अपन दैनिक । Apan Dainik

अपन दैनिक । Apan Dainik Official facebook Page of www.apandainik.com Know more about our site by visiting this url: https://apandainik.com.

We are operating from Madhesh Province, Nepal.

मधेश प्रदेशका महोत्तरीसहित जिल्लामा आज कुष्माण्ड नवमी पर्व मनाइँदैछ । अक्षय नवमी, धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर...
30/10/2025

मधेश प्रदेशका महोत्तरीसहित जिल्लामा आज कुष्माण्ड नवमी पर्व मनाइँदैछ । अक्षय नवमी, धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्परा छ। यसैअनुसार यो पर्व सामूहिक भोजन गर्दै रमाइलो चाडबाडमा रूपमा मनाउने गरिन्छ।
यस पर्वमा अमला (धातृ) को रूखको फेदमा खाना खाने मैथिल परम्परा छ । यसका लागि एक दिन पहिलेदेखि नै यहाँ सामूहिक भोजनको तयारी हुन्छ । यो पर्वमा घर नजिकै, बगैँचा वा वनक्षेत्रमा नै रहेको अमलाको रूखका फेदमा खानेकुरा पकाएर त्यही खाने चलन छ।
घर नजिक आँगन वरपर नै अमलाको रूख हुनेहरू दिनभरि विभिन्न परिकार पकाएर रात परेपछि सपरिवार खान्छन् । खाना पकाउँदा वा खाने समयमा अमलाका पात खानेकुरामा पर्दा राम्रो हुने जनविश्वास छ।

‘काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन दबाब दिइरहेको’ भन्ने समाचारहरू सञ्चारमाध...
30/10/2025

‘काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन दबाब दिइरहेको’ भन्ने समाचारहरू सञ्चारमाध्यममा प्रकाशित भएपछि प्रधानमन्त्री कार्यालयले ती समाचारहरू भ्रमपूर्ण भएको बताएको छ ।
प्रधानमन्त्रीको स्वकीय सचिवालयद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘कसैलाई मन्त्री बनाउने वा हटाउने विषय प्रधानमन्त्रीको पूर्ण अधिकार क्षेत्रभित्र पर्ने संवैधानिक व्यवस्था हो । यस्तो निर्णय कसैको दबाब वा प्रभावमा आधारित भएर गर्न सकिँदैन र गरिने पनि छैन ।’

वैदेशिक रोजगारमा गई मृत्यु भएका श्रमिकका छोरा/छोरीलाई शैक्षिक अध्ययनमा सहयोग पुग्ने गरी छात्रवृत्ति वितरण गर्ने कार्य हु...
30/10/2025

वैदेशिक रोजगारमा गई मृत्यु भएका श्रमिकका छोरा/छोरीलाई शैक्षिक अध्ययनमा सहयोग पुग्ने गरी छात्रवृत्ति वितरण गर्ने कार्य हुँदै आएको छ । सोही अनुरुप शैक्षिक सत्र २०८२/८३ का लागि छात्रवृत्ति पाउन इच्छुक विद्यार्थीहरूलाई उल्लेखित कागजातसहित यस सिरहा नगरपालिकाको, रोजगार सेवा केन्द्रमा निवेदन ....

प्रधानमन्त्री कार्कीको बकबास : ‘मरेको बाउलाई पनि छोड्दिनँ’
30/10/2025

प्रधानमन्त्री कार्कीको बकबास : ‘मरेको बाउलाई पनि छोड्दिनँ’

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा सम्पन्न त्रिपक्षीय संवादको समापनमा भावु...

नख्खु कारागारबाट रवि लामिछानेले भने- हिजाे ‘अन्याय भयाे’ भन्नेहरूले आज केही त बाेल्नु पर्ला !
30/10/2025

नख्खु कारागारबाट रवि लामिछानेले भने- हिजाे ‘अन्याय भयाे’ भन्नेहरूले आज केही त बाेल्नु पर्ला !

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु कारागारबाट चार बुँदे स्पष्ट राजनी...

सर्लाहीमा जग्गा विवादमा महिलामाथि कुटपिट: नौ जना घाइते, एक पक्राउ
30/10/2025

सर्लाहीमा जग्गा विवादमा महिलामाथि कुटपिट: नौ जना घाइते, एक पक्राउ

काठमाडौँ । सर्लाहीको बसबरिया गाउँपालिका – ३, भवानीपुरमा एक परिवारमाथि निर्मम कुटपिट भएको छ। स्थानीय बरण रायका छो...

