Trend Nepal

Trend Nepal 📸 Photos & Videos
🔥 Trending Daily
🇳🇵 Trend Nepal nepal

😭💔 “म घर फर्किन्छु…” — यही अन्तिम शब्द थियो रेस्मिकाको… तर त्यो साँझपछि उनी कहिल्यै फर्किनन्। ⚖️😢खोटाङको दिप्रुङ चुइचुम्...
07/06/2026

😭💔 “म घर फर्किन्छु…” — यही अन्तिम शब्द थियो रेस्मिकाको… तर त्यो साँझपछि उनी कहिल्यै फर्किनन्। ⚖️😢
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ पञ्चमी बजारकी रेस्मिका परियार सपनाले भरिएकी, परिवारको भरोसा र संघर्ष गरिरहेकी एक मेहनती छोरी थिइन्। असम्बरी साना किसान कृषि सहकारी संस्थामा दिनभर काम सकेर उनी घरतर्फ लागेकी थिइन्। परिवारले पनि सधैंझैं उनको प्रतीक्षा गरिरहेको थियो… तर त्यो दिन नियतिले अर्कै मोड लिएको रहेछ। 💔
रात परिसक्दा पनि रेस्मिका घर नफर्किएपछि परिवार आत्तियो। गाउँभरिका मानिस टर्च बालेर जंगल–जंगल खोज्न निस्किए। आमाको मन छट्पटिएको थियो, आफन्तको आँखा आशाले भरिएको थियो। तर भोलिपल्ट मार्चे सामुदायिक वनको झाडीमा भेटिएको दृश्यले सबैलाई स्तब्ध बनायो। 😭
छरिएका चप्पल, अस्तव्यस्त कपडा, अनि आफ्नै सलले घाँटी कसिएको अवस्थामा भेटिएकी रेस्मिकाको शवले सिंगो गाउँलाई रुवायो। पोस्टमार्टम रिपोर्टले सामूहिक बलात्कारपछि हत्या गरिएको देखाएपछि यो घटना झन् पीडादायी बन्यो। एउटा निर्दोष छोरीमाथि भएको यस्तो क्रूरता सम्झँदा आज पनि धेरैको मुटु काँप्छ। ⚠️
घटनापछि प्रहरीले एक १६ वर्षीय किशोरलाई पक्राउ गरेर मुद्दा टुंग्याउन खोजेको आरोप लाग्यो। तर परिवार र स्थानीय भने चुप बसेनन्। “यो एक जनाको काम होइन” भन्दै उनीहरूले लगातार आवाज उठाइरहे। न्यायका लागि आन्दोलन भयो, दबाब बढ्यो, अनि अन्ततः उच्च अदालत ओखलढुङ्गाले थप अनुसन्धान गर्न आदेश दियो। ⚖️
९ महिनापछि प्रहरीले थप तीन जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा हेमन्त परियार, दिपक सुरीटर र दिपक राई रहेका छन्। अहिले घटनाबारे थप अनुसन्धान भइरहेको छ। 👮‍♂️
तर एउटा प्रश्न अझै जीवित छ — रेस्मिकाको आत्माले कहिले न्याय पाउने ? 😔
आज रेस्मिका केवल एउटा नाम होइनन्… उनी ती हजारौँ छोरीहरूको प्रतीक बनेकी छन्, जो सुरक्षित समाजको सपना देखिरहेका छन्। एउटा छोरी गुम्दा केवल परिवार रोएको हुँदैन, सिंगो समाज नै हारिरहेको हुन्छ। 💔🙏
😭😭😭

😥SEE मा जफत गरिएका करिब ५०० मोबाइल र स्मार्टवाच पानीमा डुबाएर नष्ट, सामाजिक सञ्जालमा चर्को आलोचना😡सिरहामा गत चैतमा भएको ...
07/06/2026

