Jamuna Gautam Janu

Jamuna Gautam Janu #मञ्जरी
FM- 103.2MHz
प्रत्येक आईतबार राती 9:15-10:

samabeshimedia.com
17/10/2025

samabeshimedia.com

तिहार पर्व तथा महाकवि लक्ष्मीप्रसाद देवकोटा स्मृतिमा रुकुमकोटमा बृहत सांस्कृतिक तथा साहित्यिक कार्यक्रम

18/07/2025

पु्र्वि रुकुमको चौँरीखर्क ❤️❤️

एमाले निकट प्रेस चौतारीका अध्यक्ष(रुकुम)परिचन्द्र खत्री बिरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी परेको छ। कोइली शाही लाई पटक...
14/07/2025

एमाले निकट प्रेस चौतारीका अध्यक्ष(रुकुम)परिचन्द्र खत्री बिरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी परेको छ। कोइली शाही लाई पटक पटक तनाब दिएर आत्महत्या गर्न बाध्य पारेको परिवारको आरोप छ ।

रुकुम पूर्वको सिस्ने गाउँपालिकाको कार्यालय सहायक पदमा कार्यरत कोइली शाहीको मृत्यु प्रकरणमा प्रेस चौतारी रुकुम

भर्रखरै विवाह गरेको घरकी एक्ली बुहारी निजी बैंकमा ठूलो पदमा जागिरे थिइन् । उनकी सासुको करिब एक वर्षअघि निधन भएको थियो । ...
15/06/2025

भर्रखरै विवाह गरेको घरकी एक्ली बुहारी निजी बैंकमा ठूलो पदमा जागिरे थिइन् । उनकी सासुको करिब एक वर्षअघि निधन भएको थियो । घरमा वृद्ध ससुरा र श्रीमान् बाहेक कोही थिएनन् । श्रीमानको आफ्नै व्यवसाय थियो ।

केही दिनयता बुहारीसँग एउटा अनौठो कुरा चलिरहेको थियो । बुहारी घरायसी काम सकेर अफिस जाने बेलामा ससुराले भने, "बुहारी, मेरो चस्मा सफा गरेर मलाई दिन सक्छौ कि ?।" अफिस जाँदा बुहारीलाई ससुराले सधैं चस्मा सफा गर्न भन्थे । कामको दबाब रसमयमा काममा निस्कन नपाउदा कहिलेकाहीँ बुहारीलाई मनमा रिस उठ्छ तर ससुरालाई केही भन्न सक्दिनन् ।

ससुराको यस्तो बानीबाट बुहारी पुरै दिक्क भइन्, उनले पतिलाई सबै कुरा सुनाइन्, बुवाको यस्तो व्यवहार देखेर श्रीमान् पनि छक्क परे तर बुहारीलाई केही भनेनन् । बुबा श्रीमानले आफ्नी श्रीमतीलाई सल्लाह दिए कि बिहान उठ्ने बित्तिकै बुवाको चस्मा सफा गरेर कोठामा राखिदियों भने यो समस्या समाधान हुन्छ कि भनेर सुझाए ।

भोलिपल्ट बुहारीले पनि त्यस्तै गरिन् र बिहानै ससुराको चस्मा राम्ररी सफा गरेर कोठामा राखिन् तर त्यस दिन पनि त्यही घटना दोहोरिन पुग्यो र अफिस जानुअघि ससुराले बुहारीलाई बोलाएर चस्मा सफा गर्न भने। बुहारी रिसले रातो भइन् तर रिसलाई कन्ट्रोल गर्नुको विकल्प थिएन । बुहारीले जति उपाय गरे पनि बिहान अफिस जाँदा ससुराले चस्मा साफ गर्न अर्हाउन छोडेनन् ।

बिस्तारै केहि वर्ष यसरी नै बित्यो । अब बुहारी पनि परिवर्तन भइसकेको थिइन् । बिस्तारै उनले ससुराको कुरालाई बेवास्ता गर्न थालिन् र एक समय यस्तो आयो जब बुहारीले ससुरालाई पूर्ण रूपमा बेवास्ता गर्न थालिन् । ससुराले केही बोल्दा पनि उनले कुनै प्रतिक्रिया जनाइनन् र चुपचाप आफ्नो काममा व्यस्त भइन् । समय बित्दै जाँदा एक दिन वृद्ध ससुरा पनि बित्नुभयो ।

समयको चक्र रोकिनेवाला थिएन, घुमिरह्यो । त्यो दिन छुट्टी थियो। एक्कासी बुहारीको मनमा घर सफा गर्ने सोच आयो । घर सफा गर्न थालिन् । त्यसपछि सरसफाई गर्दागर्दै उनको मृत ससुराको डायरी भेटियो। जब बुहारीले ससुराको डायरी पल्टाउन थालिन्, त्यसको एउटा पानामा लेखिएको थियो —

