगाएर आर्शीवाद दिने दसैं पर्वको मुख्य विशेषता रहे पनि मजदुरलाई दसैं पर्व नजिकिएको समेत पत्तै छैन।

मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोमस्थित जनहित स्कुलको उत्तरतर्फ कोरला सडक नजिकै पूर्वको अग्लो पहाडको फेंदमा बाह्रै महिना डेढ दर्जनभन्दा महिला मजदुरले गिट्टी कुट्ने गर्छन्। उनीहरू सबै जिल्ला बाहिरबाट ज्याला मजदुरी गर्दै मुस्ताङमै बसिरहेका छन्।

नत उनीहरूलाई हिउँदयामको हिमपात र चिसो सिरेटो पर्वाह छ नत दसैं/तिहार जस्ता महत्वपूर्ण चाडपर्वहरूको अनुभूति नै गर्छन्। उनीहरूलाई चिन्ता छ त केवल दुईचार पैसा कसरी कमाइएला र आफ्ना बालबच्चाहरूलाई सहज रुपमा पठन/पाठन गरेर दैनिक छाक टार्न सकिएला भन्ने नै छ। जोमसोमको अग्लो पहाडको फेंदमुनि बिहानदेखि बेलुकी साँझसम्म बसेर गिट्टी कुट्नै उनीहरूको जीवन दैनिकी जस्तै बनिरहेको छ।
बाग्लुङ बुर्तिबाङकी अप्सरा दर्जी (नाम परिवर्तन) २ वर्षदेखि कोठा भाडामा लिएर श्रीमानसँगै ज्याला मजदुरी काममा खटिने गरेकी छिन्। ३ छोराछोरीसहित मुस्ताङ आएकी उनले त्यही पहाडको फेंदमुनि बसेर हातमा फोका निक्लिने सम्म एक तमासले दिनहुँ गिट्टी कुट्न खटिन्छिन्। उनका श्रीमानले पनि मजदुरी काम गर्छन्। दसैं पर्वमा सबै घरतिर लागे तपाई किन नगएको भन्ने प्रश्नमा अप्सरा भन्छिन्, ‘घरमा गएर के गर्नु खर्च मात्रै बढ्छ, यहाँ काम गरे त पैसा पनि कमाइन्छ, खर्च पनि जोगिन्छ। बच्चाहरू यतै पढ्छन्, स्कुल पनि धेरै दिन बिदा छैन, जाउआउ दुख मात्रै हुन्छ’, चाडपर्वले गरिव र विपन्नलाई तनाव मात्रै दिने गरेको उनले सुनाइन्।

यस्तै, लमजुङकी अर्की महिला मजदुर पार्वती तामाङले पनि दसैं पर्व मनाउने प्रचलन रहे पनि आफूहरू यहाँको काम छोडेर घर नफर्किएको उल्लेख गरिन। ‘चाडपर्व केही दिनका लागि हो, यो आउँछ जान्छ, हामी जस्ताका लागि दसैं होइन दशा हो,उनले निराश हुँदै भनिन्,‘ गाउँघर र छरछिमेकीको याद त आउँछ नी, के गर्नु गएर ,जान आउनै तीनदिन लाग्छ, काम छोडेर गएपछि उही ऋणको भारी बोक्नु मात्रै त हो।’

अप्सरा र पार्वती त प्रतिनिधि पात्र मात्रै हुन्। उनीहरू जस्तै थुप्रै मजदुरहरू छन् जसलाई दसैं पर्वको रौनकले पटक्कै छोएको देखिंदैन। फोटो खिच्न अप्ठ्यारो मान्दै नाम परिवर्तन गर्ने सर्तहरूमा उनीहरूले चिसो भुगोल मुस्ताङमा गिट्टी कुट्दै जीविकोपार्जन गरिरहेको यथार्थ कुरा व्यक्त गरे। दैनिक एक ट्याक्टर गिट्टी कुद्दा ७ हजारमा बिक्री हुन्छ। त्यति कुट्न एक जनालाई हप्ता दिनभन्दा बढी समय लाग्छ। एक तमासले गिट्टी कुट्दा ग्लोब्स लगाए पनि हातमा फोका उठ्छन्।