😥SEE मा जफत गरिएका करिब ५०० मोबाइल र स्मार्टवाच पानीमा डुबाएर नष्ट, सामाजिक सञ्जालमा चर्को आलोचना😡

सिरहामा गत चैतमा भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा विद्यार्थीहरूबाट जफत गरिएका करिब पाँच सय मोबाइल फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएको घटनाले अहिले सामाजिक सञ्जालमा ठूलो बहस सिर्जना गरेको छ। 😳

जिल्ला परीक्षा समन्वय समिति सिरहाले बिहीबार जिल्ला प्रहरी कार्यालय सिरहाको प्राङ्गणमा स्थानीय तहका जनप्रतिनिधि, शिक्षा समितिका पदाधिकारी र सञ्चारकर्मीहरूको रोहबरमा ती उपकरण नष्ट गरेको हो।

नष्ट गरिएका सामग्रीमा ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच रहेका छन्। ती उपकरणको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको जनाइएको छ। 💔

मधेस प्रदेशकी तत्कालीन शिक्षामन्त्री रानी शर्मा तिवारी ले परीक्षामा मोबाइल प्रयोग भएको पाइएमा नष्ट गर्ने घोषणा गरेकी थिइन्। सोही निर्देशनअनुसार परीक्षा सञ्चालन निर्देशिका विपरीत प्रयोग भएको भन्दै मोबाइल नष्ट गर्ने निर्णय गरिएको बताइएको छ। 😔

प्रहरीका अनुसार अधिकांश मोबाइललाई पानी भरिएको ड्रममा २४ घण्टासम्म डुबाएर नष्ट गरिएको थियो भने वाटरप्रुफ मोबाइलहरू फुटाएर पानीमा फालिएको थियो। “पुनः प्रयोग गर्न नमिल्ने सुनिश्चित गरेर मात्र प्रक्रिया अघि बढाइएको” अधिकारीहरूको भनाइ छ।

तर मोबाइल नष्ट गरिएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ। धेरैले अभिभावकले दुःख गरेर, ऋण काढेर वा किस्तामा किनिदिएको मोबाइल यसरी नष्ट गर्नु अमानवीय भएको बताएका छन्। 😢

सामाजिक सञ्जाल प्रयोगकर्ता दिप्सन भट्टराईले लेखेका छन् —✍🏻
“एसईईमा चिट चोर्ने आरो'पमा जफत गरिएका मोबाइल र स्मार्टवाच नष्ट गर्नु अत्यन्तै गलत र अविवेकी कदम हो। चिट चोर्ने विषयमा कारबाही गर्नुपर्छ, तर व्यक्तिगत सम्पत्ति यसरी नष्ट गर्नु न्याय होइन, दमन हो।”

त्यस्तै मोहन के. तामाङले टिप्पणी गरेका छन् ✍🏻
“बिचरा कति जनाले त किस्ता अझै बुझाउँदै होलान् 🥲 चिट चोर्ने विद्यार्थीलाई सजाय दिनुपर्छ, उसको निजी सम्पत्तिलाई होइन।” 😭

मनोज खुलिङले पनि आक्रोश व्यक्त गर्दै लेखेका छन् ✍🏻
“ठूलै अप'राध गरे जस्तो 😡😡”

कतिपयले मोबाइल फिर्ता दिन जरिवाना तिराउनुपर्ने, वा लिलामी गरेर आएको रकम शिक्षा क्षेत्रमा लगानी गर्न सकिने विकल्प रहेको बताएका छन्। 📱
🙏🇳🇵

कस्तो संयोग ! ‘Waiting for D'eath’ लेखेकी १६ वर्षीया रिया बर्माको स'र्पदंशबाट नि'धनकपिलवस्तुकी १६ वर्षीया रिया बर्माको स...
06/06/2026

कस्तो संयोग ! ‘Waiting for D'eath’ लेखेकी १६ वर्षीया रिया बर्माको स'र्पदंशबाट नि'धन

