The Daily Scroll Show

The Daily Scroll Show Official facebook Page of www.sansarsamachar.com

08/12/2023

बंगलादेश सरकारले अन्ततः नेपालबाट ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको छ। त्यहाँको मन्त्रिपरिषद्को आर्थिक समितिले बुधबार नेपालबाट विद्युत् आयात गर्ने प्रस्ताव सैद्धान्तिकरूपमा स्वीकृत गरेको ढाका ट्रिब्युनले जनाएको छ।

08/12/2023

यू १९ एसिया कप क्रिकेट आजदेखि सुरु हुँदैछ । यूएईमा पुस १ गतेसम्म चल्ने प्रतियोगितामा आठ टिम सहभागी छन् ।

प्रतियोगितामा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । नेपाली समयअनुसार खेल सवा ११ बजे सुरु हुनेछ । नेपाली टिमको नेतृत्व देव खनालले गरेका छन् । टिममा सिनियर टिमका नियमित खेलाडी अलराउन्डर गुल्सन झासमेत छन् ।

07/12/2023

पशुपतिनाथ मन्दिर परिसर र आसपासका विभिन्न क्षेत्रमा आजदेखि एक साता मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ ।

06/12/2023

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन्।

उनी नियमित उपचारका लागि मंगलबार राति गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बाँसबारीमा भर्ना भएको गृहमन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ।

05/12/2023

नेपालमा दर्ताका लागि टिकटकले पत्राचार गरेको छ । नेपाल सरकारले टिकटकलाई प्रतिबन्ध लगाएपछि औपचारिक रुपमै दर्ता हुन टिकटकले इमेल गरेको हो ।

05/12/2023

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले यू–१९ क्रिकेट टिमका खेलाडीहरुले पूर्वघोषित पुरस्कार रकम दुई दिनमै पाउने बताएका छन् ।

05/12/2023

बुटवलको कला, संस्कृति संरक्षण र युवा परिवारले देउसीँ भैलो खेलेको रकम अनाथ, अपाङ्ग, दृष्टिविहीन र बृद्धबृद्धालाई .....

05/12/2023

टिकटक बन्दविरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाई हुँदैछ।

05/12/2023

नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज दशरथ रङ्गशालामा ललितपुर सिटी फुटबल क्लब र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुने भएको छ ।

04/12/2023

काठमाडौंले अपराजित रहँदै प्रधानमन्त्री कप बागमती प्रदेश महिला छनोट प्रतियोगिताको उपाधि जितेको छ ।

Address

Butwal-03
Rupandehi

Alerts

Be the first to know and let us send you an email when The Daily Scroll Show posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share