घामपानी, हावाहुरी र हिमपात र चिसो सहदै गिट्टी कुट्ने उनीहरूको रहर थिएन केवल बाध्यताको उपज मात्रै थियो। उनीहरूले मेहनतले कुटेको गिट्टी एक ट्याक्टर पुगेपछि ठेकेदार र ट्याक्टरवाला त्यही लिन आउछन्। ठेकेदारले काम सकिएपछि एकमुष्ट हिसाब गरेपछि मात्रै उनीहरूको हातमा पैसा थमाईदिन्छन्।

मुस्ताङमा संघीय तथा प्रादेशिक योजनाहरूमा काम गर्ने कतिपय जिल्ला बाहिरका मजदुर पनि दसैं मान्न घर फर्किएका छैन। राष्ट्रिय गौरवको आयोजना (बेनी-जोमसोम-कोरला) सडक आयोजनामा कार्यरत कतिपय मजदुर दसैं पर्वमा घर नफर्किएको आयोजना प्रमुख धुव्र झाले जानकारी दिए। उनले दसैंमा पनि सडक निर्माणको काम नरोकिने बताए।

यस्तै, पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले कार्यालय अन्तर्गतका पूर्वाधार विकासका काममा दसैं पर्वले आंशिक रुपमा प्रभावित बनाए पनि कतिपय ठाउँहरूमा काम भइरहेको बताए। ‘केही मजदुर दसैं मान्न घर फर्किसके,कतिपय मजदुर यही छन्, उनले भने,‘ हामीले विकास काम नरोक्ने गरी दसैंमा घर नजाने मजदुरलाई विकासको काममा व्यवस्थापन मिलाई सकेका छौं।’

दसैं पर्व नजिकिएसँगै मुस्ताङ सुनसान बन्दै गएको छ। जिल्ला स्थित कार्यालयका कर्मचारी र सुरक्षाकर्मी दसैं पर्वमा घर फर्किएकाले मुस्ताङ जिल्ला सुनसान बन्दै गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। दसैं पर्वकै कारण मुस्ताङ भ्रमण गर्ने नेपाली पर्यटकको उपस्थित समेत ज्यादै न्यून भएको छ। तर, विदेशी पर्यटकहरूको भने आंशिक चहलपहल कायमै छ।जोमसोम : हिन्दू नेपालीहरूको घर आँगनमा दसैं पर्वको रौनक छाइरहँदा मुस्ताङका मजदुरलाई दसैं पर्वको रौनकले पटक्कै छोएको छैन। मीठो खाने ,राम्रो लगाउने, आफन्त, इष्टमित्रहरूबीच भेटघाट गर्ने, मान्यजन्यबाट टीका र आर्शीवाद ग्रहण गर्ने र आफूभन्दा कम उमेरकालाई टीका लगाएर आर्शीवाद दिने दसैं पर्वको मुख्य विशेषता रहे पनि मजदुरलाई दसैं पर्व नजिकिएको समेत पत्तै छैन।

मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोमस्थित जनहित स्कुलको उत्तरतर्फ कोरला सडक नजिकै पूर्वको अग्लो पहाडको फेंदमा बाह्रै महिना डेढ दर्जनभन्दा महिला मजदुरले गिट्टी कुट्ने गर्छन्। उनीहरू सबै जिल्ला बाहिरबाट ज्याला मजदुरी गर्दै मुस्ताङमै बसिरहेका छन्।

नत उनीहरूलाई हिउँदयामको हिमपात र चिसो सिरेटो पर्वाह छ नत दसैं/तिहार जस्ता महत्वपूर्ण चाडपर्वहरूको अनुभूति नै गर्छन्। उनीहरूलाई चिन्ता छ त केवल दुईचार पैसा कसरी कमाइएला र आफ्ना बालबच्चाहरूलाई सहज रुपमा पठन/पाठन गरेर दैनिक छाक टार्न सकिएला भन्ने नै छ। जोमसोमको अग्लो पहाडको फेंदमुनि बिहानदेखि बेलुकी साँझसम्म बसेर गिट्टी कुट्नै उनीहरूको जीवन दैनिकी जस्तै बनिरहेको छ।