कपिलवस्तुकी १६ वर्षीया रिया बर्माको सर्पदंशका कारण दुःखद नि'धन भएको छ। सामाजिक सञ्जाल टिकटकमा उनले आफ्नो परिचयमा ‘Waiting for Death’ (मृ'त्युको पर्खाइमा) लेखेकी थिइन्। उनको असामयिक नि'धनपछि उक्त टिकटक बायो सामाजिक सञ्जालमा चर्चा र चासोको विषय बनेको छ।

बुधबार मध्यराति घरभित्र पसेको वि'षालु स'र्पले डसेपछि रियाको स्वास्थ्य अवस्था अचानक गम्भीर बनेको परिवारले जनाएको छ। छोरीको अवस्था बिग्रिएपछि परिवारले तत्काल कपिलवस्तु अस्पताल पुर्‍याएका थिए। त्यहाँबाट थप उपचारका लागि गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्र लगिए पनि चिकित्सकहरूले उनलाई बचाउन सकेनन्।

रिया बर्मा परिवारकी एक्ली सन्तान थिइन्। उनले भर्खरै तौलेश्वरनाथ संस्कृत माध्यमिक विद्यालयबाट एसईई उत्तीर्ण गरेकी थिइन् र कक्षा ११ को अध्ययन सुरु गर्ने तयारीमा थिइन्। उनको निधनले परिवार, आफन्त, साथीभाइ तथा विद्यालय समुदायलाई स्तब्ध बनाएको छ।

उनको टिकटक प्रोफाइलमा रहेको ‘Waiting for Death’ भन्ने वाक्यांशलाई लिएर विभिन्न टिप्पणीहरू भइरहेका छन्। यद्यपि, सामाजिक सञ्जालमा यस्ता अभिव्यक्ति धेरैजसो भावनात्मक अवस्था, साहित्यिक रुचि, गीतका शब्द वा व्यक्तिगत मनोभाव व्यक्त गर्ने माध्यमका रूपमा प्रयोग हुने भएकाले यसलाई घटनासँग प्रत्यक्ष जोडेर व्याख्या गर्नु उचित नहुने जानकारहरू बताउँछन्।

रियाको निधनसँगै बर्मा परिवार शोकमा डुबेको छ। एक्ली छोरी गुमाएको पीडाले परिवारका सदस्यहरू विक्षिप्त बनेको स्थानीयवासीहरूले बताएका छन्।

रिया बर्माप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना।
😭😭😭😭

 #अत्यधिक परस्त्री मोह भएका नेपाली ब्रो'ले घर अगाडि श्रीमतीलाई बाटो ढुकेर बसेका थिए, स्कुटीमा घर आउदै गरेकी ईश्वरिलाई पछ...
06/06/2026

#अत्यधिक परस्त्री मोह भएका नेपाली ब्रो'ले घर अगाडि श्रीमतीलाई बाटो ढुकेर बसेका थिए, स्कुटीमा घर आउदै गरेकी ईश्वरिलाई पछाडीबाट टाउकोमा रड प्र'हार गरे, लखटी लखटी मा'रेर छाडे ।

काठमाडौँ । टिकटकमा ‘नेपाली ब्रो’ नामले परिचित ४२ वर्षीय कुमार थापा मगरले आफ्नी ४२ वर्षीया पत्नी ईश्वरी भुजेलको निर्मम ह'त्या गरेका छन्। तारकेश्वर नगरपालिकास्थित लोलाङ, पैँयुटारमा शुक्रबार राति करिब १०:१० बजे कुमारले ईश्वरीमाथि फलामको र'ड प्र'हार गरेका थिए। टाउकोमा ग'म्भीर चो'ट लागेकी ईश्वरीको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा निधन भएको हो।

