Ratoghar

Ratoghar यो www.ratoghar.com को आधिकारिक फेसबुक पेज हो ।
(3)

07/09/2026

छानबिन प्रतिबेदन लुकाउन खोजेको स्थानियको आ'रोपपछी द'बाबमा पर्यो सिमरा खानेपानी । सर्वजनिक नगरी सुखै पाएनन् !

भोटेकोशी बाढीमा ज्या'न गु'माउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, बे'पत्ता भएकाहरूको उद्धार तथा अस्पतालमा उपचार...
07/09/2026

भोटेकोशी बाढीमा ज्या'न गु'माउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, बे'पत्ता भएकाहरूको उद्धार तथा अस्पतालमा उपचाररत घा'इतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नेपाल पर्यटन बोर्डमा दीप प्रज्वलन कार्यक्रम गरिएको छ।

वि'पत्तिको यस क'ठिन घ'डीमा दि'वंगत आ'त्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हा'र्दिक सम'वेदना व्यक्त गरिएको छ। साथै, महाक'ठिन परिस्थितिबीच उद्धारको पर्खाइमा रहेका बे'पत्ताहरू सकुशल भेटिऊन् र घा'इतेहरूले शीघ्र स्वास्थ्यलाभ गरून् भन्ने कामनासहित दीप प्रज्वलन गरिएको हो।

🕯️ दिवंगतप्रति हा'र्दिक श्र'द्धाञ्जली।
🙏 बे'पत्ताको सकुशल उद्धार र घा'इतेको शी'घ्र स्वास्थ्यलाभको कामना।

कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१० खड्खदेमा टिकटक बनाउने क्रममा १५ वर्षीया 'सृष्टि सुनार' महाकाली नदीमा खसेर बे'पत्ता...
07/09/2026

कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१० खड्खदेमा टिकटक बनाउने क्रममा १५ वर्षीया 'सृष्टि सुनार' महाकाली नदीमा खसेर बे'पत्ता भएकी छन्।

टिकटकका लागि भिडियो बनाइरहेकै क्रममा नदीमा खसेकी सृष्टि त्यसपछि सम्पर्कविहीन भएकी हुन्। घ'टना भएपछि परिवारजनमा रु'वाबासी चलेको छ भने उनको खोजीका लागि उ'द्धार टोली परिचालन गरिएको छ।

📍स्थान : दोधारा–चाँदनी–१०, खड्खदे, कञ्चनपुर
बे'पत्ता : १५ वर्षीया सृष्टि सुनार

07/09/2026

सिमरा खानेपानीको छानबिन प्रतिबेदन सार्वजनिक गर्न अनाकानी गरेपछि भनाभनको स्थितसम्म पुग्यो।

वि'पद्बाट प्रभावित नागरिकको उ'द्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले विराटनगर महानगरपालिकाले प्रधानमन...
07/09/2026

वि'पद्बाट प्रभावित नागरिकको उ'द्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले विराटनगर महानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उ'द्धार कोषमा १ करोड १ हजार रुपैयाँ जम्मा गरेको छ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।

महानगरपालिकाले विपद् व्यवस्थापन कोषबाट ११ लाख रुपैयाँ तथा जनप्रतिनिधिको सेवा सुविधा, कर्मचारी र सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाको मासिक पारिश्रमिकबाट समेत रकम जुटाएर सहयोग गरेको जनाएको छ।

विपद्को क'ठिन घडीमा पी'डित नागरिकको राहत र पुनःस्थापनाका लागि स्थानीय तहबाट गरिएको यो सहयोगले सरकारको राहत प्रयासमा थप बल पुग्ने अपेक्षा गरिएको छ।🙏

मध्यराति घरमै सुतिरहेका वृद्ध दम्पतीलाई लक्षित गर्दै मुखमा डोरी तथा टेप बाँधेर चो'री गर्ने ५ जनालाई प्रहरीले प'क्राउ गरे...
07/09/2026

मध्यराति घरमै सुतिरहेका वृद्ध दम्पतीलाई लक्षित गर्दै मुखमा डोरी तथा टेप बाँधेर चो'री गर्ने ५ जनालाई प्रहरीले प'क्राउ गरेको छ।

आफ्नै घरमा सुरक्षित रूपमा सुतिरहेका वृद्ध दम्पतीमाथि भएको यो घटनाले स्थानीय क्षेत्रमा त्रास र चि'न्ता बढाएको छ। अभियुक्तहरूले वृद्ध दम्पतीलाई नियन्त्रणमा लिएर मुख बाँधेपछि घरमा चो'री गरेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

घ'टनामा संलग्न पाँचै जनालाई प्रहरीले प'क्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ। ज्येष्ठ नागरिकमाथि भएको यस्तो अमानवीय व्यवहारले सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठाएको छ।

👉 वृद्ध दम्पतीलाई बाँधेर चोरी गर्ने यो घटनाबारे तपाईंको धारणा के छ?

