Pankaj Sharma - The Son Of Nepal

Call Website Contact the business

Pankaj Sharma - The Son Of Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pankaj Sharma - The Son Of Nepal, Media/News Company, Siraha.
(3)

धन्यवाद, नेपाल सरकार! जनताले यही अनि यस्तै सुशासन खोजेका हुन्। 👇Balen
21/09/2026

धन्यवाद, नेपाल सरकार! जनताले यही अनि यस्तै सुशासन खोजेका हुन्। 👇Balen

21/09/2026

सडक बन्न नपाउँदै भत्काएर टालटुल?
राष्ट्रिय गौरवको आयोजनामा...
चरम लापरवाही र भ्रष्टाचारको पराकाष्ठा!

पढेलेखेका इन्जिनियर र गुणस्तर चेकजाँच गर्ने टोली मूकदर्शक बन्दा सिराहा खण्डमा जनताको करमाथि सोझो खेलवाड भइरहेछ।
कमसल काम गर्ने ठेकेदार र जिम्मेवार निकायमाथि कडा कारबाही हुनैपर्छ!

सम्बन्धित मन्त्रालय र प्रशासनको अविलम्ब ध्यानाकर्षण होस्! ✊

21/09/2026

सडक बन्न नपाउँदै कालोपत्रे काट्ने?
कस्तो खाले विकास हो यो?

पूर्व-पश्चिम महेन्द्र राजमार्गको सिराहा खण्डमा भइरहेको गुणस्तरहीन सडक निर्माण र लगत्तै सुरु भएको टालटुल (mending) ले सम्बन्धित निकायको लाचारी छताछुल्ल पारेको छ।

यत्रो पढेलेखेका इन्जिनियर र गुणस्तर चेकजाँच गर्ने टोली हुँदाहुँदै कसको संरक्षणमा यस्तो कमसल काम भइरहेछ? जनताको करमाथि यति ठूलो खेलवाड कहिलेसम्म?

सम्बन्धित सडक डिभिजन र आयोजना प्रमुखको तुरुन्त ध्यानाकर्षण होस्! टालटुले विकास बन्द गर, गुणस्तरीय सडक कायम गर! ✊

❤️ मानवताको सेवामा रक्तदान — जीवन बचाउने महान कार्य! 🩸जनसेवा युवा क्लब, मिर्चैया–८, सिरहाको पहल तथा सम्पूर्ण सहयोगी साथी...
21/09/2026

❤️ मानवताको सेवामा रक्तदान — जीवन बचाउने महान कार्य! 🩸

जनसेवा युवा क्लब, मिर्चैया–८, सिरहाको पहल तथा सम्पूर्ण सहयोगी साथीहरूको समन्वयमा आवश्यक परेको समयमा AB Positive (AB+) रक्त उपलब्ध गराउन सहयोग गर्नुभएकोमा रक्तदाता प्रवेश सिंह भाइप्रति हार्दिक धन्यवाद तथा उच्च सम्मान। 🙏❤️

यस मानवीय कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने कञ्चन बहिनी, सन्तोष यादव दाजु लगायत प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण साथीभाइप्रति विशेष आभार। 🤝

🩸 रक्तदान गरौँ, जीवन बचाऔँ।
❤️ मानवताको सेवामा सधैँ एकजुट बनौँ।

जनसेवा युवा क्लब
Jansewa Youth Club-Central
मिर्चैया–८, सिरहा, नेपाल

#रक्तदान #मानवताकोसेवा #जनसेवायुवाक्लब

Thanks to invite us 🙏
20/09/2026

Thanks to invite us 🙏

Thank you for inviting us ❤️

विभेदकारी संविधानविरुद्ध मधेशको अधिकार, पहिचान र न्यायका लागि हाम्रो आवाज.. काठमाडौँस्थित मधेश लाइब्रेरी एन्ड रिसर्च सेन...
19/09/2026

विभेदकारी संविधानविरुद्ध मधेशको अधिकार,
पहिचान र न्यायका लागि हाम्रो आवाज..

काठमाडौँस्थित मधेश लाइब्रेरी एन्ड रिसर्च सेन्टरका युवाहरूसहित तराई–मधेशका विभिन्न भागबाट आएका सचेत युवाहरूले आज माइतीघर मण्डलामा टाउको र हातमा कालो पट्टी बाँधेर संविधानविरुद्ध सशक्त विरोध प्रदर्शन गरेका छन्।

आनन्द, कनिष्क, आनन्द गुप्ता, राम महतो र अंशु यादव लगायतका युवाहरूको सहभागितामा भएको यो आन्दोलन केवल एउटा विरोध मात्र नभई मधेशको अस्तित्व, स्वाभिमान र अधिकार रक्षाका लागि गरिएको निरन्तर सङ्घर्षको निरन्तरता हो।

२०७२ असोज ३ गते मधेशी समुदायको व्यापक असहमति र असन्तुष्टिका बाबजुद विभेदकारी रूपमा लादिएको संविधानले हाम्रा मौलिक हक, पहिचान र राजनीतिक अधिकारहरूलाई उपेक्षा गरेको छ। सोही आन्दोलनका क्रममा दर्जनौँ नागरिकले आफ्नो बलिदानी दिएका थिए, जसका कारण आज पनि मधेशले असोज ३ लाई खुसीको साटो 'कालो दिवस'का रूपमा सम्झिन बाध्य छ।

हामी मधेशका जनता सधैँ एउटा समृद्ध, न्यायपूर्ण र समान अधिकारयुक्त नेपालको पक्षमा उभिँदै आएका छौँ, तर राज्यले हाम्रा आधारभूत मागहरूलाई निरन्तर ओझेलमा पारेको छ।

तराई–मधेशमा देशको आधाभन्दा बढी जनसङ्ख्या बसोबास गर्ने भएकाले जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्रको पुनः सीमाङ्कन हुनुपर्छ भन्ने हाम्रो प्रमुख दाबी हो। यसका साथै, राज्यका हरेक अङ्ग निजामती, सेना, प्रहरी र संवैधानिक निकायहरूमा जनसङ्ख्याको अनुपातमा पूर्ण समावेशी र समानुपातिक प्रतिनिधित्व गराइयोस्। आमा वा बुवाको नामबाट सहज नागरिकता पाउने व्यवस्था गर्दै नागरिकतामा रहेका विभेदकारी प्रावधानहरूको अन्त्य गरिनुपर्छ।

सङ्घीयताको वास्तविक मर्मअनुरूप प्रदेशहरूलाई पूर्ण स्वायत्तता र अधिकार दिइयोस् भने मैथिली, भोजपुरी, बज्जिका, अवधी जस्ता मातृभाषाहरूलाई सरकारी कामकाजको भाषाको मान्यता प्रदान गरियोस्।

जबसम्म विगतका सम्झौताहरू पूर्ण रूपमा कार्यान्वयन गरी संविधान संशोधनमार्फत मधेशी जनतालाई बराबरको नागरिक अधिकार सुनिश्चित गरिँदैन, तबसम्म हाम्रो यो शान्तिपूर्ण सङ्घर्ष जारी रहनेछ।

19/09/2026

Mission Madhsh Adhikar 🙂🙏

Address

Siraha

Alerts

Be the first to know and let us send you an email when Pankaj Sharma - The Son Of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pankaj Sharma - The Son Of Nepal:

Shortcuts

Share