31/05/2024
यी तीन वटा तस्बिर हेर्नुहोस
तस्बिर नम्बर एक भर्खरै संघीय सरकार का प्रधानमन्त्री तथा अन्य साम्सद आएर उद्घाटन गरेको दार्मा गाउ पालिका को प्रमुख प्रसासकिय भवन हो ।
अनि बाकी का २ तस्बिर हरु त्यही भबन बनाउन कर तिरिरहेका जनता ले ब्यहोर्नु परेको सास्ती हो । त्यो पनि खानेपानी जस्तो सम्बेदनशिल कुरा मा
अब गाउँ गाउँ मा सिंहदरबार को नारा लागाउने अनि हामीले जन आन्दोलन गरेर ल्याएको संघीयता भन्ने मावोबादी कै मान्छे ले यो ठाउँ मा एकल सत्ता चलाइरहेका छन ।
उनकै पार्टी प्रदेश सरकार मा छ अनि उनकै पार्टी संघीय सरकारमा पनि
कबर्ड हल बनाउन लागेको खर्चले साहेद यो पानी को समस्या सामधान हुन्थ्यो होला । तर यिनिहरु ले यो समस्या को सामधान गर्दैनन किन भने यो नै यिनिहरुको चुनाबी एजेन्डा हो ।
आदरणीय दार्मा गाउपालिका अध्यक्ष ज्यु हामी भुइ मान्छे ले भनेको कुरा साहेद तपाइलाइ सुन्न समय छैन हेक्का रहोस दोस्रो कार्यकाल खादै हुनुहुन्छ अब अन्तिम कार्यकाल पनि हो जुन आशा र भरोसा ले तपाइलाइ जिताए त्यो आशा नमारिदिनुहोस ।
थाहा छ स्थानीय तह बाट मात्रै यति खर्चिलो बजेट पास गर्न गारो छ तर तपाईं एउटा जाबो भबन त्यो पनि जनता को रगत को पैसा ले बनाएको एउटा आलिसान घर उद्घाटन गर्न प्रधानमन्त्री बोलाउन सक्नु हुन्छ भने साहेद यस्को लागि बजेट बिनियोजन गर्न तपाइलाइ समस्या छैन अगामी आर्थिक बर्ष को बजेट मा पार्टी केन्द्रीत बजेट न आवोस है ।।
नोट : कुनै पार्टीको सादारण सदस्य पनि हैन त्यसैले म एउटा दार्मा बासी को रुपम यो पोस्ट लेख्दै छु ।
#दार्मा