योजनाबद्ध आ'क्रमण र ह'त्या: जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार ईश्वरी सैनिक सेवामा कार्यरत थिइन् भने उनीहरूबीच केही समयदेखि सम्बन्ध विच्छेदको तयारी चलिरहेको थियो। शुक्रबार बेलुकी ईश्वरी कामबाट फर्किने समयको पूर्वअनुमान गरी कुमार पैँयुटारस्थित घर अगाडि बाटो ढुकेर बसेका थिए। ईश्वरी स्कुटीमा सवार भई घरनजिकै पुग्नासाथ कुमारले उनीमाथि र'डले घा'तक प्रहा'र गरेका थिए।

अस्पताल पुर्‍याउँदा पुर्‍याउँदै मृ'त्यु: घट'नालगत्तै स्थानीय प्रत्यक्षदर्शीहरूले रक्ताम्मे अवस्थाकी ईश्वरीलाई तत्कालै उद्धार गरी स्थानीय तारकेश्वर अस्पताल पुर्‍याएका थिए। तर, अत्यधिक रक्तस्रावका कारण उनको अवस्था जटिल बनेपछि थप उपचारका लागि उनलाई त्रिवि शिक्षण अस्पताल (टीचिंग) रिफर गरिएको थियो। शिक्षण अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी वार्ड) मा उपचारकै क्रममा चिकित्सकहरूले उनलाई मृ'त घोषित गरे।

अभियुक्त ‘नेपाली ब्रो’ प्रहरी नियन्त्रणमा: आफूलाई सामाजिक सञ्जालमा रेस्लर र फाइटरका रूपमा समेत चिनाउने अभियुक्त कुमार थापा मगरलाई प्रहरीले घटना घटेको केही बेरमै शुक्रबार राति बालाजु क्षेत्रबाट नियन्त्रणमा लिएको हो। एसपी भट्टराईका अनुसार पक्राउ परेका कुमारलाई हाल जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखेर घटनाको सम्बन्धमा थप कानुनी अनुसन्धान अगाडि बढाइएको छ। स्थानीयका अनुसार नेपाली ब्रो परस्त्री मोहका थिए । घटनाको दिन उनले लखटदै ह'त्या गरेका हुन् ।💔😢😭😭😭😭
#𝐒𝐚𝐝𝐍𝐞𝐰𝐬

😥SEE मा जफत गरिएका १ करोडभन्दा बढी मूल्यका करिब ५०० मोबाइल र स्मार्टवाच पानीमा डुबाएर नष्ट, सामाजिक सञ्जालमा चर्को आलोचन...
04/06/2026

😥SEE मा जफत गरिएका १ करोडभन्दा बढी मूल्यका करिब ५०० मोबाइल र स्मार्टवाच पानीमा डुबाएर नष्ट, सामाजिक सञ्जालमा चर्को आलोचना😡

सिरहामा गत चैतमा भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा विद्यार्थीहरूबाट जफत गरिएका करिब पाँच सय मोबाइल फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएको घटनाले अहिले सामाजिक सञ्जालमा ठूलो बहस सिर्जना गरेको छ। 😳

जिल्ला परीक्षा समन्वय समिति सिरहाले बिहीबार जिल्ला प्रहरी कार्यालय सिरहाको प्राङ्गणमा स्थानीय तहका जनप्रतिनिधि, शिक्षा समितिका पदाधिकारी र सञ्चारकर्मीहरूको रोहबरमा ती उपकरण नष्ट गरेको हो।

नष्ट गरिएका सामग्रीमा ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच रहेका छन्। ती उपकरणको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको जनाइएको छ। 💔

मधेस प्रदेशकी तत्कालीन शिक्षामन्त्री रानी शर्मा तिवारी ले परीक्षामा मोबाइल प्रयोग भएको पाइएमा नष्ट गर्ने घोषणा गरेकी थिइन्। सोही निर्देशनअनुसार परीक्षा सञ्चालन निर्देशिका विपरीत प्रयोग भएको भन्दै मोबाइल नष्ट गर्ने निर्णय गरिएको बताइएको छ। 😔

