09/12/2026
अत्यन्तै दुःखद खबर: सल्यानला जिप दुर्घटना हुँदा दुइजनाको मृत्यु, चार जना घाइते:🥲
जिल्ला सल्यान, त्रिवेणी गाउँपालिका –०५ सिंखस्थित भित्री सडक-खण्डमा बोलेरो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
शनिबार बिहान करिब ०८:०० बजे लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा चालक जिल्ला सल्यान, त्रिवेणी गाउँपालिका–५ सिम्ख बस्ने २४ वर्षीय भुपाल पुनसहित ६ जना घाइते भएका थिए ।
घाइते मध्ये २ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएकोमा बिहान १०:२२ बजे चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका छन् ।
मृत्यु हुनेमा:-
१. जिल्ला सल्यान, त्रिवेणी गा.पा.-०६ पोखरी बस्ने वर्ष ८ को रेशम बुढाथोकी,
२. ऐ.-०५ सल्ले बस्ने वर्ष अं. १८ की बिपना बुढाथोकी ।
घाइते:-
१. चालक जिल्ला सल्यान, त्रिवेणी गा.पा. ५ सिम्ख बस्ने वर्ष २४ को भुपाल पुन,
२. ऐ.ऐ. बस्ने वर्ष २९ को पारस बोहरा,
३. ऐ.ऐ. बस्ने वर्ष ५० को डिल्ली बहादुर वली,
४. ऐ. ६ बस्ने वर्ष अं.४२ की लालमति बुढाथोकी रहेका छन् ।
घाइते ४ जनालाई त्रिवेणी हेल्थ केयर लुहाम सल्यानमा सामान्य उपचार पश्चात थप उपचारको लागी दाङ घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तर्फ पठाईएको छ भने दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
Source: Nepal Police