27/09/2025
विजयादशमी 2082 को शुभकामना
आदरणीय महानुभावहरू,
यस वर्षको विजयादशमी (दशैँ) पर्वको अवसरमा हामी होटेल कार्की परिवार तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
दशैँ पर्वले ल्याउने शान्ति, समृद्धि, सुख र स्वास्थ्य तपाईंहरूको जीवनमा भरपुर रहोस् भन्ने हाम्रो मंगलकामना छ ।
हामी सबैसँगै अघि बढ्ने यात्रामा तपाईंहरूको साथ, स्नेह र विश्वास सधैं रहिरहोस् ।
यस पर्वले हाम्रा पारिवारिक, सामाजिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउन सकोस् भन्ने हाम्रो शुभेच्छा छ ।
पुनः, विजयादशमी 2082 को अवसरमा तपाईं र तपाईंका सम्पूर्ण परिवारजनमा सुख, शान्ति र समृद्धिको वर्षा होस् भन्ने होटेल कार्की परिवारको तर्फबाट हार्दिक शुभकामना ।
यसै अवसरमा, होटेल कार्कीमा विशेष दशैँ अफर पनि रहेको जानकारी गराउन चाहन्छौं ।
👉 हाम्रो होटलमा खाना खान आउनुहुने पाहुनाहरूमाझ विशेष छुट तथा आकर्षक अफर उपलब्ध छ ।
👉 स्वादिष्ट खाना, आत्मीय सेवा र सस्तो दरमा परिवारसहित रमाइलो समय बिताउन पाउने अवसर मिल्नेछ ।