21/08/2025
हिजो आएको भिडियो को बिषय मा खेटराज जि लेख्नु हुन्छ कि मिति २०८२/५/३ गते बेलुकाको समयमा दुधौली -८ बस्ने भक्ति विलास दाहल (भरत) ले ऐ ऐ बस्ने पार्वत बरालको उक्साहटमा सामाजिक सन्जालको प्रयोग गरी आफ्नो टिकटक, म्यासेन्जर ग्रुप मार्फत मेरो नाम जोडी प्रचारित भएको झुठा समचार प्रति ध्यानाकर्षण गराउदै गम्भिर आपत्ति सहित घोर भत्सना गर्दछु । उक्त समाचार सहि सत्य नभएको समेत सबैमा जानकारी गराउदछु ।
उक्त समाचार मेरो राजनीतिक तथा बैयक्तिक मान, प्रतिष्ठा, इज्जतसग खेलवाड गर्ने दुराशय मनोभावले प्रेषित गरेको प्रष्ट छ । दुधौली नगरपालिकाबाट सिफारीस लिई रासायनिक युरिया मल ल्याइ क्षेत्रियताका आधारमा कृषकहरुलाइ नदिएको भन्ने भ्रामक समचारको प्रमाण दिन, सत्यता पुष्टि गर्न चुनौति दिदै निराधार आरोप मार्फत मेरो मान, प्रतिष्ठा, इज्जतमा आच पुर्याउने कार्य गर्ने गराउनेलाई आवश्यक कानुनी कार्यबाहीका लागि कदम समेत चाल्ने जानकारी गराउदै यस प्रकारका भ्रामक र मिथ्या समाचारबाट भ्रममा नपर्न सबै नगरबासी समक्ष हार्दिक अनुरोध गर्दछु । Post by Khet Raj Adhikari Raj Adhikari