आज माताको दर्शन संगै २०८२ साल संगै कार्तिक १३ गते बुधबारको राशिफल हेर्नुहोसमेष  : स्वास्थ्य भरपर्दो रहनेछ । परिवारका सदस...
30/10/2025

आज माताको दर्शन संगै २०८२ साल संगै कार्तिक १३ गते बुधबारको राशिफल हेर्नुहोस
मेष : स्वास्थ्य भरपर्दो रहनेछ । परिवारका सदस्यहरूबाट सकारात्मक सहयोग हुनेछ । सबै काम सुख र सुविधाका साथ सम्पन्न गर्न सकिनेछ । काम धन्दामा लगानी गर्न मन लाग्नेछ । मनमा एकप्रकारको ढुक्कपन रहने, दौडादौडी त्यति गर्नुपर्ने छैन ।

बृष : अपमानित हुनुपर्ने ठाउमा नचाहेर पनि जानुपर्नेछ । आफन्तै व्यक्तिहरूसग झगडा पर्न सक्नेछ । मनमा विना कामका चिन्ताले सताउनेछन् । आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन, निस्कियो भने आफ्नै पैसा र समयको बर्वादी हुनुका साथै दुर्घटना पनि हुन सक्नेछ । त्यसैले सतर्क हुनु अति आवश्यक छ ।

मिथुन : लाभका मौकाहरू उपयोग गर्न सके राम्रा छन् । कसैले लगेको धन फिर्ता गर्न आउनेछन् । आपूलाई पनि नाम र कृति बढ्ने काममा लगानी गर्न मन लाग्नेछ । मनमा एक प्रकारको सहयोगी भावना पलाउनेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ ।

कर्कट : समय मध्यम खालको छ । आटेका कामहरूमा असफलता, सोचेजतिका सबै कामहरूमा विघ्नबाधा, जताबाट पनि नोक्सानमात्रै पर्ने देखिएकोले सावधान रहनु अत्यन्त जरुरी छ ।आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि मिल्ने छैन । स्वास्थ्यमा एक्कासी खराबी आउन सक्नेछ ।

सिंह : चनाखो भर्ई सकेसम्म खर्च जोगाउनु नै राम्रो हुनेछ । आम्दानीको तुलनामा खर्च ज्यादा रहनेछ । स्वास्थ्य भरपर्दो रहनेवाला छैन । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला । पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । आज जताबाट पनि समस्या आइलाग्ने देखिन्छ । समय खराब रहेकाले टाढाको यात्रा गर्नु ठीक छैन ।

कन्या : स्वास्थ्य राम्राे हुने छ तर आटेका सोचेका कामहरूमा भने कुनै न कुनै प्रकारको झन्झट र झमेला देखापर्नेछ । सोचे जतिका सबै काम धेरैजसो पूरा हुनेछन्, तर संघर्ष भने खूब गर्नुपर्नेछ । पिर नगरी सक्रिय भएर काममा लागेमा अधिकतम लाभ लिन सकिनेछ । समग्रमा आजको समय मध्यम रहनेछ ।

तुला : आज विशेष कार्यक्रममा भाग लिने स्थिति आउला । शैक्षिक क्षेत्रबाट पनि पुरस्कृत हुन सकिनेछ । इज्जत, प्रतिष्ठा बढ्ने ठाउमा उपस्थित र सहभागी हुन पाइनेछ । घरमा पारिवारिक सहयोग सबैबाट पाइनेछ । समग्रमा आजको समय पनि शुभ रहनेछ । भरपूर उपयोग गर्नुहोला ।

वृश्चिक : कुनैपनि शैक्षिक क्षेत्रमा लगानी आज गर्नुभयो भने राम्रो हुनेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । स्वास्थ्यले समेत साथ दिनेछ । पश्चिम दिशाको भ्रमणमा महत्वपूर्ण काम बन्नेछन् । समय शुभ छ उपयोग गर्नुहोला ।

धनु : एक्कासी रोग लाग्ने, खाना नपच्ने, कुनै व्यक्तिसंग झगडा पर्ने, जताबाट पनि नोक्सान मात्रै पर्नेछ । स्वास्थ्यलाई असर गर्न सक्नेछ । आज खाने पिउने मामलामा पनि दु:ख पाइने देखिन्छ । छोराछोरीसग विवाद हुनेछ । मनमा व्यर्थैको छट्पटी, यात्रामा खर्चमात्रै, उपलब्धि हात लाग्ने छैन ।

मकर : आफ्नै ढिलासुस्ती र मनोवल कम हुँदा हरेक काममा पछि परेको अनुभव गर्नुपर्ने छ । मानसिक अशान्ति, यात्रामा बिघ्नबाधा, स्वास्थ्य भरपर्दो नहुनु, खानामा गडबडी, शोक पर्ने समाचारसमेत सुन्नुपर्नेछ । सतर्क रही कार्य गर्नुहोला । टाढाको यात्रामा जानु पनि ठीक छैन ।

कुम्भ : आर्थिक दृष्टिकोणले उपयोगी बित्ने छ । मानसिक शान्ति तथा आरामपूर्वक सोचेका, शुरु गरेका काम सम्पन्न हुनेछन् । तर बोली वचनमा भने संयम राख्नुपर्ने देखिन्छ । होटल व्यवसायी, , नगदेवालीमा संलग्न व्यक्तिलाई आज राम्रो छ । आज साँझपख भने आकस्मिक रूपमा कुनै चोट लाग्न सक्ने छ, ज्यादै सतर्क हुनु आवश्यक छ । केही काम भने विग्रने सम्भावना रहनेछ ।