"आजको चहलपहल, चरम तनाव र व्यस्त जीवनमा घरबाट बाहिर निस्किदा आफ्ना सन्तानले ठूलाको आशीर्वाद लिन बिर्सन्छन् । तर ठूलाको आशीर्वादले अप्ठ्यारो समयमा सधै कवचको काम गर्छ । त्यसैले त तिमीले चस्मा सफा गरेर झुकाएर मलाई दिरहदा, मनमनै म तिम्रो टाउकोमा हात राख्थें, किनकी मर्नुअघि तिम्रो सासुले मलाई मलाई भनेकी थिइन्, 'आफ्नो बुहारीलाई सधै माया गर्नु भन्नुभएको थियो । बुहारीलाई आफ्नो छोरी जस्तै बनाउनु र कहिले पनि उनी आफ्नो ससुराको घरमा छौ भन्ने आभास हुन नदिनु । उनको सानातिना गल्ती लाई आफ्नो अज्ञानता सम्झेर माफ गरिदिनु ।' यसैले मेरो आशिर्वाद सदैव तिम्रो साथमा छ बुहरी !

डायरी पढेपछि बुहारी रुन थालिन् ।आज ससुरा बितेको २ बर्ष भन्दा बढी भैसक्यो तर आज पनि हरेक दिन बिदा हुँदा घरमा, उनी आफ्नो ससुराको चश्मा सफा गर्छिन् र उनको टेबुलमा राख्छिन्, ताकी उनको नदेखेको हातबाट आशीर्वाद प्राप्त मिलिरहोस ।

---
जीवनमा हामी सम्बन्धको महत्व तबसम्म बुझ्दैनौं, जबसम्म हामीले महसुस गर्छौं, तिनीहरू हामीबाट टाढा भइसकेका छन्। यसैले आफ्ना अग्रज साथमा रहँदा नै सम्बन्धको सुमधुर बनाइरहनुहोस्

(सामाजिक सन्जालबाट साभार )

मनलाल ओली दाइलाई धन्यवाद,🙏कार्यक्रममा उपस्थितिको निम्ति पटक–पटक फोन गरेर आग्रह गर्नुभयो। आउन मन हुदाहुँदै पनि , स्वास्थ्...
04/04/2025

मनलाल ओली दाइलाई धन्यवाद,🙏
कार्यक्रममा उपस्थितिको निम्ति पटक–पटक फोन गरेर आग्रह गर्नुभयो। आउन मन हुदाहुँदै पनि , स्वास्थ्य अवस्था ठीक नभएकाले उपस्थित हुन सकिन।
भेट्ने धेरैजना प्रिय स्रष्टाहरू आउनुभएको थियो—केहीसँग प्रत्यक्ष परिचय छैन, तर उहाँहरूको कलमसँग भने परिचित छु।
कवियत्री मोमिला दिजू,🙏
तपाईं त सधैँ मेरो प्रेरणाको स्रोत। प्रत्यक्ष भेट्ने चाहना यसपटक अधुरै रह्यो, तर विश्वास छ—समयले साथ दिए फेरि कतै भेट होला।
दुरदराजमा यस्ता बृहत साहित्यिक कार्यक्रमहरू कमै हुने गर्छन्।
र पनि यति ठूलो कार्यक्रम आयोजना गर्नु आफैँमा एक ठूलो चुनौती हो।
तर सृजनाको तागत यति बलियो हुन्छ कि चुनौतीहरूलाई पनि उत्सव बनाइदिन सक्छ।

आज चैत्र २२ गते सिम्रुतुमा ठाडीभाका प्रतियोगिता सहितको कार्यक्रम हुँदैछ भने
भोलि चैत्र २३ गते मुसीकोटमा कविता प्रतियोगिता सहितको भव्य कार्यक्रमको तयारी भइरहेको छ।यति ठूलो ‘सृजना उत्सव’ कार्यक्रमको भव्य सफलता को हार्दिक शुभकामना!

राप्ती साहित्य परिषद् जिल्ला शाखा
रुकुम पुर्व अध्यक्ष : जमुना गौतम पुन

सर्वप्रथम मलाई यो संसार देखाउने  आमालाई मन देखी नै नमन र आज पर्न गएको हाम्रो जन्म दिनको अवसरमा फेसबुकबाट, फोनबाट, मेसेजब...
21/03/2025

सर्वप्रथम मलाई यो संसार देखाउने आमालाई मन देखी नै नमन र आज पर्न गएको हाम्रो जन्म दिनको अवसरमा फेसबुकबाट, फोनबाट, मेसेजबाट भेटेर जतिले हामीलाई शुभकामना व्यक्त गर्नु भएको छ हजुरहरू सम्पूर्णप्रति एकमुष्ठ हार्दिक आभार प्रकट गर्दछु ।

११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना
08/03/2025

११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना

Address

रुकुम पुर्व
Rukumkot

Alerts

Be the first to know and let us send you an email when Jamuna Gautam Janu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jamuna Gautam Janu:

Share