प्रहरीका अनुसार अधिकांश मोबाइललाई पानी भरिएको ड्रममा २४ घण्टासम्म डुबाएर नष्ट गरिएको थियो भने वाटरप्रुफ मोबाइलहरू फुटाएर पानीमा फालिएको थियो। “पुनः प्रयोग गर्न नमिल्ने सुनिश्चित गरेर मात्र प्रक्रिया अघि बढाइएको” अधिकारीहरूको भनाइ छ।

तर मोबाइल नष्ट गरिएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ। धेरैले अभिभावकले दुःख गरेर, ऋण काढेर वा किस्तामा किनिदिएको मोबाइल यसरी नष्ट गर्नु अमानवीय भएको बताएका छन्। 😢

सामाजिक सञ्जाल प्रयोगकर्ता दिप्सन भट्टराईले लेखेका छन् —✍🏻
“एसईईमा चिट चोर्ने आरो'पमा जफत गरिएका मोबाइल र स्मार्टवाच नष्ट गर्नु अत्यन्तै गलत र अविवेकी कदम हो। चिट चोर्ने विषयमा कारबाही गर्नुपर्छ, तर व्यक्तिगत सम्पत्ति यसरी नष्ट गर्नु न्याय होइन, दमन हो।”

त्यस्तै मोहन के. तामाङले टिप्पणी गरेका छन् ✍🏻
“बिचरा कति जनाले त किस्ता अझै बुझाउँदै होलान् 🥲 चिट चोर्ने विद्यार्थीलाई सजाय दिनुपर्छ, उसको निजी सम्पत्तिलाई होइन।” 😭

मनोज खुलिङले पनि आक्रोश व्यक्त गर्दै लेखेका छन् ✍🏻
“ठूलै अप'राध गरे जस्तो 😡😡”

कतिपयले मोबाइल फिर्ता दिन जरिवाना तिराउनुपर्ने, वा लिलामी गरेर आएको रकम शिक्षा क्षेत्रमा लगानी गर्न सकिने विकल्प रहेको बताएका छन्। 📱

अहिले यो घटनाले परीक्षा अनुशासन, कानुनी प्रक्रिया, व्यक्तिगत सम्पत्ति र मानवीय संवेदनाबारे देशभर बहस सुरु गराएको छ।

आफ्नै खेत जोत्ने गोरुको मुख माटोमा कोचेर अ’त्याचार गर्ने प्युठानका यी व्यक्ति, जसले क्रु’रताको भिडियो आफैँ टिकटकमा हालेर...
04/06/2026

आफ्नै खेत जोत्ने गोरुको मुख माटोमा कोचेर अ’त्याचार गर्ने प्युठानका यी व्यक्ति, जसले क्रु’रताको भिडियो आफैँ टिकटकमा हालेर गर्व गरे!"
प्युठानमा घटेको एक अत्यन्तै निन्दनीय र अमानवीय घटना हो। जोत्दाजोत्दै थाकेको गोरुमाथि क्रु’र र नि’र्दयी व्यवहार गर्ने गौमुखी गाउँपालिका १ का ३६ वर्षीय जालिराम थापा मगरलाई प्रहरीले प’क्राउ गरी कानुनी कारबाही अगाडि बढाएको छ।
जालिरामले आफ्नै खेतबारीमा गोरु जोतिरहेका थिए। गोरु थाकेर हिँड्न नसकी खेतमा थचक्क बसेपछि उनले गोरुको नाक र मुख जबरजस्ती माटोमा गाडिदिएका थिए र श्वास फेर्न समेत नमिल्ने गरी निर्दयीपूर्वक कु’टपिट गरेका थिए। उनले गोरुमाथि गरेको यो अ’त्याचारको भिडियो आफैँ खिचेर फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जनस्तरबाट उनको तीव्र आलो’चना र कारबाहीको माग उठेको थियो। 😭😭😭