बा'ढी तथा प'हिरोबाट प्र'भावित नागरिकको उद्धार र राहतमा दिन–रात नभनी अग्रपंक्तिमा खटिँदै आएको सशस्त्र प्रहरी बल नेपालले व...
07/09/2026

बा'ढी तथा प'हिरोबाट प्र'भावित नागरिकको उद्धार र राहतमा दिन–रात नभनी अग्रपंक्तिमा खटिँदै आएको सशस्त्र प्रहरी बल नेपालले विपद् प्रभावितका लागि ठूलो आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

सशस्त्र प्रहरी बलले बा'ढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्र'कोप उद्धार कोषमा १५ करोड ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।

विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनःस्थापनाका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले संगठनले उक्त रकम प्रदान गर्न लागेको जनाएको छ। बाढीप'हिरोका कारण ठूलो जनधनको क्ष'ति भइरहेका बेला सशस्त्र प्रहरीको यो निर्णयलाई महत्वपूर्ण सहयोगका रूपमा हेरिएको छ।

त्यसैगरी, बा'ढीमा परी ज्या'न गुमाएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई पनि विशेष आर्थिक सहायता प्रदान गरिने भएको छ। निर्णयअनुसार मृ'तक कर्मचारीका परिवारलाई प्रतिपरिवार २५ लाख रुपैयाँ उपलब्ध गराइनेछ।

यस्तै, विपद्मा ज्या'न गु'माएका कर्मचारीले सशस्त्र प्रहरीको कल्याण कोषबाट लिएको र तिर्न बाँकी रहेको ऋणसमेत मिनाहा गर्ने निर्णय गरिएको छ। यसले परिवारमाथि थप आर्थिक भार पर्न नदिने अपेक्षा गरिएको छ।

मृ'तक कर्मचारीका छोराछोरीको शिक्षालाई निरन्तरता दिन उनीहरूलाई पायक पर्ने एपीएफ नेपाल स्कुलमा कक्षा १० सम्म शैक्षिक शुल्क नलिने निर्णयसमेत गरिएको छ।

यसरी राहत कोषमा करोडौँ रुपैयाँ सहयोगदेखि मृ'तक कर्मचारीका परिवारलाई आर्थिक सहायता, ऋण मिनाहा र निःशुल्क शिक्षासम्मको व्यवस्था गर्दै सशस्त्र प्रहरीले विपद्को घडीमा ‘सेवा र सहयोग’ दुवैमा आफ्नो जिम्मेवारी निर्वाह गर्ने कदम अघि सारेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘चन्द्रमा हाम्रो हो’ भन्ने सन्देशसहित चन्द्रमाको तस्बिर र अमेरिकी झन्डा राखेर पोस्ट ...
07/09/2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘चन्द्रमा हाम्रो हो’ भन्ने सन्देशसहित चन्द्रमाको तस्बिर र अमेरिकी झन्डा राखेर पोस्ट गरेपछि सामाजिक सञ्जालमा यसको चर्चा चुलिएको छ।

ट्रम्पको छोटो तर सनसनीपूर्ण पोस्टले विश्वभर विभिन्न प्रतिक्रिया जन्माएको छ। कतिपयले यसलाई ट्रम्पको चर्चित राजनीतिक शैलीसँग जोडेका छन् भने कतिपयले चन्द्रमामाथि अमेरिकाले स्वामित्व दाबी गर्न खोजेको हो कि? भन्दै प्रश्न उठाएका छन्।

तर यो कुनै औपचारिक सरकारी घोषणा वा चन्द्रमामाथि अमेरिकी स्वामित्व स्थापित गर्ने निर्णय भने होइन। ट्रम्पको पोस्टलाई अहिले राजनीतिक तथा प्रतीकात्मक अभिव्यक्तिका रूपमा हेरिएको छ।

🌕 एउटा पोस्ट, अनि विश्वभर बहस!

तपाईंलाई ट्रम्पको यो पोस्ट कस्तो लाग्यो? 👇

नागरिकलाई राज्य एक्लै छोड्न नहुनेमा जोड दिँदै सभामुख अर्यालले पी'डितले सरकार आफ्नो साथमा नरहेको महसुस गर्न नपर्ने गरी रा...
07/09/2026

नागरिकलाई राज्य एक्लै छोड्न नहुनेमा जोड दिँदै सभामुख अर्यालले पी'डितले सरकार आफ्नो साथमा नरहेको महसुस गर्न नपर्ने गरी राहत, उद्धार र पुनःस्थापनाको काम प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

उनको भनाइले वि'पद्का बेला सरकारको उपस्थिति कागज र घोषणामा मात्र होइन, पी'डितको घरदैलो र दुःखको क्षणमै अनुभूति हुने गरी देखिनुपर्ने सन्देश दिएको छ।

संकटको घडीमा राज्यको साथ नै नागरिकको सबैभन्दा ठूलो भरोसा हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘दैनिक समाचार’ हेर्ने दर्शकको संख्या १० लाख नाघ्न थालेको छ। पछिल्लो समय पार्टीका ...
07/09/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘दैनिक समाचार’ हेर्ने दर्शकको संख्या १० लाख नाघ्न थालेको छ। पछिल्लो समय पार्टीका गतिविधि, निर्णय र राजनीतिक अपडेटबारे जानकारी लिन यस माध्यमतर्फ आकर्षण बढेको देखिन्छ।

१० लाखभन्दा बढीले हेर्न थालेपछि तपाईंलाई कस्तो लागिरहेको छ ? 📈

के यो रास्वपाप्रतिको बढ्दो जनचासो हो ?
कि सामाजिक सञ्जालमार्फत राजनीतिक सूचना प्राप्त गर्ने नयाँ शैलीको प्रभाव ?

तपाईंको विचार कमेन्टमा लेख्नुहोस्। 👇

Address

Simara
Simra

Alerts

Be the first to know and let us send you an email when Ratoghar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ratoghar:

Shortcuts

Share