Radio Shuddhodhan

Radio Shuddhodhan Radio shuddhodhan 95.1 Mhz is situated at suddhodhan rural municipality ward no- 4, Rupandehi, Nepal
(2)

31/10/2025

सूचना... सूचना... सूचना...
निःशुल्क आँखा शिविर बस्ने बारे सूचना

सूचना... सूचना .... सूचना..... पर्स हराएको सूचना....यहि कार्तिक ११ गते शुद्धोधन मनपकडी देखि फर्साटिकर आउने क्रममा करिब ४...
30/10/2025

सूचना... सूचना .... सूचना.....
पर्स हराएको सूचना....
यहि कार्तिक ११ गते शुद्धोधन मनपकडी देखि फर्साटिकर आउने क्रममा करिब ४ देखि ७ बजेको बिचमा महत्त्वपूर्ण कागजपत्र रहेको पर्स हराएको हुँदा भेट्नुहुने वा फेला पार्नुहुने महानुभावहरुले रेडियो शुद्धोधनको कार्यालयमा सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछौं। सम्पर्क गरिदिनुहुने महानुभावहरूलाई उचित पुरस्कारको व्यवस्था रहेको छ।
सम्पर्क नम्बर :- 9847036945 , 9803468730
#हराएको_सूचना

30/10/2025

जिफण्टका केन्द्रिय उपाध्यक्ष कमल गौतमको निधन .....

30/10/2025

यस्तो रहेछ रातो पानी बगेको कारण…
#डुम्रे_खोला

29/10/2025

बुटवल-१६ कपरकट्टीमा सवारी दुर्घ-टना....

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ पिपल भञ्ज्याङमा लु प ०००१ ज ००९१ नम्बरको ईभी भ्यान दु-र्घटना हुँदा तीन जनाको मृत्यु ...
29/10/2025

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ पिपल भञ्ज्याङमा लु प ०००१ ज ००९१ नम्बरको ईभी भ्यान दु-र्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।
बुटवलबाट मेहालढापतर्फ जाँदै गरेको भ्यान बिहान करिब १० बजे तिर घट्ना भए तापनि स्थानीयहरूले १ बजेतिर थाहा पाएको जानकारी गराए।
घटनास्थलमै तीन जनाको मृ-त्यु भएको स्थानीयले बताए छ्न।
घटना किन र कसरी भयी भन्ने बारे बारेमा छानबिन भइरहेको प्रहरीले जानकारी गराएको छ।

लुक्लाबाट लोबुचे जाँदै गरेको Altitude Air को अल्फा माइक सेरा (AMS) हेलिकप्टर दुर्घटनामा परेको छ। दुर्घटनामा चालक सकुशल र...
29/10/2025

लुक्लाबाट लोबुचे जाँदै गरेको Altitude Air को अल्फा माइक सेरा (AMS) हेलिकप्टर दुर्घटनामा परेको छ। दुर्घटनामा चालक सकुशल रहेको जनाइएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

गैंडहवा सूर्यपुराको सन्तेश्वर घाटमा छठ पूजा सम्पन्न.....रुपन्देही । गैंडहवा गाउँपालिका–६ सूर्यपुरा सन्तेश्वर घाटमा यस वर...
28/10/2025

गैंडहवा सूर्यपुराको सन्तेश्वर घाटमा छठ पूजा सम्पन्न.....
रुपन्देही । गैंडहवा गाउँपालिका–६ सूर्यपुरा सन्तेश्वर घाटमा यस वर्षको छठ पर्व मंगलमय वातावरणमा सम्पन्न भएको छ।
हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर भजन–कीर्तनमा रमाएका श्रद्धालु भक्तजनहरूले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्वको समापन गरे। भक्तजनहरूले सूर्यदेव र छठी माईको आराधना गर्दै परिवारको सुख, शान्ति र समृद्धिको कामना गरे।
कार्यक्रममा प्रमुख अतिथि गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल रहनुभएको थियो भने विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समापन समारोहमा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष उमापतिनाथ मोरियाले सम्पूर्ण श्रद्धालु, सहयोगी संस्था तथा स्थानीय निकायप्रति धन्यवाद ज्ञापन गर्दै आगामी वर्ष अझ राम्रो व्यवस्थापनका साथ पर्व मनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

शुद्धोधन गाउँपालिका–३ सियाबार मन्दिर प्राङ्गणमा फर्साटिकरका श्रद्धालु भक्तजनहरूले बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ...
28/10/2025

शुद्धोधन गाउँपालिका–३
सियाबार मन्दिर प्राङ्गणमा फर्साटिकरका श्रद्धालु भक्तजनहरूले बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्वको समापन गरेका छन्।
हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर भजन–कीर्तनमा रमाएका भक्तजनहरूले आज बिहान पूजाअर्चना गर्दै सूर्यदेव र छठी माईको आराधना गरे।
कार्यक्रममा प्रमुख अतिथि शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्याल, अतिथि पालिका प्रवक्ता तथा वडा नं ४ का अध्यक्ष केशवप्रसाद अधिकारी, वडा नं ३ का अध्यक्ष हेम बहादुर खड्का, फर्साटिकर बजार टोल विकास संस्थाकी अध्यक्ष गोमा पाण्डे, पूर्व प्रदेश सांसद सोनिया यादव, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि र समाजसेवीहरूको उपस्थिती रहेको थियो।
कार्यक्रमको समापन गर्दै छठ पूजा व्यवस्थापन समितिका संयोजक रवि केसरीले सम्पूर्ण श्रद्धालु, सहयोगी संस्था र स्थानीय निकायलाई धन्यवाद ज्ञापन गर्दै आगामी वर्ष अझ राम्रो व्यवस्थापनका साथ पर्व मनाउने प्रतिबद्धता व्यक्त गरे।

बुटवल उपमहानगरपालिका–१८ सौराहस्थित तिनाउ नदी किनारमा स्थानीय श्रद्धालु भक्तजनहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर ...
28/10/2025

बुटवल उपमहानगरपालिका–१८ सौराहस्थित तिनाउ नदी किनारमा स्थानीय श्रद्धालु भक्तजनहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर भजन–कीर्तन गरी बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पूजा सम्पन्न गरेका छन्। कार्यक्रममा वडा अध्यक्ष गुरुप्रसाद पंगेनीको प्रमुख आतिथ्यता रहेको थियो।

शुद्धोधन-३ सियाबारमा मन्दिर प्राङ्गणमा फर्साटिकरका श्रद्धालु भक्तजनहरूले छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिए...
27/10/2025

शुद्धोधन-३ सियाबारमा मन्दिर प्राङ्गणमा फर्साटिकरका श्रद्धालु भक्तजनहरूले छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । श्रद्धालु भक्तजनहरूले रातभरि भजन–कीर्तन गर्दै भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गर्ने तयारी गरेका छन्।

26/10/2025

चोरी गरिएका गरगनाको बिल रसीद बरामत ......

#भाइटिका_चोरी
#बुटवल११
#नहरपुर
#सुन_चोरी
#लागूपदार्थ_सेवन
#प्रहरी_खोजी
#नकुल_शाही
#रुपन्देही_समाचार
#सावधान_रहनुस्
#स्थानीय_समाचार

Address

Suddhodhan-4, Pharsatikar
Rupandehi
32900

Alerts

Be the first to know and let us send you an email when Radio Shuddhodhan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Shuddhodhan:

Share

Category