बाग्लुङ बुर्तिबाङकी अप्सरा दर्जी (नाम परिवर्तन) २ वर्षदेखि कोठा भाडामा लिएर श्रीमानसँगै ज्याला मजदुरी काममा खटिने गरेकी छिन्। ३ छोराछोरीसहित मुस्ताङ आएकी उनले त्यही पहाडको फेंदमुनि बसेर हातमा फोका निक्लिने सम्म एक तमासले दिनहुँ गिट्टी कुट्न खटिन्छिन्। उनका श्रीमानले पनि मजदुरी काम गर्छन्। दसैं पर्वमा सबै घरतिर लागे तपाई किन नगएको भन्ने प्रश्नमा अप्सरा भन्छिन्, ‘घरमा गएर के गर्नु खर्च मात्रै बढ्छ, यहाँ काम गरे त पैसा पनि कमाइन्छ, खर्च पनि जोगिन्छ। बच्चाहरू यतै पढ्छन्, स्कुल पनि धेरै दिन बिदा छैन, जाउआउ दुख मात्रै हुन्छ’, चाडपर्वले गरिव र विपन्नलाई तनाव मात्रै दिने गरेको उनले सुनाइन्।

यस्तै, लमजुङकी अर्की महिला मजदुर पार्वती तामाङले पनि दसैं पर्व मनाउने प्रचलन रहे पनि आफूहरू यहाँको काम छोडेर घर नफर्किएको उल्लेख गरिन। ‘चाडपर्व केही दिनका लागि हो, यो आउँछ जान्छ, हामी जस्ताका लागि दसैं होइन दशा हो,उनले निराश हुँदै भनिन्,‘ गाउँघर र छरछिमेकीको याद त आउँछ नी, के गर्नु गएर ,जान आउनै तीनदिन लाग्छ, काम छोडेर गएपछि उही ऋणको भारी बोक्नु मात्रै त हो।’

अप्सरा र पार्वती त प्रतिनिधि पात्र मात्रै हुन्। उनीहरू जस्तै थुप्रै मजदुरहरू छन् जसलाई दसैं पर्वको रौनकले पटक्कै छोएको देखिंदैन। फोटो खिच्न अप्ठ्यारो मान्दै नाम परिवर्तन गर्ने सर्तहरूमा उनीहरूले चिसो भुगोल मुस्ताङमा गिट्टी कुट्दै जीविकोपार्जन गरिरहेको यथार्थ कुरा व्यक्त गरे। दैनिक एक ट्याक्टर गिट्टी कुद्दा ७ हजारमा बिक्री हुन्छ। त्यति कुट्न एक जनालाई हप्ता दिनभन्दा बढी समय लाग्छ। एक तमासले गिट्टी कुट्दा ग्लोब्स लगाए पनि हातमा फोका उठ्छन्।

घामपानी, हावाहुरी र हिमपात र चिसो सहदै गिट्टी कुट्ने उनीहरूको रहर थिएन केवल बाध्यताको उपज मात्रै थियो। उनीहरूले मेहनतले कुटेको गिट्टी एक ट्याक्टर पुगेपछि ठेकेदार र ट्याक्टरवाला त्यही लिन आउछन्। ठेकेदारले काम सकिएपछि एकमुष्ट हिसाब गरेपछि मात्रै उनीहरूको हातमा पैसा थमाईदिन्छन्।

मुस्ताङमा संघीय तथा प्रादेशिक योजनाहरूमा काम गर्ने कतिपय जिल्ला बाहिरका मजदुर पनि दसैं मान्न घर फर्किएका छैन। राष्ट्रिय गौरवको आयोजना (बेनी-जोमसोम-कोरला) सडक आयोजनामा कार्यरत कतिपय मजदुर दसैं पर्वमा घर नफर्किएको आयोजना प्रमुख धुव्र झाले जानकारी दिए। उनले दसैंमा पनि सडक निर्माणको काम नरोकिने बताए।