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले गरेको ड्रोन तथा क्षेप्यास्त्र (मिसायल) आक्रमणमा परी ६३ जना घाइते भएका छन् । कुव...
04/06/2026

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले गरेको ड्रोन तथा क्षेप्यास्त्र (मिसायल) आक्रमणमा परी ६३ जना घाइते भएका छन् । कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार आज बिहानै भएको यस भीषण आक्रमणमा विमानस्थलको एउटा टर्मिनल भवनमा ठूलो क्षति पुगेको छ । घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेकाले सात जनाको आकस्मिक रूपमा ठूलो शल्यक्रिया (मेजर सर्जरी) समेत गरिएको मन्त्रालयले पुष्टि गरेको छ ।

यो घातक आक्रमण आज बिहान सबेरै भएको थियो, जसमा परी एक जनाको ज्यान समेत गएको छ । आक्रमणका कारण विमानस्थलका महत्त्वपूर्ण संरचनाहरूका साथै नजिकै रहेका विभिन्न देशका कूटनीतिक नियोग (दूतावास) का भवनहरूमा पनि ठूलो क्षति पुगेको कुवेती अधिकारीहरूले बताएका छन् । घटनालगत्तै कुवेतले आफ्नो व्यावसायिक हवाई उडान सेवालाई स्थगित गर्दै विमानस्थल पूर्ण रूपमा बन्द गरेको छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले यस आक्रमणको जिम्मेवारी लिएको छ । क्षेत्रमा अमेरिका र इरानबीच बढ्दै गएको सैन्य तनावका बीच यो आक्रमण भएको हो । कुवेती नागरिक उड्डयन प्राधिकरणले सुरक्षालाई ध्यानमा राख्दै कुवेत आउने सम्पूर्ण विमानहरूलाई अन्य वैकल्पिक विमानस्थलतर्फ डाइभर्ट (मार्ग परिवर्तन) गरिएको जानकारी दिएको छ ।😭😭😭😭

बराहक्षेत्र नगरपालिका वडा नं. २ स्थित बीस आरडी पूर्व गहने खोलाको दलदलमा फसेर जंगली हात्तीको बच्चाको मृत्युु भएको छ ।   ह...
04/06/2026

बराहक्षेत्र नगरपालिका वडा नं. २ स्थित बीस आरडी पूर्व गहने खोलाको दलदलमा फसेर जंगली हात्तीको बच्चाको मृत्युु भएको छ । हार्दिक श्रद्धाञ्जली

💔😭 “आमा, म टफी खान जान्छु…” भनेर गएको १८ महिनाको आरव कहिल्यै फर्किएन !अझ राम्ररी बोल्न पनि सिकेको थिएन…आफ्नो नाम स्पष्ट ...
02/06/2026

💔😭 “आमा, म टफी खान जान्छु…” भनेर गएको १८ महिनाको आरव कहिल्यै फर्किएन !
अझ राम्ररी बोल्न पनि सिकेको थिएन…
आफ्नो नाम स्पष्ट भन्न सक्दैनथ्यो…
आमाको काख नै उसको सिंगो संसार थियो। 😢