मीन : आफ्नो काममा आफ्नै व्यक्तिहरूले बाधा पार्नेछन । त्यसकारण तपार्इंको मन अस्थिर हुन सक्नेछ । जुन कार्यक्रममा भाग लिन जानुपर्ने हो त्यसमा छुट्नुपर्ने देखिन्छ । स्वास्थ्य संवेदनशील रहने देखिन्छ । खानामा गडबडी, कसैले मनमा दु:ख लाग्ने कुरा प्याच्च सुनाउन सक्नेछन्, चिन्ता नलिनु वेश हुनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
Jyotish Dr Bibek Pandey

२०८२ कात्तिक १३ गते विहीबारको अपन दैनिक पत्रिका ई-पेपरमा पढ्नुहोस् >>>https://epaper.apandainik.com/2025/10/30/16031/   ...
30/10/2025

२०८२ कात्तिक १३ गते विहीबारको अपन दैनिक पत्रिका ई-पेपरमा पढ्नुहोस् >>>
https://epaper.apandainik.com/2025/10/30/16031/

सिरहाको औरही गाउँपालिकामा भइरहेको भ्रष्टाचारविरुद्ध Gen Z यूवाहरुले बिहिबार प्रदर्शन गर्ने भएका छन् ।
29/10/2025

सिरहाको औरही गाउँपालिकामा भइरहेको भ्रष्टाचारविरुद्ध Gen Z यूवाहरुले बिहिबार प्रदर्शन गर्ने भएका छन् ।

त्रिपक्षीय बैठकमा जेनजीले भने– चुनावचुनाव मात्रै भनेर हुँदैन, हामीले खोजेको सुशासन होबालुवाटारमा प्रधानमन्त्रीले राखेको ...
29/10/2025

त्रिपक्षीय बैठकमा जेनजीले भने– चुनावचुनाव मात्रै भनेर हुँदैन, हामीले खोजेको सुशासन हो

बालुवाटारमा प्रधानमन्त्रीले राखेको सरकार, दल र जेन–जी प्रतिनिधिको बैठकमा चुनावसँगै सुशासनको विषय प्राथमिकताका साथ उठेको छ । जेन–जी प्रतिनिधिहरूले आफूहरूको मुख्य सरोकार सुशासन कायम हुनुपर्ने बताएका हुन् ।
'चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव–चुनाव भनेर मात्र हुँदैन । हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो । भ्रष्टाचारविरुद्धको कारबाही हो', जेन–जी प्रतिनिधिले बैठकमा भनेका छन्, 'यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ ।'
बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले मुलुक बनाउन सबैको साथ चाहिने बताइन् । उनले बैठकको सुरुमै भनिन्, 'मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन । एकपटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ
हामीले सुरुवात गरेका छौँ । आ–आफ्ना विचार राख्न म खुला गर्छु ।'
त्यसपछि बोलेका जेन–जी प्रतिनिधिले भ्रष्टाचार अन्त्य र सुशासन आफूहरूको माग रहेको धारणा राखेका हुन् ।

धनुषाको क्षिरेस्वरनाथ नगरपालिका २ जनकपुर ढल्केवर सडक खन्ड सलाइन उद्योग अगाडि क्षि.न.पा.५ बस्ने अन्दाजी बर्ष ३१ को काजिम ...
29/10/2025

धनुषाको क्षिरेस्वरनाथ नगरपालिका २ जनकपुर ढल्केवर सडक खन्ड सलाइन उद्योग अगाडि क्षि.न.पा.५ बस्ने अन्दाजी बर्ष ३१ को काजिम राइन मृत अबस्थामा भेटिएको छ ।

पुल नबन्दा सिरहा र धनुषावासी नदी तर्नका लागि स्थानीय युवाको सक्रियतामा बनाइएको कामचलाउ काठेपुलको सहारा लिन बाध्य छन् । य...
29/10/2025

पुल नबन्दा सिरहा र धनुषावासी नदी तर्नका लागि स्थानीय युवाको सक्रियतामा बनाइएको कामचलाउ काठेपुलको सहारा लिन बाध्य छन् । यही काठेपुल तरेबापत स्थानीयले प्रतिव्यक्ति रु २० शुल्क तिर्नुपरेको छ ।

सिरहा। हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीमा पुल निर्माण सुरु भएको १४ वर्ष बितिसक्दा पनि क....

Address

Siraha Nagarpalika
Siraha

Telephone

+97733521214

Website

https://www.epaper.apandainik.com/, http://www.apandainik.com/

Alerts

Be the first to know and let us send you an email when अपन दैनिक । Apan Dainik posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to अपन दैनिक । Apan Dainik:

Share