Online Khabar Rautahat

Online Khabar Rautahat all about news like national and international

रौतहटको गरुडा नगरपालिकाले आफ्ना नगरभरिका किसानहरूलाई ५०% अनुदानमा भैंसी , विद्युत मोटर , पम्फसेट, चिलिङ्ग भ्याट,  पाश्चर...
26/07/2025

रौतहटको गरुडा नगरपालिकाले आफ्ना नगरभरिका किसानहरूलाई ५०% अनुदानमा भैंसी , विद्युत मोटर , पम्फसेट, चिलिङ्ग भ्याट, पाश्चराइजर, डिपफ्रिज, मिल्क‌एनलाइजर , मिल्क क्यान लगायतका सामग्रीहरू वितरण गरेको छ।
कृषि र कृषकको समग्र विकासको लागि गरूडा नगरपालिका सदैव योजनाबद्ध ढङ्गले लागिरहेको र जुनसुकै बेला पनि नगरपालिका कृषकको साथमा रहिरहेको नगरप्रमुख कन्थमणी प्रसाद जयसवालले बताउनुभयो ।

चन्द्रपुर - २ का हात्ती पिडितहरुले आज हात्ती नियन्त्रणको र सुरक्षाको माग गर्दै डिभिजन वन कार्यालय रौतहट घेराऊ गरेका छन्।...
13/07/2025

चन्द्रपुर - २ का हात्ती पिडितहरुले आज हात्ती नियन्त्रणको र सुरक्षाको माग गर्दै डिभिजन वन कार्यालय रौतहट घेराऊ गरेका छन्। #रौतहट

  मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । सिंगापुरले दिएको ११४ रनको लक्ष्य ...
05/07/2025


मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २८.५ ओभरमा ८ विकेटले पूरा गरेको हो ।

04/07/2025

#रौतहट #गौर
हेल्मेट, लात, मुक्का हानाहान, जग्गाको अंश भागबन्डा गर्न गौरमा जादा राजपुर नपा ५ बाट आएका आफन्तहरू बिच जग्गाको बिषयमा कुरा नमिलेपछि दुबै पक्षमा झडप भएको छ ।

रौतहटको गौरबाट शसस्त्र प्रहरीले स्रोत नखुलेको दुई लाख ५० हजार रुपैयाँ नगदसहित राष्ट्रिय अनुसन्धानको पूर्वकर्मचारीलाई जित...
03/07/2025

रौतहटको गौरबाट शसस्त्र प्रहरीले स्रोत नखुलेको दुई लाख ५० हजार रुपैयाँ नगदसहित राष्ट्रिय अनुसन्धानको पूर्वकर्मचारीलाई जितेन्द्र राउतलाई गौर भन्सार कार्यालय अगाडीबाट स्रोत नखुलेको २ लाख ५० हजार रुपैंयासहित सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।

03/07/2025

दु:खद् खबर ;
आज बिहान रौतहटको फतुवा बिजयपुर २ शितलपुर बस्ने ज्ञानी साहको ३० बर्षिय छोरा रोहित साह सोनारको खेतमा मोटरबाट पानी पटाउने क्रममा मोटरमा क*रेन्ट लागेर ज्या*न गएको छ ।

बाँकेको कोहलपुरमा अवस्थित बाल विद्या बोर्डिङ स्कुलकी छात्रा सृजना डिसीले SEE परीक्षामा पूर्ण ४.०० GPA ल्याएर अहिले सम्मक...
28/06/2025

बाँकेको कोहलपुरमा अवस्थित बाल विद्या बोर्डिङ स्कुलकी छात्रा सृजना डिसीले SEE परीक्षामा पूर्ण ४.०० GPA ल्याएर अहिले सम्मको बाँके र कोहलपुर क्षेत्रकै इतिहाँसमा नाम चम्काउन सफल भएकी छन्।🌟🎉

  रौतहटको मौलापुर नगरपालिका वडा नं. १ मर्यादपुरमा आज बिहान करिब ६ बजे एक गम्भीर घटना घटेको छ। मर्यादपुर निवासी मोहन राय ...
26/06/2025


रौतहटको मौलापुर नगरपालिका वडा नं. १ मर्यादपुरमा आज बिहान करिब ६ बजे एक गम्भीर घटना घटेको छ। मर्यादपुर निवासी मोहन राय यादवका करिब ३० वर्षीय छोरा राम बहादुर राय यादवलाई छुरा प्रहार गरी गम्भीर घाइते बनाइएको हो।

प्रहरीका अनुसार राम बहादुरमाथि फतुवा बिजयपुर नगरपालिका वडा नं. २ सितलपुर निवासी रुदल राय यादव को अन्दाजी ३० वर्षीय छोरा सुजित राय यादवले छुरा प्रहार गरेका हुन्। घटनास्थल मर्यादपुर चौकमा कामको सिलसिलामा दुवैबीच सामान्य भनाभन भएको र त्यसकै क्रममा रुदलले राम बहादुरमाथि छुरा प्रहार गरेका थिए।

घाइते राम बहादुरलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ र अवस्था गम्भीर रहेको जनाइएको छ।

छुरा प्रहार गर्ने सुजित राय यादवलाई तत्कालै मौलापुर प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

स्थानीय बासिन्दाले यस घटनाले समुदायमा त्रास फैलाएको बताएका छन्।

सुन चोरी गरेर फरार भएका एक व्यक्ति आठ महिनापछि पक्राउ परेका छन्। सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–७ भोटेनामलाङ ठुलोढ...
23/06/2025

सुन चोरी गरेर फरार भएका एक व्यक्ति आठ महिनापछि पक्राउ परेका छन्। सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–७ भोटेनामलाङ ठुलोढुङ्गाका २९ वर्षीय निरोज लामालाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

Emergency Help: नुवाकोट बेलकोटगढी नगरपालिका २ निवासी र क्यान्सरसँग जुधिरहनु भएका ज्ञानु प्रसाद न्यौपाने हिजो देखि सम्पर्...
21/06/2025

Emergency Help: नुवाकोट बेलकोटगढी नगरपालिका २ निवासी र क्यान्सरसँग जुधिरहनु भएका ज्ञानु प्रसाद न्यौपाने हिजो देखि सम्पर्कविहीन हुनुहुन्छ। उहाँलाई कतै देख्नुभएमा नजिकको प्रहरी चौकी वा तल दिइएका नम्बरमा खबर गरिदिनु होला।🙏

सम्पर्क नम्बरः ९८१८१२५६७६, ९७६३४८६३७२

जनचेतनामूलक छ है सबैले शेर गरौ!
18/06/2025

जनचेतनामूलक छ है सबैले शेर गरौ!

13/06/2025

हिजो India मा भएको Plane Crash मा 241 जना भन्दा बढीको मृत्यु भएको छ।💔

Address

Rautahat
Rautahat
44515

Telephone

+9779820941497

Website

Alerts

Be the first to know and let us send you an email when Online Khabar Rautahat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share