यस्तै, पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले कार्यालय अन्तर्गतका पूर्वाधार विकासका काममा दसैं पर्वले आंशिक रुपमा प्रभावित बनाए पनि कतिपय ठाउँहरूमा काम भइरहेको बताए। ‘केही मजदुर दसैं मान्न घर फर्किसके,कतिपय मजदुर यही छन्, उनले भने,‘ हामीले विकास काम नरोक्ने गरी दसैंमा घर नजाने मजदुरलाई विकासको काममा व्यवस्थापन मिलाई सकेका छौं।’

दसैं पर्व नजिकिएसँगै मुस्ताङ सुनसान बन्दै गएको छ। जिल्ला स्थित कार्यालयका कर्मचारी र सुरक्षाकर्मी दसैं पर्वमा घर फर्किएकाले मुस्ताङ जिल्ला सुनसान बन्दै गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। दसैं पर्वकै कारण मुस्ताङ भ्रमण गर्ने नेपाली पर्यटकको उपस्थित समेत ज्यादै न्यून भएको छ। तर, विदेशी पर्यटकहरूको भने आंशिक चहलपहल कायमै छ।

पर्वतमा सडकबाट सय मिटर तल खस्यो गाडी, १० जना घाइतेअसोज २४-->      पोखराबाट १२ जना यात्रु बोकेर महाशिला जाँदै गरेको बी ए ...
10/10/2024

पर्वतमा सडकबाट सय मिटर तल खस्यो गाडी, १० जना घाइते

असोज २४

-->
पोखराबाट १२ जना यात्रु बोकेर महाशिला जाँदै गरेको बी ए ए १९९४ नम्बरको स्कार्पियो गाडी दुर्घटनामा परेको हो।

बुधबार राति १० बजे फलेवास नगरपालिका र महाशिला गाउँपालिका-५ मा लंखुमा गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी रविन विष्टले जानकारी दिए।

'गाडी सडकबाट सय मिटर तल खसेको थियो,' उनले भने, 'गाडीमा सवार १२ मध्ये १० जना घाइते भएका छन्।'

घाइते भएकाहरूको जिल्ला अस्पताल कुस्मा उपचार गरिएका ५ जना डिस्चार्ज भइसकेका छन्। ५ जनाको थप उपचार गर्न पोखरा रिफर गरिएको छ। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको डिएसपी विष्टले बताए।

सडक निर्माण गर्न त्यहाँ ढुंगाहरू छापिएका छन्। बाटो अप्ठारो भएकै कारण गाडी दुर्घटनामा परेको प्रहरी अनुमान छ।

रुकुम पश्चिम जाँदै गरेको गाडी ब्रेकफेल हुँदा १६ जना घाइतेबिहीबार, २४ असोज २०८१-->      नेपालगन्जदेखि रुकुम पश्चिम जाँदै ...
10/10/2024

रुकुम पश्चिम जाँदै गरेको गाडी ब्रेकफेल हुँदा १६ जना घाइते

बिहीबार, २४ असोज २०८१

-->
नेपालगन्जदेखि रुकुम पश्चिम जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानले दिएको जानकारी अनुसार लु २ ख ५००२ नम्बरको गाडी ब्रेक फेल भई सल्यानको कुमाख गाउँपालिका–३ स्थित चौरजहारी सडकमा भित्तामा ठोक्किन पुगेको हो ।

गाडीमा २० जना सवार रहेको प्रहरी निरीक्षक रमेश खत्रीले बताए । उनका अनुसार घाइते १६ जनामध्ये ४ जनाको अवस्था मध्यम र अन्य १२ जनाको अवस्था सामान्य रहेको छ । उनीहरुलाई उपचारका लागि मिसन अस्पताल चौरजहारी रुकुम पश्चिम पठाइएको छ ।

दुर्घटनापछि चालक सल्यान कुमाख ३ बस्ने २२ वर्षीय बसन्त बुढाथोकी फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए ।

Address

45400
Ramechhap
45400

Alerts

Be the first to know and let us send you an email when पहाडी नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share