08/08/2024
पुस्तकका बारेमा केही रोचक तथ्य :
१) हवार्ड विश्वविद्यालयको पुस्तकालयमा संग्रहित ४ वटा पुस्तकहरू मानव छालाद्वारा मोहडिएकाछन् ।
२) आइसल्याण्डमा प्रतिव्यक्तिको हिसाबले सर्वाधिक मानिसहरूले पुस्तक पढ्छन् ।
३) पुस्तक पढ्ने बानी भएका मान्छेहरूमा अल्जाइमर (बिर्सने रोग) लाग्ने सम्भावना कम हुन्छ ।
४) ब्राजिलमा कैदीहरूलाई एउटा पुस्तक पढेवापत ४ दिन कैद माफ हुन्छ ।
५) भर्जिनिया वुल्फले आफ्ना सबै पुस्तक उभिएर लेखेकी थिइन् ।
६) बाइबल सबैभन्दा बढी चोरी हुने पुस्तक हो । पढिएको पुस्तक पनि हो ।
७) रुजवेल्टले हरेक दिन सरदर एउटा पुस्तक पढ्थे ।
८) दुनियाभरमा २०,००० पुस्तक चेसको बारेमा लेखिएका छन् ।
९) भिक्टर ह्युगोको "Les Misérables" नामक पुस्तकको एउटा वाक्यमा ८२३ शब्दहरु छन् ।
१०) 'hurry' र 'addiction' शब्द पहिलोपटक शेक्सपियरले प्रयोग गरेका थिए ।
११) न्युयोर्क पब्लिक पुस्तकालयका सम्पूर्ण पुस्तकहरू लाइन लगाएर राख्ने हो भने ८ माइल लामो हुनेछ ।
१२) लियो तोल्सतोयकी पत्नीले `War and Peace´ नामक पुस्तक प्रकाशित हुनुअघि ७ पटक पाण्डुलिपि हस्तलेखन गरेकी थिइन् ।
१३) नोवाह वेवेस्टरलाई पहिलो शब्दकोश तयार पार्न ३६ वर्ष लागेको थियो ।
१४) महाभारत ग्रन्थमा १,२०० पात्रहरु छन् ।
- साभार गुगल ।