एकतर्फी प्रेमको प्रस्ताव अस्वीकार गर्दा एक सनकी युवकले डेढ वर्षका मासूम बालकको सडकमै 8-पटक पछारेर बीभत्स हत्या गरेका छन्। भारतको उत्तर प्रदेश स्थित फिरोजाबादमा घटेको यो क्रूर घटनाको भिडियो पासैमा रहेको सीसीटीभी क्यामेरामा समेत कैद भएको छ।
प्रहरीले घटनाको केही घण्टाभित्रै आरोपी विराज उर्फ जितेन्द्र पाठकलाई मुठभेडका क्रममा दुवै खुट्टामा गोली हानी पक्राउ गरेको छ।
शिकोहाबाद थाना क्षेत्रको यादव कोलोनीमा बस्ने रती नामकी महिला (नातामा आरोपीकी भाउजू पर्ने) सँग आरोपी विराज एकतर्फी प्रेममा थिए। रती आफ्ना श्रीमानसँगको विवादका कारण कानुनी सल्लाह लिन आमा पिंकी देवी र डेढ वर्षका छोरा आरवका साथ त्यहाँ पुगेकी थिइन्।
आरोपी विराज पनि रतीको लोकेसन पछ्याउँदै त्यहाँ पुगे र श्रीमानलाई डिभोर्स दिएर आफूसँग विवाह गर्न दबाब दिए। तर, आमा-छोरी दुवैले उनको प्रस्तावलाई ठाडो अस्वीकार गरिदिए। विवाहको प्रस्ताव अस्वीकार गरेपछि आक्रोशित बनेका विराजले प्रतिशोध लिने खतरनाक योजना बनाए।
टफी किनिदिने बहानामा क्रूरताको सीमा पार
आरोपी विराजले डेढ वर्षका मासूम बालक आरवलाई टफी (चकलेट) किनिदिने बहानामा फकाएर घरबाहिर लगेका थिए। घरबाट करिब ५० मिटर टाढा सुनसान सडकमा पुर्‍याएपछि उनले बालकलाई हावामा उचाल्दै ढुङ्गा बझारे जस्तै गरी लगातार ८ पटकसम्म जमिनमा बजारिदिए। ३४ सेकेण्डको उक्त खौफनाक सीसीटीभी फुटेजमा बालकको हत्या गरेपछि आरोपीले चारैतिर हेरेर शवलाई घरको गेट अगाडि छाडी भागेको देखिन्छ।
काखको बच्चा निकै बेर सम्म नफर्किएपछि हेर्न जाँदा आमा र हजुरआमाले गेटमा बालकको शव रगतम्य अवस्थामा फेला पारेका थिए। सीसीटीभी फुटेज सार्वजनिक भएपछि स्थानीय क्षेत्रमा ठूलो शोक र आक्रोश फैलिएको छ।
प्रहरी मुठभेडमा आरोपी पक्राउ
बालककी हजुरआमाको उजुरीका आधारमा प्रहरीले तत्कालै टोली परिचालन गरेको थियो। घटना घटेको केही घण्टाभित्रै, राति साढे ८ बजे भुडा भरतरा सडक खण्डमा प्रहरी र आरोपीबीच मुठभेड भएको थियो। सो क्रममा प्रहरीले चलाएको गोली आरोपी विराजको दुवै खुट्टामा लागेपछि उनलाई नियन्त्रणमा लिइएको छ। प्रहरीले घटनाको थप कानुनी प्रक्रिया अघि बढाएको छ।

आरवलाई थाहा थिएन कि उसलाई कहाँ लगिँदैछ।
उसले कसैलाई शंका गरेन।
किनकि ऊ त संसारको छलकपट नबुझेको एक निर्दोष बालक थियो। 🥺

आज…
उसका खेलौनाहरू कोठामै छन्।
उसले लगाउने साना कपडाहरू यथावत् छन्।
आमाले उसको आवाज खोजिरहेकी छिन्।

तर सानो आरव भने अब कहिल्यै फर्किने छैन… 😭🕯️

एउटी आमाको काख रित्तियो।
एउटा परिवारको उज्यालो निभ्यो।
र संसारले फेरि एउटा निर्दोष बालक गुमायो। 💔

🙏 सानो आरवप्रति हार्दिक श्रद्धाञ्जली।
⚖️ दोषीमाथि कानुनअनुसार कडा कारबाही होस्।

तपाईं पनि सानो आरवको आत्माको चिरशान्तिको कामना गर्नुहुन्छ भने 🙏 लेखेर श्रद्धाञ्जली व्यक्त गर्नुहोस्।

😭😭😭

02/06/2026

Address

नेपाल
Salyan
2200

Alerts

Be the first to know and let us send you an email when Trend Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share