Sunkoshi Fm 90 Mhz,Sindhuli

Sunkoshi Fm 90 Mhz,Sindhuli समानता र समृद्धिकाे लागी मन देखि मन सम्मकाे अावाज

16/12/2025

सुन्दर नृत्य 💖💖💖💖

10/12/2025

कति मिठो आम्मै गोलन्जोरमा फलेको जुनार लटरम्मै कलाघर सिन्धुलीको सुन्दर प्रस्तुति ।

10/12/2025

सुन्दर नृत्य
Siddhababa Tv II शिद्धबाबा टेलिभिजन
गोलन्जोर ४, सिन्धुली ✨✨✨

हरियाली माझ फलेको जुनार,सिन्धुलीको सुगन्ध र पहिचान 🍊🌿गोलोन्जोर ४  🍊🌿
09/12/2025

हरियाली माझ फलेको जुनार,
सिन्धुलीको सुगन्ध र पहिचान 🍊🌿
गोलोन्जोर ४ 🍊🌿

सिन्धुली उद्योग वाणिज्य संघको ३५औं वार्षिक साधारण सभा संघका अध्यक्ष श्री अर्जुन कुमार श्रेष्ठको अध्यक्षतामा आज भव्य रूपम...
09/12/2025

सिन्धुली उद्योग वाणिज्य संघको ३५औं वार्षिक साधारण सभा संघका अध्यक्ष श्री अर्जुन कुमार श्रेष्ठको अध्यक्षतामा आज भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री माननीय इन्द्र बहादुर बानिया प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो।

उक्त कार्यक्रममा
👉 नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष श्री अन्जन श्रेष्ठ
👉 जिल्ला नगर उपाध्यक्ष श्री सुरकृष्ण वैद्य
👉 पूर्व सांसद माननीय श्याम कुमार घिमिरे
👉 माननीय लेखनाथ दाहाल
👉 माननीय सुसिला थिङ
👉 प्रदेशसभा सदस्य माननीय छेत्र बहादुर बम्जन
लगायत विशिष्ट अतिथिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

त्यस्तै, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, नेउवा महासंघका केन्द्रिय सदस्य, जिल्ला–नगर उद्योग वाणिज्य संघका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, पत्रकार, विभिन्न संघ–सञ्जालका प्रतिनिधि, शाखा सभापति, वस्तुगत संघका प्रतिनिधि तथा संघका आजीवन, साधारण र एशोसियट सदस्यहरूको सक्रिय सहभागिता रह्यो।

सभामा संघको वार्षिक गतिविधि, आर्थिक प्रतिवेदन, आगामी नीति तथा उद्योग–व्यवसाय प्रवर्द्धनका विषयमा महत्वपूर्ण छलफल गरियो।
मुख्यमन्त्री बानियाले उद्योग, व्यापार र लगानीमैत्री वातावरण निर्माणमा प्रदेश सरकारको प्राथमिकता रहने स्पष्ट प्रतिवद्धता व्यक्त गर्नुभयो।

तीनपाटन गाउँपालिकामा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बनियाँलाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष कर्ण थापा  तथा जनप्रत...
09/12/2025

तीनपाटन गाउँपालिकामा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बनियाँलाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष कर्ण थापा तथा जनप्रतिनिधि लगायत जनकर्मचारीहरु ।

कमलामाई नगरपालिका वडा नं.–५, ढाक्रेबासस्थित कैलाशेश्वर महादेव मन्दिरमा आयोजना गरिएको सार्वजनिक संगीतमय श्रीमद्भागवत सप्त...
05/12/2025

कमलामाई नगरपालिका वडा नं.–५, ढाक्रेबासस्थित कैलाशेश्वर महादेव मन्दिरमा आयोजना गरिएको सार्वजनिक संगीतमय श्रीमद्भागवत सप्ताह पुराण महायज्ञ आज एक विशेष समारोहका बीच भव्य रूपमा समुद्घाटन गरिएको छ।

उद्घाटन समारोहका प्रमुख अतिथि तथा कमलामाई नगरपालिकाका कार्यवाहक नगरप्रमुख श्री पूर्णबहादुर खड्काले पवित्र दीप प्रज्वलन गर्दै महायज्ञको औपचारिक शुभारम्भ गर्नुभयो।

आध्यात्मिक चेतना, सामाजिक सद्भाव र धार्मिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ सुरु गरिएको यस सप्ताहव्यापी पुराणमा प्रमुख वाचक पण्डित अर्जुन प्रसाद दाहालले कथामृत वाचन गर्नेछन्।

समुद्घाटन समारोहमा कमलामाई नगरपालिकाका निवर्तमान नगरप्रमुख खड्गबहादुर खत्री, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देव नारायण श्रेष्ठ, प्रमुख वाचक पण्डित अर्जुन प्रसाद दाहाल, हितलाल श्रेष्ठ, हिरालाल श्रेष्ठलगायत अतिथिहरूले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा स्थानीय समाजसेवी, भक्तजन, धार्मिक श्रद्धालु तथा आयोजक समितिका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहको अध्यक्षता मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर थापा मगरले गर्नुभएको थियो भने स्वागत मन्तव्य दिपक सहाशंखरले प्रस्तुत गर्नुभएको थियो।

कैलाशेश्वर महादेव मन्दिर व्यवस्थापन समितिद्वारा आयोजना गरिएको यस धार्मिक अनुष्ठानमा आगामी दिनहरूमा भक्तजनहरूको अझै ठूलो सहभागिता रहने अपेक्षा गरिएको छ।

जुनारको राजधानी मानिएको जिल्लाको गोलन्जोर गाउँपालिका वडा नं. ४ तिनकन्यामा २०८२ साल मंसिर २३, २४ र २५ गते जुनार प्रवर्द्ध...
02/12/2025

जुनारको राजधानी मानिएको जिल्लाको गोलन्जोर गाउँपालिका वडा नं. ४ तिनकन्यामा २०८२ साल मंसिर २३, २४ र २५ गते जुनार प्रवर्द्धन मेला हुने भएकोले यँहाहरु सम्पूर्णलाई मेलामा सहभागि हुन हार्दिक निमन्त्रणा गर्दछौं ।

मिति २०८२ साल मंसिर १५ गते घ्याङलेख गाउँपालिकामा प्रतिनिधि सभा निर्वाचन–२०८२ को तयारीसम्बन्धी अनुगमन तथा अन्तरक्रिया कार...
02/12/2025

मिति २०८२ साल मंसिर १५ गते घ्याङलेख गाउँपालिकामा प्रतिनिधि सभा निर्वाचन–२०८२ को तयारीसम्बन्धी अनुगमन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष श्री शंकरमान घलान ज्यूको अध्यक्षता र सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री स्किम श्रेष्ठ ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

जिल्ला सुरक्षा समिति सिन्धुलीद्वारा गाउँपालिकास्थित विभिन्न मतदान केन्द्रहरू तथा प्रहरी कार्यालयहरूको अनुगमन तथा निरीक्षण गरिएको थियो। अनुगमनका क्रममा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग निर्वाचन तयारी, सुरक्षा व्यवस्था तथा आवश्यक समन्वयबारे विस्तृत छलफल गरिएको थियो।

उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) बीच भएको भेटको तस्वीर सार्वजन...
30/11/2025

उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) बीच भएको भेटको तस्वीर सार्वजनिक भएपछि राजनीतिक वृत्त तातेको छ।

Address

खनियाखर्क
Sindhuli

Alerts

Be the first to know and let us send you an email when Sunkoshi Fm 90 Mhz,Sindhuli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sunkoshi Fm 90 Mhz,Sindhuli:

Share

Category